Free songs
Home / फोटो ग्यालरी / गाउँमै आँखा जचाउन पाएकोमा स्थानीय खुशी

गाउँमै आँखा जचाउन पाएकोमा स्थानीय खुशी

शिवराज पन्थी

गढवा। गढवा गाउपालिका वडा नं. ४ का ७३ वर्षीय उदयराज यादवलाई आखाको समस्या भएको धेरै भयो। घरायसी समस् याका कारण आखा जचाउन बाहिर जान नसक्नुभएका उहाले गाउघरमै शिविर आएको थाहा पाउनुभयो। सोमवार आखा जचाउन वडा कार्यालय पुग्नु भएका उहालाई गाउपालिकाका अध्यक्ष सहजराम यादवले पाखुरामा समाएर डाक्टरसग लग्नुभयो। यसरी गाउघरमै डाक्टर बोलाई जचाउने अवसर पाएकोमा उहाले खुशी ब्यक्त गर्नुभयो।

गढवा–४ परस् पुरकी ६५ वर्षीया गंगा विक पनि आखाका डाक्टर आउने खबर रेडियोबाट सुनेर पहिलो पटक शिविरमा आखा जचाउन आउनुभयो। उहा जस्तै पे्रमबहादुर कुमाल र चन्द्रमाया चौधरीले पनि गाउघरमै डाक्टर आउने खबर पाएर खुशी ह“ुदै वडा कार्यालयको शिविरमा आखा जचाउन आएको र अपरेशनका लागि डाक्टरले लमहीमा बोलाएको बताउनुभयो।

गढवा गाउपालिकाले आफ्नो कार्यक्षेत्रका छ स् थानमा निःशुल्क आ“खा शिविर सञ्चालन गर्न थालेको छ। गाउ“पालिकाका विभिन्न छ स्थानहरुमा शिविर सञ्चालन गर्न गाउसभाबाट रु. ६ लाख विनियोजित गरिएको छ।

शिविरको प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघ लमही आखा अस्पतालले गरेको छ। माघ ५ गते जनता मावि गढवामा आयोजित आखा शिविरमा एक सय दुईजना विरामीको आखा जाच गरिएको र लमही आखा अस्पतालबाट २० जनाको अपरेशन भइसकेको गाउ“पालिकाका स् वास् थ्य संयोजक लोकराज पौडेलले जानकारी दिनुभयो।

यसैबीच सोमवार गढवा–४ को वडा कार्यालयमा शिविर उद्घाटन भएको छ। गढवा गाउ“पालिका वडा नं. ४ का अध्यक्ष गुलाम मोहम्मदको अध्यक्षता तथा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा ७३ वर्षीय विरामीको आ“खा जा“च गरी शिविरको उद्घाटन गरिएको हो।

शिविरमा दुई सय ८३ बढीले आखा जाच गराएका र ५५ बढीलाई अपरेशनका लागि लमही आखा अस् पतालमा सिफारिस गरिएको नेत्र सहायक अमृत नेपालले जानकारी दिनुभयो। यसैगरी माघ १३ गते वडा नं. ३ को गोबरडिहास् िथत कार्यालयमा, माघ १६ गते गोबरडिहा स्वास्थ्य चौकीमा, १९ गते कोइलाबासमा र २० गते वडा नं. १ को कार्यालयमा आ“खा शिविर सञ्चालन गरिने गढवा गाउपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top