Free songs
Home / अन्तर्वार्ता / समयको कालखण्डमा जनयुद्ध आवश्यक थियो

समयको कालखण्डमा जनयुद्ध आवश्यक थियो

 

क्षितिज मगर, साहित्यकार

 

रोल्पामा जन्मनु भएका साहित्यकार क्षितिज मगर द्वन्द्वकालीन समयदेखि नै कलम चलाउदै आउनु भएको हो । मुलुकमा भएको १० वर्षे युद्धमा होमिदै उहाले बन्दुक र कलम सगसगै चलाउनुभयो । शान्ति प्रक्रियापछि अवकाशको बाटो रोज्नुभएका साहित्यकार मगर कथा र कविता विधामा साहित्य सिर्जना गर्नुहुन्छ । हालसम्म उहाका ‘आस्थाको पर्खाइ’ (कविता संग्रह), सुनछहरी ऐनामा (कथा संग्रह) र गण्डक अभियान (डायरी) गरी तीनवटा कृति प्रकाशित छन् । यस साता उहासग केही व्यक्तिगत, साहित्यिक अनुभव र युद्ध साहित्यस“ग सम्बन्धित रहेर गरिएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ ।                 –सम्पादक 

 

आजभोलि के गर्दे हुनुहुन्छ ?

म आजभोलि जीविकोपार्जनको लागि मजदुरी गर्छु । टायल लगाउने कामहरु ठेक्का लिदै काम गर्ने गरेको छु ।

कस्ता पुस्तक पढ्दै हुनुहुन्छ ?

आजभोलि पुस्तकहरु पढ्न भ्याएको छैन  । तैपनि बीच–बीचमा चाख लाग्दा पुस्तकहरु पढ्छु । खासगरी कथा र कविता संग्रहहरु पढ्छु । र, विशेष गरी इतिहासका पुस्तकहरु पढ्न रुचाउँछु ।

कस्ता सिर्जनाहरु आजभोलि रचना गर्नुहुन्छ ?

पहिलेको हेरि निरन्तर साहित्य लेखनमा क्रमभंगता भएको छ । तैपनि गद्यमा कविता, कथा र हाइकूहरु लेख्छु ।

युद्धकालीन अवस्थामा पनि कलम चलाउँदाको समय कस्तो थियो ?

युद्धकालीन अवस्थामा लेख्नु अनिवार्य जस्तै ठान्थें मैले । किनभने आफूहरुले गरेको कामको औचित्य प्रष्ट्याउनुपथ्र्याे । त्यसको लागि मैले कथा र कविता विधा दुबैलाई रोजें । खास गरी युद्धकालीन अवस्थामा आफूले जुन काम गरिन्छ त्यसको औचित्य प्रष्ट्याउनको लागि त्यसको विरुद्धमा आएको कुराहरुको प्रतिवाद गर्न मैले रचनाहरु गर्थंे ।

त्यस्तै युद्धकालिन अवस्थामा जीवन मरणको सवाल हुन्थ्यो । गोली बम बारुदसँग खेल्ने अवस्थामा मनबाट आएका भावनाहरुलाई शब्दमा उन्न निकै मजा मान्थें ।

परिवर्तन केबाट सम्भव छ जस्तो लाग्छ ? बन्दुक कि कलम ?

कतिपय मान्छेहरुले बन्दुकविना समाज परिवर्तन हुन्छ भन्छन् । म यो कुरा मान्दिनँ । कतिपयले बन्दुकले मात्रै परिवर्तन हुन्छ भन्छन् । यो कुरालाई पनि म मान्दैन । समय सापेक्ष बन्दुक र विचारको समायोजनले परिवर्तन सम्भव छ । इतिहास हे¥यौं भने पनि बल विना परिवर्तन भएको छैन । बल भनेको आखिर बन्दुक नै त हो । वर्तनमान राज्यको उपरी संरचना हेर्नुस् चाहे राज्यसत्ताको सबै तहहरुमा हेर्नुस् । आखिर राज्यको सत्ता बन्दुकमै त टिकेको छ । कानुन र व्यवस्थाको रक्षा के ले गर्छ भन्दा बन्दुकले नै गर्छ । तर बन्दुक एक्लैले मात्रै परिवर्तन सम्भव हुँदैन । बन्दुकलाई मार्गदर्शन गर्न सिद्धान्त, आदर्श र विचार चाहिन्छ । त्यस अर्थमा हेर्ने हो भने दुबैको माग समयसापेक्ष हुन्छ जसलाई नकार्न सकिदैन ।

युद्धकालीन समयलाई अहिले हेर्दा कस्तो अनुभूति हुन्छ ?

नेपाली समाजको लागि त्यो नितान्त नौलो प्रयोग थियो । यद्यपि त्यसअघि कांगे्रसले राणा शासन फाल्न र प्रधानमन्त्री केपी ओलीहरुले शुरु गरेको झापा आन्दोलन जस्ता फाटफुट आन्दोलन भएका थिए । त्यस परिप्रेक्षमा भने नेपाली जनयुद्ध इतिहासमा नयाँ थियो । र, समयको त्यो कालखण्डमा जनयुद्ध आवश्यक थियो । अहिले मुलुक नयाँ कालखण्डमा प्रवेश गरेको छ । ती दबैलाई तुलना गर्दा हिजोका जगमा आजको कालखण्ड उभिएको छ ।

त्यो बेलाको साहित्य सिर्जना र अहिले के फरक पाउनुहुन्छ ?

त्यो पनि समय अनुसार हुन्छ । त्यतिबेलाको साहित्य सिर्जना र रचनाहरुमा विचारको प्रधानता हुन्थ्यो । अहिले विचार कम र भावना पक्ष बढी हुन लागेको होे कि जस्तो अनुभूति हुन्छ । स्वयं मेरा रचनाहरु र साथीहरुकोमा पनि त्यस्तो आभास पाउँछु । त्यो सबै समयको प्रभाव हो जस्तो लाग्छ ।

युद्ध साहित्य के हो ?

युद्ध भन्ने बित्तिकै युद्धमा बमगोला चलेको अवस्थाका साहित्यलाई मात्र युद्ध साहित्य भन्न मिल्दैन । समाज जहिले पनि विभक्त हुन्छ । अन्तरद्वन्द्व चलिहरहेको हुन्छ समाजमा । बन्दुक पड्कदा मात्र युद्ध नत्र नहुने भन्ने हुँदैन । युद्धको रुप मात्रै बदलेको हुनसक्छ । उसबेलाको युद्धमा बन्दुक प्रमुख हुन सक्थ्यो अहिले विचारको प्रधानता । यद्यपि समाजमा द्वन्द्व चहिलेरहेको हुन्छ । चाहे राज्यसत्तामा हेर्नुस्, पक्ष र विपक्ष छन्  । चाहे समाजमा हेर्नुस् त्यहाँ पनि विभिन्न वर्गहरु छन् । फरक–फरक विचारहरु छन् । र, ती फरक फरक विचारबीच जहिले युद्ध त चलिहरहेकै हुन्छ । जस्तै राजनीतिशास्त्रमा भन्छ– युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तपातविहीन युद्ध हो । त्यसकारण समाजमा यस्ता युद्धहरु चलिरहेका हुन्छन् ।

युद्ध साहित्यको अवस्था के छ ?

यो अलिकति सुसुप्त अवस्थामा छ जस्तो लाग्छ । मरिसकेको छ भन्न मिल्दैन । साथीहरुले लेखिरहनुभएको छ । आगामी दिनहरुमा युद्ध साहित्य लेखिदै जालान्, नयाँ रचना हुँदै पनि जालान् । साहित्यको इतिहासको रुपमा लेखिदै पनि जालान् । त्यो बेग्लै कुरा हो । हिजोका दिनमा युद्ध साहित्य एउटा प्रखररुपमा अगाडि आएको थियो । प्रस्तुत भएको थियो । अहिले त्यो अलिकति पछाडि परेको जस्तो र अन्य साहित्यहरु अगाडि बढेको जस्तो देखिन्छ ।

तपाइँका पुस्तकहरु आउलान् ?

पुस्तककै आकारकै रुपमा तयार छन् । तर अहिले जीवन जिउनका लागि फरक पाटो खोजिरहेको छु  । र, लेखन, प्रकाशन गर्ने अर्काे पाटो भएकाले त्यसतर्फ सोच्न सकेको छैन ।

युद्ध डायरी कति सुरक्षित छन् ?

युद्धकालीन समयदेखि नै डायरी लेख्थें । केही डायरी त्यहीं बेला हराए, नष्ट भए । पछिल्लो चरणका केही डायरी त प्रकाशन पनि गरेको छु । त्यसपछिका फाटफुट र जीवनमा महत्व राख्ने घटनाका डायरीहरु अहिले पनि सुरक्षित राखेको छु ।

अन्तमा थप केही ?

हामीले इतिहासको एउटा कालखण्ड बितायौं । कसैले यसलाई आतंकवादका रुपमा पनि लिएका छन् । तर म यसलाई समाजको विकासका निम्ति कालखण्डका रुपमा र इतिहासका निम्ति स्वीकार्छु ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top