Free songs
Home / समाचार / प्रमुख समाचार / घोराहीमा कांग्रेस भेला, पराजयले नवीन कांग्रेस बन्ने अवसर :प्रवक्ता

घोराहीमा कांग्रेस भेला, पराजयले नवीन कांग्रेस बन्ने अवसर :प्रवक्ता

युगबोध समाचारदाता

घोराही। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला निर्वाचनमा भोगेको पराजयले कांग्रेसलाई नया बनाउने अवसर मिलेको बताउनुभएको छ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ ले घोराहीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले अव कांग्रेस नया विधि, पद्धति र सोचका साथ अघि बढेको बताउनुभयोे।

‘हिजो हामीबीचमा भएका समस्या समाधान नगरी चुनावमा गयौं, हाम्रै कमजोरीले स्थानीय, प्रदेश र संघको निर्वाचनमा पराजय व्यहोर्नुप¥यो’– प्रवक्ता शर्माले भन्नुभयो– ‘तर पराजयले कांग्रेसलाई नया ढंगले अगाडि बढाउने अवसर मिलेको छ।’ उहाले निर्वाचनपछि कांग्रेसको महासमिति बैठक बसेर कांग्रेसको आन्तरिक पार्टी जीवनलाई संघीय संरचनामा लैजानेलगायतका थुप्रै नवीन दस्तावेजहरु तयार गरेको बताउनुभयो। एउटा विवाद, समस्यामा कांग्रेस गुज्रिदा पराजय व्यहोर्नु परेपछि अहिले नवीन कांग्रेस बनाउने र एकताबद्ध भएर अघि बढ्न नेतृत्व एकताबद्ध भएको उहाको भनाइ थियो। उहा“ले कांग्रेस हिजोभन्दा आज चलायमान बनेको भन्दै पार्टी प्रवक्ता चयन, पदाधिकारी चयन, महासमिति बैठक, जिल्ला सभापतिहरुको भेला, भातृ संस्थाहरुको गठन पुनर्गठनले कांग्रेसलाई नयँ“ चरणमा प्रवेश गराएको बताउनुभयो।

उहा“ले पराजय एक हिसावले ठीकै भएको बताउनुभयो। ‘निर्वाचनमा पराजय भोग्दा एकातिर कांग्रेसलाई नया“ बनाउने अवसर आएको छ भने अर्कोतिर त्यही पराजयले देशमा कम्युनिष्टहरुले पनि केही गर्न सक्दैनन् भन्ने कुराको पुष्टि भएको छ’– प्रवक्ता शर्माले भन्नुभयो– ‘यी दुबै हिसावले कांग्रेस पराजित हुदा पनि ठीकै भएको छ।’ यो पराजयलाई आत्मसात गर्दै सबै कांग्रेस एकताबद्ध भएर हिड्ने प्रयत्न गरे अर्को पटकको जीत सुनिश्चित गर्न सकिने उहाको भनाइ थियो। प्रवक्ता शर्माले त्यो जीतका लागि कांग्रेस बदलिनुपर्ने बताउनुभयो। ‘पुरानै हिसाबले चल्दैन भन्ने कुरा अब भन्नुपरेन। नेतृत्व र कार्यकर्ता सबैले आफुलाई बदल्नुपर्छ’– प्रवक्ता शर्माले भन्नुभयो– ‘जनताले हामीलाई प्रिय नमानेरै कम्युनिष्टलाई जिताएका हुन्, अब हामीले जित्ने हो भने कांग्रेस प्रिय हुनुपर्छ। कांग्रेस प्रिय हुनका लागि हामी बदलिनुपर्छ। बदलिनका लागि कांग्रेसलाई कांग्रेस नै सबैभन्दा पहिले प्रिय बन्नतिर लाग्नुपर्छ, भर लाग्ने हुनुपर्छ।’

प्रवक्ता शर्माले कांग्रेस बदलियो कि बदलिएन, नेता र कार्यकर्ता बदलिए कि बदलिएनन् भन्ने कुराको लेखाजोखा डायरी राखेरै एकले अर्काे कांग्रेसको निगरानी, खबरदारी र सहकार्य गर्न निर्देशनसमेत दिनुभयो। उहॉ“ले पार्टी सुधार गर्ने हो भने नेतृत्वले गरेका त्रुटि सच्याउने र कार्यकर्ताहरुले आ–आफनो क्षेत्रबाट सुधारको काम थाल्न आग्रह गर्नुभयो। उहा“ले सरकार असफलतातर्फ उन्मुख भएको भन्दै जनताको विश्वासमाथि घात नगर्न आग्रह गर्नुभयो। शान्ति, समृद्धि दिन्छौं भनेर तीनवटै तहमा सरकार बनाएको नेकपाले एकवर्ष बितिसक्दा पनि जनताको सुरक्षा, रोटी र विश्वासको ग्यारेन्ट गर्न नसक्नुले सबै तहका सरकार असफल भएको महसुस भएको बताउनुभयो। ‘प्रधानमन्त्रीकै बोली विश्वासयोग्य र जिम्मेवार छैन’– प्रवक्ता शर्माले भन्नुभयो– ‘प्रतिपक्षविरुद्ध अरिंगाल जस्तो खनिने निर्देशन होइन, बरु समृद्धिका लागि आम नेपालीलाई कर्मी मौरीको भूमिकामा लाग्न आग्रह गरेको भए राम्रो हुन्थ्यो।’ उहा“ले इतिहासमै शालीन प्रतिपक्ष पाएको सरकारले के–के गरे सरकारलाई काम गर्न सजिलो हुन्छ लिष्ट सार्वजनिक गर्न सुझावसमेत दिनुभयो।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति भूपबहादुर डा“गीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद राजु खनाल, बुद्धिराम भण्डारी, कृष्णकिशोर घिमिरे, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कालगायत नेता, कार्यकर्ताहरुले कांग्रेस सुधार गर्न नेतृत्व सुध्रिनुपर्नेमा जोड दिएका थिए। सो अवसरमा पूर्वक्षेत्रीय सभापतिहरुलाई सम्मान गरिएको थियो।

राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ

यसैबीच नेपाल प्रेस युनियन दाङले घोराहीमा मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता शर्माले कुनै पनि प्रदेशका राजधानी कहा तोक्ने भन्ने अधिकार सम्बन्धित प्रदेशसभालाई भएको उल्लेख गर्दै कहा“ बनाउने भन्ने कुरामा कांग्रेसको कुनै पनि निर्णय नभएको स्पष्ट पार्नुभयो। ‘बुटवलको कार्यक्रममा मलाई निम्तो पनि थियो, म जान्छु पनि भनेको हो’– प्रवक्ता शर्माले भन्नुभयो– ‘तर त्यो कार्यक्रमको विषय मोडिएपछि म नगएको हो। मेरा लागि बुटवल कांग्रेसको चाहनाको जति महत्व छ त्यत्तिकै दाङ कांग्रेसको चाहना पनि महत्वपूर्ण छ। कांग्रेसले कुनै निर्णय गरेको छैन, राजधानी तोक्ने काम प्रदेशसभाले गर्छ।’

‘नेता होइन आदर्शका पछि लाग्नुस्’

 

यमलाल भुसाल

ब्ुाटवल। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र लोकतान्त्रिक व्यवहार, आचरण र कार्यशैलीमा परिवर्तन जरुरी रहेको बताउनुभएको छ।

उहा“ले अब देउवा, पौडेल नभनी नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता तथा निष्ठा र आचरणमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो। प्रजातान्त्रिक विचार समाज रुपन्देहीद्वारा मंगलवार बुटवलमा आयोजित लोकतान्त्रिक संस्कार र विचार विषयक प्रवचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले गुट उपगुटमा लागेर अब पार्टी र मुलुक नबन्ने ठोकुवा गर्नुभयो। उहाले विचार र सिद्धान्तको आधारमा नेपाली कांग्रेसका नेताहरुले राजनीति गर्नुपर्नेमा जोड दिदै सामदामले राजनीति गर्न नहुने जिकीरसमेत गर्नुभयो।

वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई इंगित गर्दै आफ्नो कार्यकाल आफै लम्ब्याउने होइन निर्धारित मितिमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो। उहा“ले संघ, प्रदेश र स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसको सिद्धान्तले जितेको तर संगठनले हारेको बताउ“दै सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई लत्याउ“दा पार्टीको अहिलेको हालत भएको दाबी गर्नुभयो।

वर्तमान सरकार शान्ति सुरक्षा, सुशासन र विकासमा असफल सिद्ध भएको बताउ“दै वरिष्ठ नेता पौडेलले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांगे्रसलाई आचरण, व्यवहार र संस्कारमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो। नेताहरु जनताको अभिभावक बन्न नसकेको उल्लेख गर्दै सीमा मिचिदा पनि नेता बोल्न नसक्दा देश कमजोर भएको उहा“को भनाइ थियो ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिमा बिचौलियाको संस्कारको अन्त्य गर्नुपर्नेमा उल्लेख गर्नुभयो। देउवा, पौडेल मिलेर हु“दैन पद्धति र विधि मिल्नुपर्नेमा नेता पौडेलले जोड दिनुभयो। अर्का युवा नेता देवराज चालिसेले नेपाली कांग्रेस स्वस्थ्य भए मुलुकमा परिवर्तन हुने भन्दै पद्धति अमेरिकाको लिने अभ्यास विहारको भएकाले गर्दा समस्या भएको ठोकुवा गर्नुभयो।

समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसीले देउवा, पौडेल र सिटौलाले कांगे्रस चलाउन नसक्ने बताउ“दै विचारबाट पार्टी चलाउनुपर्ने बताउनुभयो। समाजका अध्यक्ष रामराज पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, पार्टीका नेताहरु वीर बहादुर राना, अब्दुल रज्जाक, रमा अर्याल, अष्टभुजा पाठक, रामचन्द्र ढकाल, हरि लम्साल, खेलराज पाण्डे, डिल्लीनारायण पाण्डेलगायतले लोकतन्त्रको माउ पार्टी नेपाली कांग्रेसमा लोकतान्त्रिक संस्कार जरुरी रहेको धारणा राख्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top