Free songs
Home / समाचार / संक्षिप्त समाचार / छोराको हत्या गरी आमाद्वारा आत्महत्या

छोराको हत्या गरी आमाद्वारा आत्महत्या

रुकुमकोट(युस)– रुकुम पूर्वमा एक आमाले नाबालक छोराको हत्या गरी आफूले आत्महत्या गरेकी छन् ।

जिल्लाको सिस्ने गाउ“पालिका वडा नं. ६ रुकुमकोटकी ३० वर्षीया रेणुका बिसी शाहले डेढ वर्षका कान्छा छोरा एटीएम शाहलार्इं झुण्ड्याएर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

२६ पुसमा औषषि उपचार गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हि“डेकी रेणुकाको २८ पुस शनिवार बेलुकी जंगलमा शव भेटिएको थियो । घरदेखि झण्डै तीन किलोमिटर टाढा रहेको सिस्ने गाउ“पालिका– ५ को उदिनढुङ्गा भन्ने जंगलमा छोरा झुण्डिएको अवस्थामा र आमा भुइ“मा लडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

आमाको घा“टीमा डोरी रहेको र त्यो रुखबाट चुडिएको हुनसक्ने डिएसपी तिमिल्सिनाको भनाइ छ । रेणुकाले छोरा एटीएमको हत्या गरी आफूले पनि आत्महत्या गरेको शंका गरिएको छ ।

मृतक रेणुकाका श्रीमान र एक नौ वर्षीय छोरा रहेका छन् । रेणुका र एटीएमको आइतबार हिन्दु परम्पराअनुसार सानोभेरी नदीमा दाहसंस्कार गरिएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top