Free songs
Home / समाचार / संक्षिप्त समाचार / तुलसीपुर प्लाष्टिक झोलामुक्त

तुलसीपुर प्लाष्टिक झोलामुक्त

तुलसीपुर  (युस)– तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेबाट प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ ।

उपमहानगरलाई वातावरणमैत्री नगर बनाउनका लागि यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । ‘प्लाष्टिकले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो’– उहाले भन्नुभयो ।

२० माइक्रोन भन्दा कम तौल भएको प्लाष्टिकको झोला पहिलो चरणमा बन्देज लगाइएको उहाले बताउनुभयो । प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरासमेतमा बन्देज लगाइएको छ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top