Free songs
Home / अन्तर्वार्ता / महायज्ञ शैक्षिक सुधारको महाअभियान

महायज्ञ शैक्षिक सुधारको महाअभियान

 विमला योगी
महायज्ञ मूल आयोजक समितिका संयोजक

घोराही–१३ स्थित बाराह क्षेत्र माध्यमिक विद्यालय सेवारको भौतिक विकास, प्लस टु कक्षा र प्राविधिक शिक्षा सञ्चालनका लागि माघ ३ देखि ११ गतेसम्म महायज्ञ आयोजना हुन गइरहेको छ । सामुदायिक विद्यालयको घोराही–१३ स्थित बाराह क्षेत्र माध्यमिक विद्यालय सेवारको भौतिक विकास, प्लस टु कक्षा र प्राविधिक शिक्षा सञ्चालनका लागि माघ ३ देखि ११ गतेसम्म महायज्ञ आयोजना हुन गइरहेको छ । सामुदायिक विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका निम्ति आयोजना हुन लागेको महायज्ञसग सम्बन्धित रहेर महायज्ञ मूल समितिका संयोजक विमला योगीसग युगबोधकर्मी आभास बुढाथोकीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ ।                        –सम्पादक

महायज्ञको तयारी के छ ?

महायज्ञको तयारी तीब्रताका साथ अगाडि बढेको छ । माघ ३ गतेको पहिलो दिनमा शोभायात्रा, जुलुस, झाकीका लागि टोल विकास संस्था, विभिन्न संघसंस्था, व्यावसायिक संघसंस्थालाई शोभा यात्राको लागि विशेष अनुरोध गरेका छौं । मन्दिर (यज्ञ) स्थलको तयारी अन्तिम चरणमा पुगेको छ । अरु सबै कुराको तयारी सम्पन्न भइसकेको छ । एक हजार आठ सय सदस्यीय मूल समिति गठन गरिसकेका छौं भने ८० उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेका छन् ।

किन आयोजना गर्दै हुनुहुन्छ ?

वास्तवमा त्यस क्षेत्र घोराही उपमहानगरपालिको नजिक तर सामाजिक र भौगोलिकरुपमा पछाडि परेको ठाउ“ हो । त्यहॉ“ बसोवास गर्ने परिवार अति निम्न र सामान्य वर्गका छन् । तिनै अति निम्न र मध्यम वर्गका परिवारका बालबालिकाहरु सोही विद्यालयमा पढ्छन् । विद्यालय भवनको अवस्था अति नै जीर्ण छ । अभिभावकहरु आफ्नो बालबालिकाहरु विद्यालयमा पठाउन त्रसित हुनुहुन्छ । पहिलो कुरा त बालबालिकाहरुलाई सुरक्षित साथ पढ्न मिल्ने वातावरण सिर्जना गर्न भवन निर्माण गर्ने पहिलो लक्ष छ ।

त्यस्तै दोस्रो लक्ष प्लस टु कक्षा सञ्चालन गर्नु हो । त्यहा“ प्लस टु नहु“दा छात्रछात्राहरु घण्टौं हिडेर अन्यत्र जानुपर्ने बाध्यता छ । त्यसकारण अर्काे मुख्य लक्ष भनेको आउदो सत्रदेखि प्लस टु कक्षा सञ्चालन गर्नु हो । त्यस्तै स्थानीय स्रोतमा आधारित प्राविधिक शिक्षा सञ्चालन गर्नु महायज्ञको अर्काे लक्ष हो । त्यस क्षेत्रका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्दै उनीहरु स्वावलम्बी र स्वरोजगार भएर भोलि आत्मसम्मानका साथ बाच्न सकून् । त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार, आर्थिक सामाजिक रुपमा पछाडि परेको समाजलाई स्वावलम्बी बनाउन सकियोस् भनेर प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागेका हौं ।

महायज्ञ सञ्चालन गरेर प्राविधिक शिक्षा सञ्चालन गर्न सकिन्छ त?

सकिन्छ । जबसम्म सामुदायिक शिक्षा सुधार गर्न सकिदैन, तबसम्म निम्न र मध्यमवर्गका परिवारका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्न सकिन्न भन्ने सोचका साथ प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ भन्ने समुदायको माग छ । यो हामीले शुरुवात गर्छाैं । शुरुवात गरियो भने राज्य पक्षलाई पनि एउटा नैतिक दबाब हुन्छ । र, सामाजिकरुपमा पनि विद्यालयमा शिक्षकहरुको मात्रै हैन, अभिभावकहरुले सकारात्मकरुपमा सहयोग गर्नुपर्छ । अहिले विद्यार्थीको क्षमता परीक्षाका भरमा मापन गरिरहेको छौं । तर उसको सामाजिक, चारित्रिक र गुणस्तरीयता मापन गर्न सकेका छैनौं । भोलि स्वरोजगार बन्न सक्छ कि सक्दैन भन्ने सामाजिक मापन गर्न सक्दैनौं । त्यस कारण प्राविधिक शिक्षा सञ्चालन गर्न यो स्रोतबाट नजुटे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सहयोग जुटाउछौं ।

स्थापना गर्न त सकिएला तर प्राविधिक शिक्षा सञ्चालन गर्ने आधारहरु के छन्?

प्राविधिक शिक्षा सञ्चालन गर्ने त पहिलो कुरा समाजको माग छ । अर्काे कुरा त्यहाका युवाहरु उत्साहित हुनुहुन्छ । हामी यहीं समाजमा स्वरोजगार हुने कृषि, पलम्बिङ, इलेक्ट्रोनिक, पशुपालनसग सम्बन्धित जस्ता स्थानीय स्रोतमा आधारित स्वरोजगार निर्धारण गर्ने प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्षका साथ अगाडि बढेका छौं  ।

महायज्ञ फेशन जस्तो भयो भन्छन् । दाताहरुले तपाइ“हरुमाथि विश्वास गर्ने ठाउ के हो?

महायज्ञलाई यहा“ले जुन हिसाबले लिनुभयो, हामीले यसलाई बेग्लै हिसाबले सोचेका छौं । मयहाज्ञ एउटा माध्यम हो । अध्यात्मकको माध्यमद्वारा  समाजिक चेतना जागृत गराउने, समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र समाजमा बसोवास गर्ने लिंग, जातजाति, वर्गहरुलाई एक ठाउ“मा बनाएर सामाजिक सद्भाव कायम गर्नु हो । अहिले धार्मिक कारणले जुन हामी फुट्दैछौं र त्यसलाई फुटाउने हैन कि जुटाउने भनेर एउटा अध्यात्मको माध्यम ल्याएको हो । तर यसले महत्वपूर्ण सन्देश के दिन्छ भने अब हामी सामाजिकरुपमा आफ्नो क्षेत्रको विकासका निम्ति नागरिकहरु उठ्नुपर्छ । जबसम्म गाउ“–गाउ“बाट नागरिक उठ्नुहुन्न सचेत हुनुहुन्न, तबसम्म दिगो विकास सम्भव हु“दैन । शिक्षामात्रै हैन, स्वास्थ्य र राष्ट्र निर्माणको काममा पनि जनसहभागितामूलक दिगो विकासका लागि सामाजिकरुपमा जागरुक बनाउ“छौं भन्ने हाम्रो लक्ष छ ।

महायज्ञ गर्ने तर उठेको रकम अनावश्यक खर्च गर्ने प्रवृत्ति पनि छ नि ?

हामीले अहिले जुन महायज्ञको माध्यमबाट सामुदायिक विद्यालयहरुको सुधार हुनुपर्छ भनेर मावि सेवार बनगाउ“बाट दीपको ज्योतिमात्रै प्रज्ज्वलन गर्न लागेका छौं । यो ज्योति फैलिदै फैलिदै दाङ जिल्लाको सामुदायिक विद्यालयहरुको सुधारका निम्ति प्रक्रियामा महाअभियानको रुपमा अगाडि बढ्छ । र, यहा“ संलकन भएको रकम कसरी सुरक्षित छ भने हामी सबै सामाजिक पृष्ठभूमिका व्यक्तित्व छौं । जस्तो प्रदेशसभा सदस्य अमरबहादुर डागी जी हुनुहुन्छ, उहाको राजनीतिमा स्वच्छ व्यक्तित्व छ । उहा महायज्ञको प्रमुख संरक्षक हुनुहुन्छ ।

त्यस्तै त्रिविका प्राध्यापक डा. अर्जुनकुमार बुढाथोकी हुनुहुन्छ उहा“ महायज्ञको निर्देशक हुनुहुन्छ । र, अर्काे बलियो पाटो के छ भने समाजले विश्वास गर्ने अत्यन्त महत्वपूर्ण वित्तीय सुशासन कायम गर्नुभएका भुपाल गिरी हुनुहुन्छ, बैंक तथा वित्तीय क्षेत्रमा एकदमै अनुभवी व्यक्ति । उहा“लाई हामीले आर्थिक समितिको संयोजकका रुपमा राखेको छौं । यो यज्ञबाट जुटेको रकम हामी कुनै पनि जनशक्तिमा हुने खर्चको रुपमा एक रुपैया पनि खर्च गर्दैनौं । तर नभई नहुने खर्च मात्र यज्ञमा गर्ने हो । म यहा“हरुलाई विश्वस्त बनाउन चाहन्छु, एक रुपैया पनि दाताहरुले दिने सहयोगलाई हामीले विद्यालयका लागि लगाउ“छौं । आर्थिक आय व्यव सार्वजनिक गर्नुका साथै तीन–तीन महिनामा पत्रकार सम्मेलनबाट योजना र रकम के–के कुरामा खर्च ग¥यौं भनेर आर्थिक पारदर्शिता देखाउने छौं । समाजको विश्वास जितेर आर्थिक पारदर्शिता कायम गर्नुपर्छ, सामाजिक विकासमा हामी जुट्नु पर्छ भनेर सबै व्यक्तित्य र क्षेत्रलाई विश्वस्त हुन म आग्रह गर्दछु ।

अन्तमा छुटेका केही ? 

विद्यालयको प्रअ बाल्मी केसी हुनुहुन्छ, उहाले विद्यालयको सुधारका निम्ति ढाई वर्षमा निकै मेहेनत गर्नुभएको छ । हिजोको अवस्था जे थियो, त्यसलाई माथि उठाउन उहा लागेको देखेर नै हामी सहयोगका लागि लागेको छौं । त्यस्तै यसका लागि वडाध्यक्ष र जनप्रतिनिधिहरुको निकै साथ र सहयोग छ । अन्तमा, हरेक क्षेत्र, सञ्चार, प्रहरी प्रशासन, सरकारी कार्यालय, विभिन्न संघसंस्थालगायतका व्यक्तित्वहरुलाई उपस्थिति र सहयोगका लागि आग्रह गर्न चाहन्छु ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top