Free songs
Home / फिचर समाचार / विवेकशील साझा पार्टी विभाजित

विवेकशील साझा पार्टी विभाजित

युगबोध समाचारदाता

काठमाडौं  । विवेकशील साझा पार्टी फुटेको छ । एकता भएको सत्र महिनापछि सो पार्टीमा औपचारिक विभाजन आएको हो ।

यो पार्टीमा रवीन्द्र मिश्र र उज्ज्वल थापा दुई जना संयोजक थिए । त्यसमध्ये संयोजक उज्ज्वल थापा पक्षले नया दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रवार निवेदन दिएको छ । नया दल दर्ताका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुपर्ने प्रावधान छ । थापा पक्षले ४२ प्रतिशत सदस्यको हस्ताक्षरसहित निवेदन दिएको छ ।

संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् । विवेकशीलका नेता पुकार बमले आफूहरु नया“ पार्टी दर्ताको लागि कानुनी प्रक्रियामा गएको बताउनुभयो । थापा समूहमा रञ्जु न्यौपाने (दर्शना), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्दनारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरीलगायत रहेका छन् ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरणको घोषणा भएको थियो । एकता घोषणा हु“दै गर्दा मिश्रले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरेका थिए ।

‘विगत १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठूलो भिन्नता रहेको प्रष्टै देखियो । मूल्यमान्यतामा आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी विकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो । अतः अहिलेकै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामूलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृत्तिले प्रश्रय पाउने भयो’– थापा समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सुसंस्कृत र सहभागितामूलक राजनीतिलाई केन्द्रबिन्दु बनाएर अघि नबढ्दा राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुषारापात हुने भन्दै विज्ञप्तिमा मिश्रले परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्न थालेपछि विकल्प खोजेको उल्लेख छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top