Free songs
Home / फिचर समाचार / २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

युगबोध समाचारदाता

घोराही । २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दाङमा पनि मनाइएको छ । पृथ्वीनारायण शाह स्मृति जयन्ती प्रतिष्ठान दाङको आयोजनामा कार्यक्रम भएको थियो ।

जयन्ती तथा एकता दिवसका अवसरमा प्रतिष्ठानले घोराहीमा ¥यालीसहित बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि ¥याली घोराहीको तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नमबहादुर पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य कान्तबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको कोणसभामा सहभागीहरुले खण्ड–खण्ड परेको मुलुकलाई एउटै मालामा गास्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राज्यले पहिचान गर्न नसकेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य पौडेलले मुलुक रचियता एवं निर्मातामाथि राज्यले बिभेद गरेको आरोप लगाउनुभयो । उहा“ले भन्नुभयो– ‘वर्तमान सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा कटौती गर्दै उनीमाथि अन्याय गरेको छ । सरकारले चा“डो भन्दा चा“डो सच्याउनुपर्दछ । ’

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार डा. भोलानाथ योगीले पृथ्वीनारायण शाह मुलुक अखण्ड नेपाल निर्माणका एक मात्र महानपात्र रहेकाले यस्ता गौरवशाली र ऐतिहासिक व्यक्तिको पहिचान राज्यले जोगाउन सक्नुपर्ने बताउनुभयो । खण्ड–खण्डमा विभाजन भएको मुलुकलाई एक गर्दै सिंगो मुलुक निर्माण गरेका व्यक्तिलाई राज्यले पनि सम्मान गर्नुपर्ने उहाले बताउनुभयो । मुलुक एक गरी एकताको सन्देश दिएका व्यक्तिलाई बिर्सदै मुलुक विभाजनको खेल चलिरहेको उहा“को टिप्पणी थियो ।

कार्यक्रममा प्रतिष्ठानका लुमाकान्त दाहाल, राम गोपाल देउजा, अजमदअलि सिद्दिकी त्रिभुवन थापा, कुलबहादुर घर्ती, समिर ओली, उमाकान्त भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य यमानन्द जिसीले गर्नुभएको थियो ।

ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका–१८ ले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा विरतण गरेको छ । जयन्ती तथा एकता दिवसको अवसरमा वडा कार्यालयले ८० वर्षमाथिका दलित ज्येष्ठ नागरिक र ८४ वर्ष माथिका गैरदलित ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष नेबबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले राज्यले ज्येष्ठ नागरिकहरुलाई सम्मान र आवश्यक सेवा सुविधा पु¥याउदै आइरहेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उप–महानगरपालिकाका उपप्रमुख माया आचार्यले ज्येष्ठ नागरिकहरुलाई परिवारभित्रैबाट माया, ममता, स्नेह दिनसक्नुपर्ने बताउनुभयो । कतिपय ज्येष्ठ नागरिकहरु घरपरिवारकै कारण बृद्धाश्रममा पुग्नु परेकाले प्रत्येक परिवारले यो कुरालाई सोच्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उहा“ले स्थानीय तहले ज्येष्ठ नागरिकहरुको सम्मान, सुरक्षा र अधिकारमा कटिबद्ध भएको बताउनुभयो । कार्यक्रममा युवा संघ नेपाल प्रदेश नं. ५ का प्रमुख मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु अमर नेपाली माइकल, जानका रेग्मी, युवा नेताहरु बालाराम पौडेल र मंगल चौधरीलगायतले आफ्ना धारणाहरु राख्नुभएको थियो । पुरुष ५० र महिला २० गरी ७० जनालाई न्यानो कपडा वितरण गरिएको थियो । कपडा वितरणस“गै स्वास्थ्य परिक्षणसमेत गरिएको थियो । वडा सदस्य शीतल बुढाको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कपिल लामिछानेले गर्नुभएको थियो ।

यसैबीच शाही युवा शक्ति नेपालको आयोजनामा बेलझुण्डीमा पृथ्वी जयन्ती मनाइएको छ । जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिएको थियो । शाही युवा शक्ति नेपालका प्रदेश प्रमुख अनिल विष्टको अगुवाइमा कार्यक्रम भएको थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top