Free songs
Home / समाचार / संक्षिप्त समाचार / ज्येष्ठ नागरिक र अपांगलाई सम्मान

ज्येष्ठ नागरिक र अपांगलाई सम्मान

युगबोध समाचारदाता

घोराही। घोराही उपमहानगरपालिका वडा नम्वर ७ का ७९ जना ज्येष्ठ नागरिक र अपांगहरुलाई सम्मान गरिएको छ । वडा कार्यालय सांैडियारमा एक कार्यक्रम आयोजना गरी ४५ जना ज्येष्ठ नागरिक र ३४ जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

चालु आर्थिक वर्षमा वडा कार्यालयले बिनियोजन गरेको एक लाख रुपैयाबाट ज्येष्ठ नागरिकलाई एक–एक थान स्वीटर र टोपी तथा अपांगलाई एक –एक थान ब्ल्याङ्केट वितरण गरिएको थियो ।

ज्येष्ठ नागरिक र अपांगलाई जाडोबाट बचाउनका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तरगत उहाहरुलाई सम्मान गरिएको वडाध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक समाजका अध्यक्ष अमरराज डागीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिक समाजको जिउदा इतिहास रहेको भन्दै उहाहरुको योगदानको कदर भएकोमा खुशी व्यक्त गरेका थिए । समाजमा हुने वर्गले नहुने वर्गलाई सहयोग गर्न सकेको खण्डमा सामाजिक एकता कायम हुन सक्ने वक्ताहरुको भनाइ थियो ।

सो अवसरमा बोल्दै वडाध्यक्ष चौधरीले ज्येष्ठ नागरिकको सम्मानका लागि वडाले थोरै भए पनि सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । ज्येष्ठ नागरिक समाजका सदस्य विष्णु पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अभिवक्ता श्रीराम चौधरी, स्वास्थ्यचौकी सांैडियारका प्रमुख कुमार दुलाल, वडासचिव चन्द्रबहादुर केसी, समाजसेवी तथा बुद्धिजीवी भुपबहादुर शाह, ज्येष्ठ नागरिकहरु तेजनिधि आचार्य, ओमकुमारी गिरी, लालमणि न्यौपानेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक विमल योगीले गर्नुभएको थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top