Free songs
Home / फिचर समाचार / महायज्ञको तयारी तीब्र

महायज्ञको तयारी तीब्र

महायज्ञ शैक्षिक सुधारको अभियान : आयोजक

युगबोध समाचारदाता

घोराही । बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउको भौतिक पूर्वाधार निर्माण, प्लस टु र प्राविधिक शिक्षा सञ्चालन लागि आयोजना हुन गइरहेको महायज्ञको तयारी तीब्र पारिएको छ । महायज्ञका निर्देशक डा. अर्जुनकुमार बुढाथोकीका अनुसार महायज्ञ सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शुरु गर्न लागिएको एउटा अभियान पनि हो ।

महायज्ञ सञ्चालनको मुख्य उद्देश्य विद्यालयको भौतिक पूर्वाधार निर्माण, प्लस टु कक्षा सञ्चालन र प्राविधिक शिक्षा सञ्चालन गर्नु हो भने घोराही उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुबीच शैक्षिक सुधारका निम्ति छलफल पनि गर्ने उद्देश्य रहेको उहाले बताउनुभयो ।

‘वाराह क्षेत्र माविको भौतिक निर्माण र शैक्षिक सुधारका निम्ति सञ्चालन गर्न लागिएको महायज्ञ मात्र नभएर सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न गरिने एउटा अभियान हो’– उहा“ले भन्नुभयो– ‘राज्यले सामुदायिक विद्यालयहरुमा ल्याउन नसकेकोे परिवर्तन हामी जनता र स्वयं स्थानीयहरुले आफै गर्नुपर्छ भन्ने सन्देश दिनु पनि हो ।’

लागत खर्च न्यून

त्यस्तै आर्थिक उपसमितिका संयोजक भुपाल गिरीले महायज्ञमा हुने खर्च निकै न्यून हुने बताउनुभयो । ‘महायज्ञमा लाग्ने खर्च न्यून गर्नका लागि हामीले तयारीमा भ्याएसम्म कम खर्च गरेका छौं’– उहा“ले भन्नुभयो– ‘त्यस्तै प्रवचनका लागि गुरुहरुस“ग प्रतिशतका आधारमा नभएर कम र सुलभ रकममै सम्झौता भएको छ ।’

तयारी तीब्र
महायज्ञको तयारीका लागि करीब ७५ प्रतिशत काम सकिएको महायज्ञका निर्देशक बुढाथोकीले जानकारी दिनुभयो । विद्यालयको भौतिक पूर्वाधार निमार्णस“गै शैक्षिक गुणस्तर सुधारका लागि माघ ३ देखि ११ गतेसम्म सञ्चालन गर्न लागिएको महायज्ञ सफल बनाउन अभियानहरु तीब्र बनाएको निर्र्देशक बुढाथोकीले बताउनुभयो । महायज्ञ सफल पार्न एक हजार आठ सय सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने ८० वटा मूल समिति गठन गरिएको छ ।

त्यस्तै महायज्ञस्थल नजिकका गाउ, टोल विकास संस्था र वडाहरुमा पुगेर समिति गठन भइरहेका छन् भने विभिन्न संघसंस्था, सरकारी निकायसग समन्वय र सहयोगका लागि अन्त क्र्रिया जस्ता अभियान तीब्र बनाइएको उहा“ले बताउनुभयो । महायज्ञको मूल समितिको प्रमुख संरक्षकमा प्रदेशसभा सदस्य अमरबहादुर डागी र मूल समिति संयोजकमा समाजसेवी विमला योगी रहनुभएको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top