Free songs
Home / समाचार / प्रमुख समाचार / प्रदेश राजधानी सडकबाट होइन सदनबाट तोकिन्छः मुख्यमन्त्री

प्रदेश राजधानी सडकबाट होइन सदनबाट तोकिन्छः मुख्यमन्त्री

यमलाल भुसाल

बुटवल । प्रदेश पाचका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी सडकबाट होइन प्रदेशसभाबाट तोकिने भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सचेत गराउनुभएको छ । कम्युनिष्ट सरकारले बुटवलबाट प्रदेश राजधानी सार्ने षड्यन्त्र शुरु गरेको भन्दै कांग्रेसले बुटवलमा केन्द्रीय नेताहरुको उपस्थितिमा प्रदर्शन र सभा गर्ने तयारी गरेपछि उहा“ले कांग्रेसलाई सचेत गराउनुभएको हो ।

आइतवारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भएकाले सडकमा गएर फैसला नगर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पोख्रेलले प्रदेशसभाको काम प्रदेशसभालाई नै गर्न दिन आग्रह गर्दै प्रखुम प्रतिपक्षी दल नेपाली कांग्रेसलाई जिम्मेवार बन्न समेत सुझाव दिनुभयो । ‘प्रदेशको अस्थायी राजधानी सार्ने कुरा होइन, प्रदेशसभाले स्थायी राजधानी तोक्ने हो ।’ उहाले भन्नुभयो– ‘सडकमा गएर फैसला नसुनाउनुहोस्, प्रदेशसभाको काम प्रदेशसभालाई गर्न दिनुहोस् ।’

‘सार्वजनिक खरिद ऐनको जटिलताले गाडी

खरिदमा समस्या’ प्रदेश सरकारले गरेको गाडी खरिदमा कुनै अनियमितता नभए पनि सार्वजनिक खरिद ऐनमा भएका जटिलताका कारण त्यस्तो देखिएको बताउनु भएको छ । उहा“ले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै गाडी खरिदका फाइल लेखा समितिले छानबिन गरिरहेकाले आशंकाको भरमा कसैलाई आरोपित नगर्न पनि आग्रह गर्नुभयो । उहा“ले वाइडबडी विमान खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलाई बचाउ गर्दै संघीय संसदको सार्वजनिक लेखा समितिले आफ्नो अख्तियारी दुरुपयोग गरेर अनावश्यकरुपमा मुछ्ने काम गरेको आरोप लगाउनु भयो ।

जनतालाई निराश नबनाउन प्रदेश सदस्यहरुको आग्रह

प्रदेश पा“चको आइतबार बसेको बैठकमा सांसदहरुले सरकारले खरीद गरेका गाडी प्रकरणमा प्रश्न उठाएका छन् । प्रदेश पाचको तेस्रो अधिवेशनको नवौं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य फकरुद्दिन खाले संघीय सरकारले वाईडबडी जहाज खरिदमा अनियमितता गरेजस्तै प्रदेशमा पनि गाडी खरिदमा अनियमिता हुनु राम्रो नभएको उल्लेख गर्नुभयो ।

उहाले संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अविलम्ब राजीनामा गरेर बाटो खुला गर्नुपर्ने माग राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लुम्बिनी बिकास कोषको समेत पदेन अध्यक्ष हुने भएकाले राजीनामा नगरे मन्त्रीलाई त्यस क्षेत्रमा बहिस्कार गर्ने चेतावनी दिनुभयो ।

त्यस्तै उहाले प्रदेश पाचको सरकारले खरिद गरेको गाडी पनि बजार मूल्य भन्दा अत्यधिक रहेको पाइएकोले सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

बैठकमा बोल्दै अर्का सदस्य वीरबहादुर रानाले निर्वाचनपछि पहिलो पटक प्रदेशसभामा आउदा निकै उत्साहित भए पनि सरकारका गतिविधिले पछिल्ला दिनहरुमा निराशा मात्रै थप्ने काम गरेको उल्लेख गर्नुभयो । उहाले प्रमुख प्रतिपक्षी दलले सरकारलाई सानातिना कुरामा चुप लागेर राम्रो कामको अपेक्षा गरिरहे पनि सरकारले राम्रो काम गर्न नसकेको उल्लेख गर्दै अब पनि चुप लागेर बस्ने हो भने प्रदेशका जनताले धिक्कार्ने भएकाले अव खरोरुपमा उत्रिने चेतावनी दिनुभयो ।

‘सरकारले प्रदेशका जनतालाई केन्द्रमा राखेर काम गर्ने हो कि आफूलाई केन्द्रमा राख्ने हो ?’– प्रदेश सरकारतर्फ प्रश्न गर्दै उहा“ले भन्नुभयो– ‘सरकारका मन्त्रीहरु आफ्ना सेवा सुविधा बढाउने काममा मात्रै लाग्नु राम्रो भएन ।’ प्रदेशसभा सदस्य रानाले गाडी खरिद काण्डमा प्रक्रिया पु¥याएर अनियमितता गरेको आरोप लगाउनुभयो । उहा“ले मुख्यमन्त्री शंकर पोख्रेललाई विद्यालयमा गएर विद्यार्थीलाई पढाउने, सभा सम्मेलनको उद्घाटन गर्न छाडेर कार्यकक्षमा बसेर प्रदेशको विकास र जनस्तर बृद्धिका लागि चिन्तन गर्न पनि सुझाव दिनुभयो ।

त्यस्तै अर्का सदस्य इन्द्रप्रसाद खरेलले प्रमुख प्रतिपक्षी दलतर्फ इंगत गर्दै प्रदेश राजधानीका लागि संघर्ष नगर्न आग्रह गर्नुभयो । उहाले प्रदेश पाचमा बाके बर्दिया आवश्यक छैन भन्ने हो भने हार्दिकताका साथ बा“के बर्दिया प्रदेश पाचबाट छुट्टिन तयार रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश सांसदहरु तिलकराम शर्मा, लौटी थारुले महिला तथा घरेलु हिंसामा बृद्धि भइरहेको बताउ“दै हिंसाजन्य गतिविधि निरुत्साहित गर्न तथा न्युनीकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top