Free songs
Home / सम्पादकीय / मदिरा नियन्त्रणको सराहनीय काम

मदिरा नियन्त्रणको सराहनीय काम

दाङको राजपुर गाउँपालिकाको महतिनिया गाउँ मदिरामुक्त गाउँको रुपमा पहिचान बनाउन सफल भएको छ। गाउँका कुनै पनि पसलमा मदिरा किनबेच हुँदैन। गाउँका पसलमा किनबेच नहुने मात्र होइन, बाहिरबाट मदिरा किनेर गाउँमा लैजानसमेत प्रतिबन्ध छ। गाउँका महिलाहरुको सक्रियतामा गाउँ मदिरामुक्त भएको हो। महिलाहरुको संगठन आमा समूहको नेतृत्वमा भएको मदिरा नियन्त्रण अभियानलाई गाउँका पुरुषहरुले साथ दिएका छन्। सिंगो गाउँको सामूहिक प्रयासपछि गाउँ मदिरामुक्त भएको छ। आमा समूहले गाउँमा रक्सी किनबेच गर्ने, खाने सबैलाई कारवाही गर्दै आएको छ। मदिरामुक्त गाउँ बनाउन २० वर्षअघिदेखि उनीहरु निरन्तर जुटिरहेका छन्। मदिरा किनबेच गर्ने र खानेलाई शुरुमा पाँच सय जरिवाना लिने गरिएकोमा अहिले त्यो बढाएर पाँच हजार पु¥याइएको छ। राजपुर गाउँपालिकाको महतिनिया गाउँमा गरिएको मदिरा नियन्त्रणको यो प्रयास सराहनीय छ।

राजपुर गाउँपालिकाको यो गाउँ मदिरामुक्त सजिलै भएको भने होइन। मगर समुदायको बाहुल्य रहेको गाउँमा मदिराबिरोधी कुरा सजिलै सुन्ने÷मान्ने स् िथति थिएन। घर–घरमा रक्सी बनाउन बन्द गराउन सजिलो थिएन। तर महिलाहरुले निरन्तर पहल गरिरहे। गाउँका पुरुषहरुले समेत साथ दिँदै गए। सरकारी लगानी र पहलबिना नितान्त सामाजिकरुपमा पहल गरेर सफलता प्राप्त गर्नु सराहनीय कुरा हो। मदिरा सेवनले घरपरिवार र समाजमा कलह निम्त्याउने, हिंसा बढाउने भन्दै हिंसा न्यूनीकरणका लागि पनि मदिरा नियन्त्रणको अभियानहरु यसअघि पनि सञ्चालन हुँदै आएका छन्। तर निरन्तर रुपमा खटेर अभियानलाई सफलतामा पु¥याउन नसकिरहेको अवस् थामा राजपुर गाउँपालिकाको यो गाउँ मदिरा नियन्त्रण भएको सफल गाउँको उदाहरण अरुका लागि समेत सिकाइ हुनसक्छ।

त्यसो त केही दिन पहिले पश्चिम रुकुमले जिल्लामा मदिरा निषेधसम्बन्धी निर्णय नै गरेको छ। हत्या, घरेलु हिंसा, चोरी, बलात्कारजस् ता आपराधिक घटनाको असी प्रतिशत कारण मदिरा भएको भन्दै सो नियन्त्रणका लागि पश्चिम रुकुमले जिल्लामा मदिरा बिक्री बितरणमा रोक लगाउने गरी निर्णय गरेको छ। त्यहाँ माघ ६ देखि मदिरा आयात गर्न रोक लगाइएको छ भने फागुन १५ सम्म स्टक खाली गर्न र १६ देखि पूर्णतः बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। त्यस् तै अन्य कतिपय स् थानीय तहले नीतिगतरुपमा मदिरा नियन्त्रण अभियान शुरु गरेका पनि छन्। झापालाई मदिरामुक्त जिल्ला घोषणा गर्नेगरी माघ १ देखि झापाका सबै स् थानीय तहले काम थालेका छन्। मदिराले पार्ने बहुपक्षीय असर रोक्न मदिरा नियन्त्रणका लागि थालिएका यी कामहरु अझ धेरै हुनुपर्छ।

कतिपय जातिहरुले मदिरालाई धर्म र पहिचानको प्रतीकका रुपमा पनि लिँदै आएका छन्। केही जातिहरुको जन्म, मृत्यु र धर्म संस् कारमा मदिरा प्रयोग हुने गरेको छ। नेपालमा मदिराको प्रयोग गर्ने जाति–जनजाति धेरै छन्। यी समुदायमा विवाह, ब्रतबन्ध, दशैं तिहार आदिमा पनि सगुनका रूपमा मदिराको प्रयोग अनिवार्य हुन्छ। तर पनि मदिराका बेफाइदाबारे धेरथोर सबैलाई ज्ञान छ। संस् कृतिका नाममा निरन्तरता पाउँदै आएका यस् ता प्रचलनहरु बदल्न सकिन्छ भन्ने उदाहरण पनि मगर समुदायमा मदिरा निषेधले पाएको सफलताले देखाएको छ। तर मदिरा निषेधको विषयलाई दिगोरुपमा संस् थागत गर्न सामाजिकरुपमा अभियान थाल्नु जति आवश्यक छ उति नै आवश्यक सरकारी तहबाट काम हुनु पनि छ। मदिराको ठूलो बजार र यसबाट राज्यले प्राप्त गर्ने कर, यससम्बन्धी उद्योगप्रति राज्यको दृष्टिकोण, माथिल्लो तहमा हुने चलखेल, पैसाको लेनदेन तमाम कुराले मदिरा नियन्त्रणको विषय सरकारले प्राथमिकताका साथ कानुनीरुपमा अघि सारिरहेको छैन। घरमा बनाएको मदिरालाई अबैध मानेर अरु रक्सीलाई बैध मान्ने कानुनी कुरा सही छैन। खासगरी मदिरा नियन्त्रणमा सरकारको प्रतिबद्धता, ऐन कानुन निर्माण र कार्यान्वयनको पाटोमा देखिनु आवश्यक छ। त्यस् तै महतिनियावासीले जस् तै मदिरा निषेधको अभियानलाई निरन्तर सञ्चालन गर्न पनि हरेक गाउँका अगुवाहरुले सिक्न सक्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top