Free songs
Home / फिचर समाचार / दुर्घटनामा दुईको मृत्यु, १२ घाइते

दुर्घटनामा दुईको मृत्यु, १२ घाइते

युगबोध समाचारदाता

रोल्पा। पश्चिम रोल्पाको कुरेली खरीबोटमा जीप दुर्घटना हुदा एक महिलासगै नौ महिने शिशुको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा राङ्सी घर भई कुरेली माइत जादै गरेका सञ्जु बुढा र सिमलबाङ घर भई कुरेली माइत जादै गरेका निशा रोकाका नौ महिने छोरीको मृत्यु भएको प्रहरीले बताएको छ । कुरेलीको खरीबोटमा जीप पल्टिदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो भने १२ जना घाइतेहरुलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि लगिएको प्रहरीले बताएको छ । रोल्पाको परिवर्तन गाउपालिका वडा नं. १ कुरेली हु“दै मिरुलको टुटुमा जान हिडेको लु १ ज ३३३२ नम्बरको यात्रुवाहक जीप खराब बाटोका कारण पल्टिएर दुर्घटना भएको रोल्पाका प्रहरी प्रमुख दीपक खड्काले बताउनुभयो ।

यात्रुहरुको करकापका कारण सा“घुरो तथा कच्चीबाटोमा जीप कुदाएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top