Free songs
Home / समाचार / संक्षिप्त समाचार / बुद्ध अस्पतालमा पहिलोपटक अण्डाशय ट्युमरको शल्यक्रिया

बुद्ध अस्पतालमा पहिलोपटक अण्डाशय ट्युमरको शल्यक्रिया

युगबोध समाचारदाता

घोराही । घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिमा राप्ती अञ्चलमै पहिलो पटक अण्डाशयमा रहेको ट्युमरको दुर्विनविधिबाट सफल अपरेसन गरिएको छ । डा. रमेश बस्नेतको नेतृत्वमा अप्रेसनमा खटेको टोलीले अञ्चलमै पहिलो पटक दुर्विन विधिबाट यस किसिमको अपरेसन गरेको हस्पिटलले बताएको छ ।

यसअघि पेट चिरेर अपरेसन हुने गरेकोमा दूरविन विधिबाट यस किसिमको अपरेसन गरिएको यो पहिलो पटक हो । झण्डै तीन वर्षदेखि अण्डाशयको ट्युमरबाट पीडित घोराही–१० नारायणपुरकी २७ वर्षीया सपना चौधरीको अपरेसन गरिएको हो । उपचारका लागि काठमाडांै तथा नेपालगञ्ज पटक–पटक जाने गरेको बताउ“दै उहा“ले आफ्नै ठाउ“मा सजिलै सेवा पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

अस्पतालमा पित्तथैलीको पत्थरी, हर्निया, एपेन्डिक्सको अपरेसन दूर्विनविधिको माध्यमबाट शुरु भएस“गै गरिएको भए पनि अण्डाशयको ट्युमरको अपरेसन दूर्विन विधिबाट गरिएको भने यो नै पहिलो भएको अपरेसनमा संलग्न डा. रमेश बस्नेतले बताउनुभयो ।

अपरेसनमा डा. रमेश बस्नेत, एनेस्थेसियामा डा. सुरेन्द्र क“ुवर र नारायणप्रसाद शर्मा खटिनुभएको थियो । त्यसैगरी नर्सहरु लीला पुन मगर, विनिता चौधरी, बेलमती घर्ती मगर, रोजी भण्डारी, पद्मा भण्डारी, पूर्णिमा गाहा मगरको टोलीले अपरेसन सम्पन्न गरेको थियो ।
अपरेसन गरेको तीन दिनमै बिरामी पूर्ववत् काममा फर्कन सक्ने हुनाले पनि यो विधि उपयुक्त भएको डाक्टर बताउनुहुन्छ । खर्चको हिसाबले चिरेर गरिने अपरेसनभन्दा दूर्विन विधिबाट गरिने अपरेसन ७÷८ हजार रुपैया“मात्र महंगो पर्ने अस्पतालले जनाएको छ ।

बुद्ध हस्पिटल प्रालि सञ्चालनमा आएको एक वर्षभित्रमा दूर्विन विधिबाट दुई सय बढीको पित्तथैलीको पत्थरीको अप्रेसन, ५० वटा एपेन्डिक्स, २५ वटा पिसाव नलीको अपरेसन र दुई सय इन्डोस्कोपी गरिएको छ । त्यसका साथै हातको नशा चुडिएको, हातको औंला चलाउने नशा काटिएको, लिंग भाचिएको, पेटभित्र भएको अण्डाशयको अप्रेसन, कलेजोमा किराले घर बनाएको आदि जटिल खालका अप्रेसन समेत हस्पिटलमा सफल रुपमा सम्पन्न भएका छन् ।

सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक क्लोनोस्कोपी मेसिन थप गर्न लागेको हस्पिटलले जनाएको छ । दिसा गर्ने ठाउ“बाट दूरविन छिराएर ठूलो आन्द्राको रोग पत्ता लगाउने सकिने यो मेसिन पनि अञ्चलमै पहिलो भएको हस्पिटलको दाबी छ । साथै अब छिटै वार्ड विस्तार गरिने पनि अस्पतालले जनाएको छ । अत्याधुनिक उपकरण प्रयोग गरी प्रभावकारी सेवा दिने उद्देश्यका साथ अगाडि बढेको हस्पिटलले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top