Free songs
Home / समाचार / संक्षिप्त समाचार / एक व्यक्ति पर्वतमा मृत फेला

एक व्यक्ति पर्वतमा मृत फेला

सल्यान (युस)– सल्यान कपुरकोटका एक व्यक्ति पर्वतमा मृत फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट– ४ धनवाङका ४२ वर्षीय पदमबहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कुश्मा नगरपालिका–१३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलवार निस्किएका उनी बुधवार मृत फेला परेको कपुरकोट–४ का वडा सदस्य चित्रबहादुर थापाले जानकारी दिनुभयो । उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाइएको छ । पदम मंसिर २९ गते काम गर्न पर्वत गएका थिए । शवको पर्वतमै पोष्टमार्टमपछि त्यहीं अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ । मृतक पदमका आमा, श्रीमती र चार छोरी छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top