Free songs
Home / फिचर समाचार / माघीको उपहार साइकल

माघीको उपहार साइकल

दशरथ घिमिरे

देउखुरी । माघी आउन केही दिन मात्रै बाकी छ । यही महिनामा काम गर्ने कम्लरीको खोजी हुन्थ्यो । तर अहिले कम्लरी खोज्न गाउमा पस्नेहरू भेटिदैनन् । सरकारले कमैया कम्लरी मुक्त घोषणा ग¥यो । कम्लरी राख्नेलाइ कारवाही हुन्छ । कम्लरी बस्दा धेरैले पढ्न पाएनन् । तर अहिले कम्लरी, कमैया जीवनबाट मुक्त भएका पूर्वकम्लरी, कमैयाका छोराछोरी विद्यालयमा जान थालेका छन् ।

आफूले पढ्न नपाए पनि जेनतेन छोराछोरी पढाइरहेका आमा बुवालाई भविष्यमा ठूलो व्यक्ति बनेको हेर्न मन छ । रेणु नेपालीले कक्षा पा“चसम्म पढ्नुभएको छ । अरुको घरमा काम गर्न बसेकी उहाले राम्रोसग पढ्न पाउनुभएन । तर उहाकी छोरी स्नेहा अहिले कक्षा सातमा पढ्नुहुन्छ । ‘विद्यालय टाढा छ । हिडेर जानु पर्दा कक्षा छुटिरहेको हुन्छ’– उहाले भन्नुभयो– ‘अब साइकलमा विद्यालय जान सकिने भयो । छोरीलाइ सजिलो हुने भयो ।’

जुनु चौधरी जनता माध्यमिक विद्यालय गढवामा कक्षा सातमा पढ्नुहुन्छ । उहाका साथीहरु साइकल चढेर विद्यालय जान्छन् । बहिनी सम्झना र उहँ हिडेर विद्यालय जाने आउने गर्नुहुन्छ । साइकल चढेर विद्यालय जाने रहर भए पनि त्यो रहर पूरा हुन सकेको थिएन । तर शुक्रवार जुनु र सम्झनाको रहर पूरा भयो । सम्झनाले साइकल उपहार पाउनु भयो । ‘बहिनी र म अब स्कूल जा“दा साइकल चढेर जान्छौं’– उहा“ले भन्नुभयो– ‘अब कक्षा छुट्दैन ।’

सीताकुमारी यादव र उहाका बुवा शोभाराम यादव बिहानै बाकी आइपुग्नुभयो । सीताको साइकलमा स्कूल जाने सपना पूरा हुदै थियो । साइकल उपहार पाउने खुशीमा भात नखाई दुई घण्टा टाढा आइपुग्नुभएको हो उहाहरु । ‘भैंसी छ । अधिया बटैया गरेर बेटी पढाइरहेको छु’–यादवले भन्नुभयो– ‘दुई छोरी छन् । उनीहरुलाइ पढाउने मात्रै ध्यान जान्छ ।’

क्रियटिङ्ग पोसिविलिटिज नेपालले देउखुरीका पूर्वकमैया, कम्लरी, गरिब, बिपन्नका छोराछोरीलाई साइकल उपहार प्रदान गरेको छ । माघी पर्वको उपलक्ष्यमा यस वर्ष ७० जना स्कूले विद्यार्थीलाई साइकल उपहार दिइएको क्रियटिङ्ग पोसिविलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले बताउनुभयो ।

सन् २०१२ देखि विद्यालयमा भर्ना भएका मुक्त कम्लरी बालिकालाई साइकल प्रदान गर्न थालिएको हो । अहिलेसम्म चार सय ४९ जनालाई साइकल उपहारमा दिइएको छ । क्रियटिङ्ग पोसिविलिटिज नेपालका अध्यक्ष किरण मानन्धरको अध्यक्षता एवं गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साइकल उपहार प्रदान गरिएको हो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top