Free songs
Home / समाचार / संक्षिप्त समाचार / शुभकामना आदान–प्रदान तथा रक्तदान

शुभकामना आदान–प्रदान तथा रक्तदान

घोराही (युस)– भिएन कलेज घोराहीले माघी पर्वको अवसरमा शुक्रवार शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थी प्राध्यापक समन्वय समितिका अध्यक्ष बबिता पाण्डेको अध्य क्षता तथा क्याम्पस प्रमुख शरदकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले सबै धर्म–संस्कृतिको समान विकास र प्रवद्र्धनमा ध्यानदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक बसन्त खनाल, मोहन कुमार अधिकारी, टीका बस्नेत, विद्यार्थी निकेश पुरी, भागवता नेपाली, सुनिल चौधरी, विकल्प अधिकारी र विनोद नेपालीलगायतले बोल्नुभएको थियो । सो अवसरमा रचना वाचन पनि गरिएको थियो । कार्यक्रमको सहजीकरण लोकेन्द्र रिजालले गर्नुभएको थियो ।

माघी पर्वका अवसरमा कलेजले रक्तदान समेत गरेको छ । जसमा भागवता नेपाली, सुनिल चौधरी, विकल्प अधिकारी, युवा थापा मगर, टेककुमारी डा“गी, सुषमा पुन, सावित्रा घर्ती र पत्रकार नवीन अभिलाषीले रक्तदान गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top