Free songs
Home / फिचर समाचार / ‘कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन’

‘कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन’

बुद्धि पुन

सल्यान  । कर्णाली प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई नभएको बताउनुभएको छ । उहाले विगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउ“दै अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताउनुभयोे ।

आइतवार नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहा“ले यस्तो बताउनुभएको हो । ‘कर्णालीमा गरिबी छ । यहाका जनता गरिब छन् । बेरोजगार पनि धेरै छन्’– उहाले भन्नुभयो– ‘तर विगतमा जसरी कर्णालीको गरिबी बेचेर अब खान पाइदैन ।’

उहाले कर्णाली प्रदेश सरकार सभ्य र विकसित कर्णाली बनाउन अगाडि बढेको बताउनुभयो । ‘कर्णालीमा थुप्रै समस्या  छन् । भौगोलिक विकटता छ । चुनौती पनि त्यतिकै छन् । हामी विभिन्न अवरोधहरुलाई पार लगाउदै विकसित कर्णाली बनाउने अभियानमा जुटेका छौं’– उहाले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री केसीले हरेक क्षेत्रको विकासमा डुब्लिकेशन नहुने गरेर काम गर्ने बताउनुभयो । ‘केन्द्र सरकारले ठूला आयोजनाहरु सञ्चालन गर्छ । प्रदेश सरकारले मझौला योजनाहरु सञ्चालन गर्छ । स्थानीय सरकारले साना योजनाहरु सञ्चालन गर्छन् । हामीले विकास निर्माणका योजनाहरुलाई डुब्लिकेशन हुन दिन्नौं । यस बिषयमा कर्णाली प्रदेश सचेत छ’– उहा“ले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारले हरेक योजनाहरुमा आर्थिक अनियमितता हुन नदिने घोषणा पनि गर्नुभएको छ । बजेटलाई परिणाममुखी तरिकाले खर्च गर्ने उल्लेख गर्दै उहाले हरेक क्षेत्रमा पारदर्शिता कायम गर्ने पनि बताउनुभयो । विकास निर्माणका हरेक कामहरुमा अनियमितता गर्ने जो कोहीलाई पनि कारवाही गर्ने उहाले चेतावनी दिनु भयो ।

नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष प्रगति गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले कर्णालीमा कृषिको सम्भावना धेरै भएकाले कृषिको माध्यमबाट कर्णालीको विकास गरिने बताउनुभयो । उहाले कृषकहरुलाई कृषिमा आकर्षित गर्न प्रदेश सरकारले अनुदानसहितका विभिन्न कार्यक्रम सञ्चालन गरेको पनि बताउनुभयो ।

उहा“ले गरिब किसानहरुको लागि गरिब किसान हातेमालो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट नै बिनियोजन गरेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघका सदस्य सरिता चलाउनेको स्वागत मन्तब्यबाट शुरु भएको सम्मेलनको सहजीकरण कोषाध्यक्ष योगराज बिकले गर्नुभएको थियो ।

यसैबीच किसानहरुलाई किसान परिचयपत्र उपलब्ध गराउन माग गर्दै हेड नेटवर्क सल्यानले मन्त्री केसीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । सल्यानमा हालसम्म दुईजना कृषकले मात्रै बाली बिमा गरेको भन्दै किसानहरुलाई लागतको आधारमा नभएर उत्पादनको आधारमा बाली बिमा गर्ने वातावरण बनाइदिन हेड नेटवर्क सल्यानले माग गरेको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top