Free songs
Home / फिचर समाचार / प्राविधिक शिक्षाका लागि धार्मिक महोत्सव

प्राविधिक शिक्षाका लागि धार्मिक महोत्सव

ओपेन्द्र बस्नेत

तुलसीपुर । प्राविधिक शिक्षा सञ्चालन तथा स्मार्ट विद्यालयं निर्माणका लागि तुलसीपुर–८ स्थित अश्वारा माध्यमिक विद्यालयमा धार्मिक तथा शैक्षिक महोत्सव २०७५ सञ्चालन हुने भएको छ ।

महोत्वसको माध्यमबाट आर्थिक संकलन गरी प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले शैक्षिक महोत्सव आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेले जानकारी दिनुभयो । विद्यालयलाई समयानुकूल परिमार्जन गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक अभाव भएकाले विद्यालयमा शैक्षिक महोत्सवको प्रक्रिया अघि बढाइएको प्रअ न्यौपानेले जानकारी दिनुभयो ।
महोत्सव सञ्चालनका लागि टेकनाथ योगीको अध्यक्षतामा पाच सय ५५ सदस्यीय धार्मिक तथा शैक्षिक महोत्सव मूल समारोह समिति गठन गरिएको छ ।

माघ ५ देखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्न २२ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसअन्तर्गत ओपेन्द्र बस्नेतको संयोजकत्वमा सञ्चार उपसमिति, तिलकबहादुर बस्नेतको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, खगेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा कलस यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी दाता पहिचान उपसमितिमा किरण बहादुर शाह, राजनीतिक दल समन्वय उपसमितिमा चक्रबहादुर भण्डारी, स्थानीय तह समन्वय उपसमितिमा वेदबहादुर केसी, विभिन्न संघसंस्था समन्वय उपसमितिमा मुक्तिप्रसाद न्यौपाने, पूर्वशिक्षक तथा विद्यार्थी समन्वय उपसमितिमा तुलसीराम भट्टराई, कृषक समन्वय उपसमितिमा चित्रबहादुर डागी, सहकारी संकार्य उपसमितिमा कर्णबहादुर ओली, बैंक तथा वित्तीय संस्था उपसमितिमा प्रकाश केसी, नागरिक मञ्च समन्वय उपसमितिमा जुद्धबहादुर केसी, लाखबत्ती निर्माण तथा प्रज्ज्वलन उपसमितिमा मीना पाण्डे, विद्यालय समन्वय उपसमितिमा हिरालाल न्यौपाने, वन समन्वय उपसमितिमा टेकनाथ योगी, अतिथि सत्कार तथा परिचालन उपसमितिमा दशरथ ओली, पूर्वसैनिक तथा पूर्वप्रहरी समन्वय उपसमितिमा मंगलसिंह रोका, व्यापारी समन्वय उपसमितिमा योगेन्द्रबहादुर शाह, शिक्षाप्रेमी तथा शिक्षा प्रचार प्रसार उपसमितिमा नारायणप्रसाद भट्टराई र तुला तथा भूमि दान समन्वय उपसमितिको संयोजकमा झग्गुप्रसाद साहु चयन हुनुभएको छ ।

एक हप्तासम्म सञ्चालन हुने धार्मिक तथा शैक्षिक महोत्वसको मुख्य वाचकमा पण्डित हरिशरण उपाध्याय रहनुभएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top