Free songs
Home / फिचर समाचार / जडीबुटीले बजार पाएन

जडीबुटीले बजार पाएन

 सागर रिजाल

प्युठान। प्युठान जडीबुटीको लागि उपयुक्त ठाउ मानिन्छ। जिल्लाका विभिन्न ठाउ“मा मुख्य प्रजातिको रुपमा टिमुर, तेजपात, श्रीखण्ड, चिउरीजस्ता जडीबुटी उत्पादन हुने गरेका छन्। यी लगायत अमला, पाखनबेत, कुरिलोलगायतका जडीबुटी पाइने गर्दछ। डिभिजन वन कार्यालय प्युठानले मुख्य प्रजातिलाई पकेट क्षेत्र बनाएर उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलले बताउनुभयो। उहाका अनुसार टिमुरको पकेट क्षेत्र स्वर्गद्वारी नगरपालिकाको कोचिबाङ, प्युठान नगरपालिकाको जुम्रीका“डा, माझकोट रहेको छ।

त्यस्तै श्रीखण्डको पकेट क्षेत्र प्युठान नगरपालिकाको बिजुवार, क्वाडी, तेजपातको लागि पकेट क्षेत्र चु“जा, पकला, बरौला, दाङबाङ रहेको उहाले जानकारी दिनुभयो। यी जडीबुटीको पकेट क्षेत्रको रुपमा विकास गर्न यस आर्थिक वर्षमा कार्यालयले करीब २० लाख रुपैया“ विनियोजन गरेको उहाको भनाइ छ।

यसैबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्टा) खुमलटारले बुधवार जडीबुटीको अवस्थाबारे जानकारी, व्यवस्थापन, भण्डारण, संकलन र प्रशोधनका लागि यान्त्रिकीकरण कार्यशाला गोष्ठी आयोजना गरेको थियो। जडीबुटी व्यवसायी संघ प्युठानको समन्वयमा जडीबुटी व्यवसायी र उद्यमी, जनप्रतिनिधिको उपस्थितिमा अन्तत्र्रिmया कार्यक्रम गरिएको हो। जडीबुटीको सम्भावना प्रचुर रहेको प्युठानमा यान्त्रिकीकरणको अभावमा जडीबुटी बजारमा पुग्न नसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्टा) का प्रविधि संकायका प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो।

‘जिल्लाका धेरै ठाउमा जडीबुटीको अवस्था हेर्न गयौं’– उहाले भन्नुभयो– ‘जडीबुटी बजारसम्म पु¥याउन, जडीबुटी यान्त्रिकीकरण गराउन, नय“ उपकरणको विकास गर्न अन्तत्र्रिmया गरिएको हो।’ उहाले प्युठानमा जडीबुटीको विकास गर्न यान्त्रिकीकरणको व्यवस्थापन, बजारीकरण गर्न आफूले पहल गर्ने बताउनुभयो।

प्युठानमा सम्भावना भएका टिमुर, तेजपात (दालचिनी), श्रीखण्ड, चिउरी, सुनाखरीलगायतका जडीबुटी पाइन्छन्। तर टिमुरको लागि गे्रडिङ मेसिन, कैची, सुकाउने सोलार डायर नहुदा समस्या भएको टिमुर व्यवसायीहरु बताउछन्। चिउरीबाट साबुन बनाउनको लागि स्टापिङ मेसिन, ड्राई मेसिन भएको व्यवसायी दुर्गा केसीले बताउनुभयो। अल्लोका कपडा बनाउनका लागि धुन, पेल्न र रंग निकाल्नका लागि प्रविधियुक्त सामान नहु“दा समस्या भएको अल्लो व्यवसायी चित्रकली बुढाले बताउनुभयो।

प्युठान नगरपालिका–५ का अध्यक्ष लछुमन भण्डारीले जडीबुटीलाई प्रविधिमैत्री बनाउन नसक्दा समस्या भएको बताउनुभयो। ‘हामी पुरानै जमानामा छौं’– उहा“ले भन्नुभयो– ‘सीप विकास गर्न जरुरी छ।’ प्युठानमा विभिन्न प्रकारका जडीबुटीको प्रचुर सम्भावना छ। जिल्लाबाट ५० रुपैया“मा जडीबुटी निर्यात गरिन्छ। उहँ“ले भन्नुभयो– ‘५० रुपैया“मा बेचेको जडीबुटीलाई हामीले पा“च सय रुपैया“ तिरेर औषधिको रुपमा प्रयोग गरेका छौंं।’ उहा“ले उद्यमीलाई राज्यले प्रोत्साहन नगर्दा समस्या भएको बताउनुभयो।

प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले व्यावसायिक तरिकाले किसानलाई अगाडि बढाउन नसक्दा देश समृद्ध बन्न नसकेको बताउनुभयो। किसानलाई राज्यले प्रदान गर्ने अनुदान सही कार्यान्वयन नहु“दा समस्या बढेको भन्नुभयो । नगरप्रमुखले (नास्टा) का प्रविधि संकायका प्रमुख डा. ढकालका कुरा सुनेर आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा अझै पनि ढुंगेयुगमै रहेको बताउनुभयो। उहा“ले जडीबुटीको क्षेत्रमा स्थानीय तह नीति बनाएर अगाडि बढ्ने बताउनुभयो । राज्यले धेरै अधिकार स्थानीय तहमा दिएको छ। उहा“ले भन्नुभयो– ‘स्थानीय तहले गर्न नसक्ने काम संघ र प्रदेशमा पठाउनेछौं।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top