Free songs
Home / विचार / संयुक्त राष्ट्र संघलाई लोकतान्त्रिकरण गरिनुपर्छ

संयुक्त राष्ट्र संघलाई लोकतान्त्रिकरण गरिनुपर्छ

डिल्लीबहादुर रावत

मानिस सचेत प्राणी भएकोले सधैभरी नया–नया सिद्धान्त, विचार र उपायहरुको खोजी गरिरहन्छ । हरेक समस्याको गहिरो अध्ययन गरी समाधानको लागि आवाज उठाइरहन्छ । तर, हामी सचेत मानिसका कारण प्राकृतिक चक्रमै अवरुद्ध हुन पुग्दैछ । यसले सृष्टिचक्रलाइ नै धरापमा पार्ने धेरै सम्भावनाहरु देखिदैछन् । तैपनि हाम्रा सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउनतिर शासकवर्गले खासै चासो दिएको देखिदैन । संसारभरका शासकहरुमा प्रकृति वादी चेतनाको विकास हुन जरुरी छ । यसको निम्ति राजनीतिक दलहरुले आफ्ना परम्परावादी चिन्तन र विचारलाइ हटाएर युग अनुसारको सोच र चिन्तनको विकास गर्दै प्रकृतिवादी विचार निर्माण गर्नुपर्ने हुन्छ । जबसम्म मान्छेमा ‘म र मेरो’ सोच हावी भइरहन्छ तबसम्म प्रकृतिवादी सोचको विकास हुन सक्दैन । यसले व्यक्तिवादी चिन्तनको विकास गराइरहन्छ ।

व्यक्तिवादी चिन्तन जसरी भए पनि पहिले आपूm त्यसपछि परिवार पार्टी र देशलाई प्राथमिकतामा राखिरहन्छ । अनि त प्रकृतिको विनाश र प्रदूषण बढाउने काम निरन्तर भइरहन्छ । यसले अन्ततः यस धर्तीबाट सृष्टिचक्र नै नष्ट गराउने छ । जसले गर्दा मानिसको वर्तमान दुखद र भविष्य अन्धकार बन्दै गइरहेको छ । अन्धकार मात्र होइन मानव अस्तित्वमाथि नै खतराको बादल मडारिरहेको छ । यो निरन्तर बढ्दै गइरहेको छ । तैपनि यस धर्तीमा क्रियाशील राजनीतिक दल र शासकहरुमा प्रकृति वादी चेतनाको विकास हुन सकेको छैन । कथित राष्ट्रिय स्वार्थका नाममा अमेरिकाले कहिले सोभियत संघस“ग मनमुटाव बढाउ“छ भने कहिले चीनस“ग विवाद चर्काउन पुग्छ । सबै मुलुक खतरनाक प्रमाणु अस्त्रले भरिपूर्ण छन् । अहिले उत्तर कोरियाविरुद्ध वाकयुद्ध गरिरहेको छ । यदि दुई देशबीच युद्ध भयो भने त्यो मानिसको निम्ति मात्र नभई जैविक विविधताको निम्ति समेत घातक बन्न जाने निश्चित छ । किनभने दुबै परमाणु अस्त्रसम्पन्न मुलुक हुन् ।

संसारमा शान्ति कायम गराउने एउटा उत्तम उपाय हो लोकतान्त्रिक पद्धति र प्रणाली स्थापित गराउनु । यसको निम्ति संयुक्त राष्ट्र संघमा रहेको भिटो पावरको अधिकार अन्त्य गराउ“दै संरासंलाई लोकतान्त्रिकीकरण गराउनु हो । संसारका सबै देशहरुले समान रुपमा मताधिकार पाउनुपर्दछ । संरासंलाई संसारकै सबैभन्दा शक्तिशाली निकायको रुपमा स्थापित गराउनतिर लाग्नुपर्दछ । यसले मात्र प्रकृतिको विनाश र प्रदूषण रोक्न महान पूर्ण भूमिका निर्वाह गर्न सक्छ । यति मात्रै होइन शान्ति र समान वितरण प्रणाली लागु गराइ यस धर्ती बाट अचेतना, अशिक्षा, गरिवी, भोकमरी हटाएर समृद्ध हराभरा विश्व समाज बनाउन सकिने छ ।

मौसमअनुसार वर्षा हुनु प्राकृतिक नियम हो । तर वर्षातको नियमिततामा अवरोध सिर्जना ह“ुदा खडेरी, सुख्खा बढ्छ । यसले अनावृष्टि, अति वृष्टि गराउन पनि सक्छ । मान्छेले आफ्ना आवश्यकता र विलासीपूर्ण जीवन जिउनको लागि अन्धाधुन्द औद्योगिक क्रान्ति गर्दा यसबाट निस्कने धुवा“, धुलो र फोहोरले प्रकृतिमा के असर पु¥याउन सक्छ यसको विषयमा जानकारी राखी निराकरण गर्न आवश्यक छ । यस्तै गरी वनजंगल र जैविक विविधता विनाश हु“दा प्रकृतिमा कस्तो प्रभाव पार्दछ भनेर सोचेको देखिदैन । जसले गर्दा यस धर्तीबाट वायुमण्डलमा अत्यधिक मात्रामा कार्बनडाइअक्साइड जम्मा भइसकेको छ भने अन्य विभिन्न हरितगृह ग्या“सहरु निरन्तर उत्सर्ग गरिदै आइरहेको छ । जसको कारण पृथ्वीको वायुमण्डलमा हरितगृह ग्या“सको बाक्लो जालोले पृथ्वीलाई धपक्क ढाक्न पुगेको छ । जसले गर्दा अप्राकृतिक जलवायु परिवर्तन ब्यापक रुपमा बढ्दै गइरहेको छ । सूर्यबाट आउने परावैजनिक किरणहरुको नियमित प्रक्रियामा अवरोध पुग्नेभयो । यो कसरी भयो भने सूर्यबाट आउने किरण पृथ्वीमा टक्राउ“छन् र केही पृथ्वी, प्राणी, वनस्पति र पानीले लिन्छ र बाकी फर्केर अन्तरीक्षमा जान्छ । यो प्राकृतिक नियम हो । यसले पृथ्वीको सृष्टिचक्रलाई निरन्तरता दिन अहं भूमिका निर्वाह गरेको हुन्छ । तर वायुमण्डलमा हरितगृह ग्या“सको बाक्लो जालोको कारण पृथ्वीबाट फर्केको किरण अन्तरीक्षमा नगई पुनः पृथ्वीमा फर्किन थालेपछि पृथ्वी र यसको वायुमण्डल तात्तिदै जान थाल्यो । जसले गर्दा अप्राकृतिकरुपमा जलवायु परिवर्तन गराउन थाल्यो । यसैका कारण सुक्खा, खडेरी, अनावृष्टि, अति वृष्टि, खण्डवृष्टि, अति हिमपात, हिमपातको ठाउमा वर्षा जस्ता परिवर्तनहरु देखिनु नै खतराको घण्टी हो । यसले प्राकृतिक मौसममा परिवर्तन ल्याइदिदा पारस्थितिकीय प्रणालीलाई खलबलाइ दिदैछ । यो हुनु भनेको मानिसको निम्ति खतरासिवाय अरु केही होइन । हाम्रो चिन्तन कस्तो छ भने बढ्दो जनसंख्यालाई खाद्यान्न पु¥याउन भनेर कथित हरितक्रान्ति नारा लगायांै । तर त्यसले चौतर्र्फी रुपमा पार्ने कुप्रभावको बारेमा रत्तिभर सोचेनांै ।

हाम्रा हजारौं हजार वर्षदेखि प्रकृतिमा घुलमिल हु“दै आइरहेका रैथाने खाद्यबालीलाई विस्थापित गराउ“दै खाद्यवालीको हाइब्रिड (जो पुनः बीउ उत्पादन हुन सक्दैन) यसको प्रयोगमा जोड दियांै । यो खाद्यवाली उत्पादनमा बृद्धि गराउन भनेर रासायनिक मल र कीटनाशक औषधिमा जोड दियांै । जसले गर्दा हाम्रो खाद्यवाली विषयुक्त बन्न गयो । आज हामी त्यही खाएर दुख कष्ट व्यहोर्न विवश छौं । अकालमा ज्यान फालिरहेका छौं । रासायनिक कीटनाशक औषधिले वातावरण विषयुक्त बनाउ“छ नै खाद्यवाली समेत विषयुक्त बनाउ“छ । त्यति मात्रै होइन, रासायनिक मलको प्रयोगले माटोमा रहेका कृषिका मित्रजीव मार्न पुगिरहेका छांै । अझ सिमसार क्षेत्रलाई सुख्खा बनाउ“दै लगिरहेका छौं । समग्रमा भन्नुपर्दा माटोलाई नै मृत्युको मुखमा पु¥याउ“दैछौं ।

अर्थात उत्पादनको निम्ति अनुत्पादित बनाइरहेका छौं । हाइब्रिड बीउमा निर्भरता बढाएर एकातिर सबै खाद्यबालीको बीउको लागि बहुराष्ट्रिय कम्पनीमा निर्भर हुन पुगिरहेका छौं भने अर्कोतिर जैविक विविधताको विनाश गरिरहेका छौं । समग्रमा भन्नु पर्दा कृषिलाई नै बर्बाद बनाउन गइरहेका छांै । आखिर मान्छेलाई खाद्यान्न पु¥याउने नाममा हामीले ल्याएको कृषि क्रान्तिले बीउ विजनको निम्ति बहुराष्ट्रिय कम्पनीमा निर्भर बनाउन पुग्यांै । अर्कोतिर हाम्रो हावापानीमा स्थापित भएका प्राकृतिक खाद्यबालीलाई सदासदाको निम्ति नष्ट गराइरहेका छौं । मान्छे स्वस्थ बनाएर बचाउन नभई रोगी भएर जीवन जिउन विवश वनाउन पुग्यौं । यसतर्फ अब राजनीतिक पार्टी र सरकारहरुले सोच्नुप¥यो कि परेन ? त्यसैले प्रकृतिवादी चिन्तन र विचार आजको आवश्यकता भनिएको हो । यसलाई लागु गर्न संयुक्त राष्ट्रसंघलाई शक्तिशाली र लोकतान्त्रिक बनाउन पहल गर्नुपर्दछ भनेर जोड दिएको हो ।

हामी जनता पनि अब सचेत हुन अत्यन्त आवश्यक देखिएको छ । प्रकृतिवादी आ“धी बेहेरी सिर्जना गरेर राजनीतिक पार्टीहरुलाई दबाब दिन लागिपर्नुपर्दछ । हाम्रो धर्ती जमिनभन्दा बढी पानीले भरिएको छ । यो पानी बाफ बनेर बादल बनी पानी पर्ने प्रक्रिया निरन्तर चल्दै आइरहेको छ । यो नै प्रकृतिको अनुपम उपहार हो । तर मानिसकै कारण पानीको संकट व्यहोर्नुपर्ने अवस्था देखिदैछ । केही वर्ष पहिले अफ्रिकी देश लामो समय खडेरी पर्दा पानीको लागि बा“दर र मानिसबीच लडाइ परेको समाचार सुन्नमा आएको थियो । अब सा“च्चै भन्दा मान्छे मान्छे नै पानीको निम्ति ठूल ठूला युद्ध गर्नुपर्ने हो कि भन्ने आशंका बढ्दै गइरहेको छ । आजभोलि सुन्नमा आइरहेको छ चीनले व्रह्मपुत्र नदीलाई फर्काएर लग्दैछ भन्ने । यसले एकातिर नदीमा आश्रित कैयौं प्रजातिका जलचर संकटमा पर्नेछन् । यस्तै गरी वन्यजन्तु (पशुपंक्षी) पनि संकटमा पर्नेछन् । यसले जैविक विविधता र त्यहाको प्राकृतिक पारस्थितिकीय प्रणालीलाई नराम्रोस“ग प्रभावित बनाउनेछ भने जैविक विविधता विनाश गराउनेछ । यस्तैगरी त्यसमा आश्रित हजारौं हजार मानिस गम्भीर संकटमा पर्ने छन् । अनि पानीको निम्ति देश–देशबीच पनि विनाशकारी युद्ध हुन सक्ने अवस्था देखिदैछ ।

द्ध पानी मानिसको निम्ति जीवन त हो नै । सृष्टिचक्रलाई निरन्तरता दिने अभिन्न अंग पनि हो । शुद्ध पानी प्रशस्त हु“दासम्म कुनै वास्ता थिएन । जब कम हुन थाल्यो तब–तब गम्भीर संकट सिर्जना हुन थाल्यो । यसरी नदीको प्राकृतिक बहावलाई परिवर्तन जो कोहीले पनि गराउनु ठीक होइन । बहाव परिवर्तन मात्रै होइन नदी सुक्ने हिसावले बाध बाधेर समेत पानी लान ठीक हु“दैन । यसतर्फ सचेत मानिसले रोक्नुपर्दछ । विज्ञान र टेक्नोलोजीको उच्चतम विकासले मानिसका आवश्यकता र समस्यालाई भूमण्डलीकरण गराइसकेको छ । यसको समाधानको लागि पनि एउटा शक्तिशाली अन्तर्राष्ट्रिय लोकतान्त्रिक फोरम आवश्यक पर्न गएको छ । अझ पर्यावरणीय समाधान त झन शुद्ध अन्तर्राष्ट्रिय समस्या भएकोले यसको समाधान पनि अन्तराष्ट्रियरुपमै प्रभावकारी रुपले हल खोज्न आवश्यक भएकोले संरासंलाई लोकतान्त्रिकीकरण र शक्तिशाली साझा संगठन बनाउनतिर लाग्नुपर्ने समयको माग भइसकेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top