Free songs
Home / फिचर समाचार / घोराहीमा मौरी स्रोतकेन्द्रको प्रक्रिया शुरु

घोराहीमा मौरी स्रोतकेन्द्रको प्रक्रिया शुरु

गोविन्द खड्का

घोराही । प्रदेशस्तरको मौरी स्रोतकेन्द्र स्थापना गर्न घोराहीमा मंगलवारदेखि आधिकारिक प्रक्रिया शुरु भएको छ। मौरीपालक किसान तथा व्यवसायीको बृहत् भेलाले उपभाक्ता समिति बनाई काम थालेको हो।

मौरीपालक महासंघ जिल्ला शाखा दाङका अध्यक्ष विष्णु श्र्रेष्ठको अध्यक्षतामा भएको भेलाले मदनकुमार न्यौपानेको अध्यक्षतामा मौरी ब्लक सञ्चालन समिति गठन गरेको थियो। जसको उपाध्यक्षमा निरा श्रेष्ठ, सचिव किशोर पाण्डे, कोषाध्यक्षमा विष्णु अधिकारी रहनुभएको छ। यसैगरी सदस्यहरुमा पञ्चाराम नेपाली, हिराबहादुर बहकरी, कमला भण्डारी चित्रबहादुर चौधरी र ज्ञानु शाह चयन हुनुभएको छ। समितिले आवश्यक कागजात तयार गर्नेछ।

कृषि ज्ञानकेन्द्रले मौरीपालक ब्लक सञ्चालन गर्न २५ लाख बजेटको व्यवस्था गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। उहा“का अनुसार दाङ हनि प्रोडक्टसन सेन्टर घोराही–१६ सर्रालाई कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। सेन्टरका सञ्चालक रामहरि शर्माले मौरी घार, आधार चाका, मौरीजन्य सामग्रीको व्यवस्थापन र आवश्यक कागजात बनाउनुहुनेछ। मौरी पालकलाई आवश्यक पर्ने सामग्री वितरण गर्ने कार्यक्रमको लक्ष छ। न्यूनतम २० गोला माहुरी भएको किसानले माग गरेअनुसार सामग्री ५० प्रतिशत लगानीमा पाउने छन्। बॉ“की ५० प्रतिशत ज्ञान केन्द्रको बजेटबाट उपलब्ध हुनेछ।

यसैगरी मौरी स्रोतकेन्द्र स्थापनाका लागि शिवशक्ति वि कन्सर्न घोराही–१५ काठेकोहललाई जिम्मेवारी दिइएको छ। घोराही उपमहानगरपालिकाले तीन विगाह जमिन स्रोतकेन्द्रका लागि उपलबध गराएको छ। महासंघका जिल्ला शाखा अध्यक्षसमेत रहनुभएका श्रेष्ठका अनुसार त्यो जमिनमा आवश्यक टहरा निर्माण, रानी उत्पादन तथा बाहिरबाट उन्नत रानी भिœयाउने, महको ल्याव टेष्ट, मौरीको रोग तथा त्यसले खाएको विष पत्ता लगाउने प्रविधि तथा प्राविधिकसहित मौरी स्कूल निर्माण गर्ने लक्ष छ। यसैगरी मौरी विशेषज्ञ तयार गर्ने, बाहिरबाट आएकालाई आवश्यक ज्ञान दिने बहुवर्षीय कार्यक्रम आएको छ। चरन क्षेत्रको विस्तारस“गै पहिलो चरणमा एक करोड बजेट परेको व्यवसायीले जानकारी दिए।

यस वर्ष घोराहीमा पाच पटकसम्म मह काढ्न सफल भएको व्यवसायीहरुले बताए। उनीहरुका अनुसार एउटा घारबाट ३० केजीसम्म मह उत्पादन भएको छ। करिब १८ हजार माहुरीका गोलाहरु राखिएका थिए। त्यसबाट चार सय ५० टन बढी मह उत्पादन भएको संघले जनाएको छ। अहिले चरनका लागि तराई क्षेत्रमा मौरी ओसारिएको छ। देश भरमै दाङ मह उत्पादनमा उत्कृष्ट मानिने संघको दाबी छ। गुणस्तरीय चिउरीको मह उत्पादनमा पनि घोराही पहिलो नम्बरमै आउ“छ। त्यसैले प्रदेश पाच सरकारले घोराहीलाई मौरी स्रोतकेन्द्रका रुपमा छनोट गरेको भन्दै आभार प्रकट गरेका थिए। फुट्कर तीनदेखि चार सय र थोक दुई सय ५० रुपैया“ किलोसम्ममा मह बिक्री भएको व्यवसायीले बताए।

शुरुवातमा २०५२ सालतिर ल्याएका रानी माहुरी हाडनाता करणी हु“दै खिन्टिएकाले विदेशबाट उन्नत रानी भिœयाउन आवश्यक रहेको न्यौपानेको भनाइ छ। यसैगरी घोराहीमा हुने बृक्षारोपण कार्यक्रममा फागनु चैतमा फुल्ने चिउरी रोप्ने गरी अभियान चलाउनुपर्ने व्यवसायीको धारणा छ। यस क्षेत्रका सामुदायिक वनमा चिउरी विस्तारका लागि डिभिजन वन कार्यालयले चासो दिनुपर्ने बताए। यस वर्ष ४२ गोला माहुरी मरेको मङ्लेरीको घटनाप्रति भेलामा दुःख व्यक्त गरेका थिए। मकवानपुर, चितवन र दाङ तीनै ठाउ“मा एउटै व्यक्तिका माहुरी मारिनुलाई घोराहीका स्थानीयको दोष ठहर गर्न नसकिने व्यवसायीले आफ्नो धारणा राखेका थिए। स्वस्थ प्रतिस्पर्धा रहेकोले व्यवसाय गर्न घोराहीमा सुरक्षित वातावरण रहेको बताए। अब स्थापना हुने मौरी स्रोत केन्द्रले देशभरकै उत्कृष्ठ मौरी र मह उत्पादन तथा सिकाइ केन्द्र तयार गर्ने व्यवसायीले विश्वास व्यक्त गरे।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top