Free songs
Home / फिचर समाचार / प्युठानका तीन स्थानीय तह सरसफाइयुक्त बन्दै

प्युठानका तीन स्थानीय तह सरसफाइयुक्त बन्दै

सागर रिजाल

प्युठान । प्युठानका तीन स्थानीय तहबाट निस्किएको फोहोर व्यवस्थापन हुने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसग प्युठान नगरपालिका, माण्डवी गाउ“पालिका र मल्लरानी गाउपालिकाले संयुक्त चारपक्षीय सम्झौता गरेका छन् । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति, माण्डवी गाउ“पालिकाका अध्यक्ष श्रीधर रोका र मल्लरानी गाउ“पालिकाका अध्यक्ष अमरध्वज राना मगरले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

जिल्लामा फोहोर चुनौतीको रुपमा रहेको नगरप्रमुख कक्षपतिले बताउनुभयो । उहाले भन्नुभयो– ‘गापा र नपाको फोहोर व्यवस्थापन गर्न हामीहरुले वैकल्पिक ऊर्जासग सहकार्य गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हौं ।’

अरु क्षेत्रमा नगरपालिकामा मात्र केन्द्रले सम्झौता गरे पनि आफूले नगरपालिकासगै छिमेकी दुई गाउ“पालिकालाई पनि फोहोररहित बनाउन सगसगै काम अगाडि बढाएको बताउनुभयो । उहाले भन्नुभयो– ‘फोहोरबाटै सहकार्य गरेका छौं, अब अरु विकास निर्माणमा पनि सहकार्य गर्न जरुरी छ ।’ वैकल्पिक ऊर्जासग केन्द्रमै पुगेर जिल्लामा कार्यक्रम परिचालन गर्न आग्रह गरेपछि प्युठानमा यो कार्यक्रम आएको उहाले बताउनुभयो । उहाले भन्नुभयो– ‘यसलाई दिगो बनाउनु हाम्रो दायित्व हो ।’

‘जिल्लामा फोहोर मुख्य समस्याको रुपमा छ, फोहोर व्यवस्थापन गर्ने ठाउ“ छैन’– उहा“ले भन्नुभयो– ‘नगरपालिकाले डम्पिङसाइट बनाए पनि फोहोर चराचुरुङ्गीले घरमा लगिदिदा दुर्गन्धित बनेको छ ।’ खेर गएको फोहोर पनि आम्दानीको स्रोत बन्ने उहा“ले बताउनुभयो । नगरपालिकाबाट निस्किएको फोहोर वर्गीकरण गरिने उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो– ‘१५ दिनभित्रमा छवटा क्षेत्रमा फोहोरलाई वर्गीकरण गरिने योजना बनाएका छौं ।’ नगरप्रमुख कक्षपतिले वैकल्पिक केन्द्रलाई सम्झौता अनुसार यो कार्य छिटो अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

केन्द्रले नेपालका विभिन्न स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरेको केन्द्रका व्यवसाय विकास अधिकृत दीपक पौडेलले बताउनुभयो । नया ऊर्जा उत्पन्न गर्ने, वातावरण संरक्षण गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, व्यावसायीकरण गर्ने लगायतका उद्देश्यअनुसार यो कार्यक्रम ल्याइएको उहाको भनाइ छ । नेपाल सरकारसगै जर्मन सरकार, विश्व बैङ्क, एसियाली विकास बैङ्कसग सहकार्य गरी यो कार्यक्रम अगाडि बढाएको उहाले बताउनुभयो । ‘सबै ठाउमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकासग सहकार्य गर्दै अगाडि बढेका थियौं’– उहाले भन्नुभयोे– ‘पहिलो पटक प्युठानमा गाउ“पालिकास“ग सहकार्य ग¥यौं ।’

फोहोरको सही सदुपयोग गरी आम्दानीको स्रोत बनाउन यो कार्यक्रम अगाडि बढाएको उहाले बताउनुभयो । कुहिने फोहोरबाट बायोग्यास निकाल्न र अजैविक फोहोर संकलन गरी बिक्री वितरण गर्न सकिने उहाले बताउनुभयो । ‘धुलो फोहोरलाई सडक बनाउदा व्यवस्थापन गर्न सकिन्छ’– उहाले भन्नुभयो– ‘सफा शहर बनाउने उद्देश्य अनुसार अगाडि बढेका छौं ।’

एक केजी फोहोरबाट ५६ लिटर ग्यास निकाल्न सकिने उहाले बताउनुभयो । फोहोरबाट बिजुली, सिलिण्डर ग्यास र पाइपलाइनबाट ग्यास वितरण गर्न सकिने उहाले बताउनुभयो । ‘प्युठानमा पनि अब यो कार्यक्रम शुरु भयो’– उहाले भन्नुभयो– ‘यहा फोहोरबाट के निकाल्ने भन्ने अध्ययनपछि थाहा हुन्छ ।’ फोहोर व्यवस्थापन गर्नका लागि केन्द्रले गाउ“ तथा नगरपालिका र लगानीकर्ताको सहयोगमा काम गर्ने उहा“ले बताउनुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top