Free songs
Home / फिचर समाचार / मुक्त कम्लरीहरु भन्छन्–‘मुक्त भयौं, मुक्ति पाएनौं’

मुक्त कम्लरीहरु भन्छन्–‘मुक्त भयौं, मुक्ति पाएनौं’

गिरिराज नेपाली

घोराही । आजभन्दा १९ वर्षअघि यसरी नै थारु गाउमा माघीको उल्लास बढ्दा हामी फाटेका हात, झुत्रा लुगामा एक/दुईदिनको छुट्टीमा बडा मुस्किलले घर आइन्थ्यो । एक दुई दिन पनि हाम्रो लागि ठूलो थियो । घरको ऋण गर्जाे टार्न, धेरै जग्गा जमिन जोत्न दिने शर्तमा म जस्तै धेरै छोरीहरु मालिकका घरमा कम्लरी बस्न बाध्य हुन्थ्यौं । चाहेर पनि त्यहाबाट उम्कन सकिन्नथ्यो ।

माघीपछि अझ मालिकले आफ्नो घरबाट पनि अरुकै घर पठाउ“थे । ती दिनहरु सम्झदा अझै पनि मन भारी हुन्छ भन्दै पूर्वकम्लरी उर्मिला चौधरीले गहभरी आसु पार्नुभयो । तर १९ वर्षपछि आजका दिनमा हामी स्वतन्त्र छांै । तर न्यायको महसुस अझै गर्न पाएका छैनौं उहा“ले भन्नुभयो । मुक्त कम्लरी विकास मञ्च केन्द्रीय कार्यालय दाङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहा“ले यस्तो गुनासो पोख्नुभयो ।

उहाले कम्लरीजस्तो दासतापूर्ण जीवनबाट मुक्त भए पनि आफूहरुले मुक्ति अझै पाउन नसकेको गुनासो राख्नुभयो । उहा“ले भन्नुभयो– ‘अझै हामीले मुक्त कम्लरीको पहिचान पाउन सकेको छैनौं ।’ राज्यले मुक्त कम्लरीको पहिचान दिलाउन नसक्दा मुक्तिको महसुस गर्न नसकेको उहा“ले बताउनुभयो ।

मञ्चकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्की मुक्तकम्लरी मन्जिता चौधरीले थारु समुदायका छोरीहरु मालिकको दासताबाट मुक्त भयौं तर राज्यबाट अझै न्याय पाउन नसकेको गुनासो राख्नुभयो । मुक्त कम्लरीहरु पहिचान पाउन नसक्दा राज्यबाट पीडित हुनुपरिरहेको उहा“को भनाइ थियो ।

माघीको शुभकामना आदानप्रदान गर्दै महिला मानवअधिकार रक्षक सञ्जाल तथा नागरिक समाज दाङकी सचिव लक्ष्मी आचार्यले मुक्त कम्लरीहरुको बदलिदो जीवनलाई सार्थक बनाउन सबै सरोकारवाला पक्षहरुको साथ अपरिहार्य रहेको बताउनुभयो । अझै पनि कतिपय मुक्त कम्लरीहरु पहिचान पाउन नसक्दा न्यायको महसुस गर्न नसकेको उल्लेख गर्दै उहा“ले भन्नुभयो– ‘राज्यले मुक्त कम्लरीको पहिचान र उचित शिक्षादीक्षाको व्यवस्था गर्नुपर्दछ ।’ थारु समुदायमा रहेको कम्लरीप्रथा राज्यले निषेध गरे पनि व्यवहारमा मुक्त कम्लरीहरुमाथि विभेद भइरहेको महसुस उनीहरुले गरिरहनुपरकाले राज्यले मुक्त कम्लरीहरुको न्याय र पहिचानसहितको अधिकार दिलाउन सक्नुपर्ने उहा“को भनाइ थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दाङका शाखा अधिकृत देवमणि चौधरी, ओरेक नेपाल दाङकी संयोजक ईश्वरी राना, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरी, भूमि सुधार कार्यालय दाङका हरि चौधरी, नेपाल युथ फाउडेशनका कार्यक्रम संयोजक फकला थारु र पत्रकार सन्तोष दहित लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण अमिता चौधरीले गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top