Free songs
Home / समाचार / संक्षिप्त समाचार / एक शिक्षकको भरमा विद्यालय

एक शिक्षकको भरमा विद्यालय

परिचन्द्र खत्री

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउपालिका–४ काडास्थित प्रगति आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । पाच कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा दुईजना राहत शिक्षकहरु कार्यरत रहेकोमा एकजना शिक्षकले राजीनामा दिएको नौ महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन ।

शिक्षक दरबन्दी रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले गत असार पहिलो साता शिक्षा विकास तथा समन्वय इकाईबाट अनुमति लिने र विज्ञापन गरी शिक्षक भर्ना गर्ने निर्णय गरे पनि इकाईबाट अहिलेसम्म अनुमति पाउन नसक्दा समस्या भएको छ । रिक्त रहेको पदमा सिस्ने गाउ“पालिका–१ ठूलो सिस्नेमा कार्यरत शिक्षिका सुनिता भण्डारी हमाललाई सरुवा गरेर ल्याउन विद्यालयलाई विज्ञापन गर्ने अनुमति नदिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ । राहतमा कार्यरत शिक्षकहरुको सरुवा गर्न नपाइने भए पनि गाउ“पालिकाले त्यसविपरीत गर्न खोज्दा विव्यसले अस्वीकार गरेको बताइएको छ ।

गाउ“पालिकाले आन्तरिक दरबन्दी मिलान गर्ने विषयमा छलफल चलिरहेकाले अहिले विज्ञापन गर्ने अनुमति नदिइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले बताउनुभयो । उता गाउपालिकाले पनि १५/१६ वर्ष दुर्गममा काम गरेकालाई राहतकै दरवन्दीमा ल्याउन मिल्ने दाबी गरेको छ । विद्यालयमा अहिले एकसय १४ जना विद्यार्थीहरु अध्ययनरत रहेकोमा शिक्षक अभावले उनीहरुको पढाइ प्रभावित भएको प्रधानाध्यापक हिमलाल खड्काले बताउनुभयो । पछिल्लो समय गाउ“पालिकाले एकजना करार शिक्षक दिएपछि भने केही राहत भएको छ ।

गाउपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक कम भएका विद्यालयमा करारमा राख्ने अनुमति दिएपछि यस विद्यालयमा पनि मंसिर १ गतेदेखि एकजना नया शिक्षक राखिएको उहाको भनाइ छ । शिक्षक अभावले विद्यालयका सहयोगी कर्मचारीले समेत पठनपाठन गराउने गरेको विद्यालयले जनाएको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top