Free songs
Home / फिचर समाचार / राजस्व सार्वजनिक गर्न नागरिक समाजको ज्ञापनपत्र

राजस्व सार्वजनिक गर्न नागरिक समाजको ज्ञापनपत्र

सागर रिजाल

प्युठान । जिल्लामा स्थानीय तहले संकलन गरेको राजस्व सार्वजनिक गर्न नागरिक समाजले स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ। सोमवार जिल्लाका प्युठान नगरपालिका, माण्डवी गाउपालिका र सरुमारानी गाउपालिकामा ज्ञापनपत्र बुझाएको हो।

स्थानीय तहमा संकलन गरेको राजस्वबारे पदाधिकारी र कर्मचारीलाई जानकारी रहेको तर स्थानीय तहमा राजस्व कुन–कुन शीर्षकमा कहा–कहाबाट कति उठ्यो र उठेको राजस्व कहा– कहा लगानी भयो भन्ने कुरा आम नागरिकलाई जानकारी नभएकोले यो अभियान अगाडि बढाइएको मानवअधिकारकर्मी पार्वता आचार्यले बताउनुभयो। उहाले भन्नुभयो– ‘स्थानीय तहको वार्षिकसभामा एकमुष्ट जानकारी गराएको तर चौमासिकरुपमा सार्वजनिक नगरेको अवस्था भेटिएकोले यो अभियान अगाडि बढाइएको हो।’

जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र विपत व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको शनिवार बसेको वैठकले विज्ञप्ति जारी गर्दै यो काम अगाडि बढाएका हुन्। सोमवार पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघको नेतृत्वमा प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्य, माण्डवी गाउ“पालिकाका अध्यक्ष श्रीधर
रोका मगर र सरुमारानी गाउ“पलिकाका उपाध्यक्ष मीना सोमैलाई ज्ञापन पत्र बुझाइएको छ।

सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी सहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन स्थानीय तहले संकलन गर्ने राजस्वको दररेट सार्वजनिक होस् भन्ने उद्देश्यले स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको हरप्लेस नेपालका कार्यक्रम संयोजक टेक रानाले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘स्थानीय तहमा संकलन भएको राजस्वको प्रत्येक चौमासिकरुपमा सार्वजनिक गर्ने व्यवस्था गरी असल शासनका आधारभूत मान्यतालाई आत्मसात गरी सर्वसाधारणले सहजरुपमपा जानकारी पाउन् भनी पे्रस विज्ञप्तिमार्फत सवै स्थानीयतहलाई अनुरोध गरेका छौं।’

संकलित राजस्व आमनागरिकमा पु¥याउन ज्ञापनपत्र

स्थानीय तहहरुबाट संकलन गरिएको राजस्व स्थानीय तहभित्र बसोवास गर्ने आमनागरिकहरु लाई जानकारी भएको छ या छैन भनी एक नमूना सर्वेक्षण गरिएको थियो। स्थानीय तहको वार्षिकसभामा एकमुष्ट जानकारी गराएको तर चौमासिकरुपमा सार्वजनिक नगरेको अवस्था देखिएकाले नागरिक समाजले यो नीति अगाडि वढाएको हरप्लेस नेपालका कार्यक्रम संयोजक रानाले बताउनुभयो ।

नेपालको संविधानमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहु“च सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने प्रावधान रहे पनि जिल्लामा यसको विकास नभएको उहाले सुनाउनुभयो । अहिले स्थानीय तहले दिगो र परिणाममुखी विकास र सुशासन प्रबद्र्धनका थुप्रै अभ्यासको थालनी गरेको पनि पाइन्छ तर सही समयमा नागरिकमा सूचना सम्प्रेषण हुन नसके नागरिक र स्थानीय सरकारबीच दूरी बढ्ने निश्चित छ। नागरिकलाई मेरो सरकार र मेरो दायित्वबोधका लागि सुसूचित हुन आवश्यक छ। सहज, सरलरुपमा सूचना पाउनु नागरिकको अधिकार हो। स्वच्छ, पारदर्शी र निष्पक्ष प्रशासनिक व्यवस्थाको अनुभूति गराउन सरकारको दायित्व हो। अहिले स्थानीय तहवाट संकलन हुने राजस्वको विषय आमनागरिकको चासोको विषय बनेको छ। साथै राजस्व संकलनको दररेट, संकलित राजस्वको सार्वजनिक नभएकोमा नागरिक समाज प्युठानको ध्यानाकर्षण भएको छ।

ज्ञापनपत्र बुझेपछि के भन्छन् त प्रतिनिधि

ज्ञापनपत्र बुझ्दै सरुमारानी गाउपलिकाका प्रमुख प्रशासकीय अधिकृत अमर ओलीले गाउ“पालिकाले विभिन्न सञ्जालमार्फत सूचना प्रदान गरेको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘जनतालाई सूचनाको पहु“चमा पु¥याउन सूचनाबोर्ड, पाटी, गाउ“पालिकाको फेसबुक पेजबाट सूचना सम्प्रेषण गरिरहेका छौं।’ गाउ“पालिकाले सूचना अधिकारी तोकेको छ उहा“स“ग पनि आवश्यक प्रक्रिया पु¥याएर सूचना लिन आग्रह गर्नुभयो। तेस्रो गाउसभाले आर्थिक ऐन पारित गरेको उहा“ले बताउनुभयो। उहा“ले भन्नुभयोे– ‘स्थानीयस्तरसम्म सूचना प्रदान गर्न वडा–वडामा पनि सूचना बोर्ड राख्ने योजनामा छौं।’

त्यस्तै माण्डवी गाउ“पालिकाका अध्यक्ष श्रीधर रोका मगरले यस ज्ञापनपत्र मार्फत जनप्रतिनिधिलाई सजग बनाएकोमा खुशी व्यक्त गर्नुभयोे। उहा“ले भन्नुभयो– ‘हामीहरुले राम्रो काम ग¥यौं भनी प्रचार गरे पनि जनस्तरसम्म यसबारे ज्ञान हुनुपर्छ।’ सुशासनयुक्त समाज निर्माणका लागि आफू प्रतिबद्ध रहेको उहा“को भनाइ छ।
प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले जनतालाई सहीढंगले सूचना उपलब्ध गराउन आइटी अफिसर नियुक्त गरेको बताउनुभयो। ‘करको दर बढेको हैन करको दायरा बढेको छ। उहाले भन्नुभयो– ‘कर लगाउने ठाउ“मा मात्र नगरपालिकाले कर लगाएको हो।’ उहा“ले जनस्तरसम्म यस विषयमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top