Free songs
Home / समाचार / संक्षिप्त समाचार / संसद बैठक फेरि अवरुद्ध

संसद बैठक फेरि अवरुद्ध

 

युगबोध समाचारदाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक मंगलवार पनि अवरुद्ध भएको छ।

सभामुख कृष्णबहादुर महराले मंगलवार पहिलोपटक १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक कांग्रेस सांसदले बिथोलेपछि फेरि १५ मिनेटकै लागि स्थगित गरिएको थियो। पुनः बैठक शुरु गर्न खोज्दा कांग्रेसले अवरुद्ध गरेको थियो। कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ।

दोस्रो बैठक प्रारम्भ हुनासाथ सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई चिकित्सा राष्ट्रिय शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति दिएलगत्तै कांग्रेस सांसदहरुले उठेर शिक्षामन्त्रीलाई घेराबन्दी थालेका थिए। त्यसपछि शिक्षामन्त्री पोडियमतर्फ अघि बढ्दै गर्दा कांग्रेस सांसदले घेरा हालेर रोकेका थिए भने निरन्तर नाराबाजीमा उत्रिए।

जिपी कोइराला स्वासप्रस्वास केन्द्र तनहु र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बा“केलाई केन्द्र सरकार मातहत राख्न माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको हो। प्रतिनिधिसभाको मंगलवारका लागि तोकिएको तेस्रो बैठक स्थगित गरिएको छ। विशेष कारण देखाउ“दै संसद सचिवालयले सूचना टासेर बैठक माघ ११ गते दिउसो एक बजेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top