Free songs
Home / फिचर समाचार / नगरको केन्द्रमै भरपर्दो सञ्चार सेवा भएन

नगरको केन्द्रमै भरपर्दो सञ्चार सेवा भएन

दुर्गा वि.सी.

सल्यान । बनगाड कुपिण्डे नगरपालिकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नह“ुदा नागरिकले दुःख पाएका छन् । नगरको प्रमुख केन्द्र सल्लीबजारमा गतिलो फोन सेवा नभएको स्थानीयको गुनासो छ । सडकमा बाहेक घरभित्र पसेपछि फोनले राम्रो काम नगर्दा यहा“का नागरिक प्रत्यक्ष मारमा परेका छन् ।

सामान्यतया ल्याण्डलाइन सेवा र प्राइभेट कम्पनी एनसेलबाहेक नेपाल टेलिकमका स्काई तथा नमस्तेको भरपर्दो नेटवर्क नह“ुदा निकै समस्या भएको रिस्ता कम्युनिकेशन कर्नरका प्रोप्राइटर लालमणि विष्टले बताउनुभयो । ल्याण्डलाइन सेवा सबै ठाउ र क्षेत्रमा विस्तार गर्न झन्झटिलो हुने भएको र नेपाल टेलिकमको टावर नहुदा यहा फोनको समस्या रहेको उहाले बताउनुभयो । नगरको मुख्य केन्द्रमै सञ्चार सेवा गतिलो नभएपछि दुर्गम क्षेत्रका वासिन्दाले झन सञ्चारको प्रत्याभूति गर्ने कुरै भएन । फोनसगै ल्याण्डलाइन सेवाको इन्टरनेट सेवा समेत भरपर्दो नरहेको विष्टको दुखेसो छ । केही इन्टरनेटसम्बन्धी काम गर्नु परे घण्टांै लोडिङ्ग भइरहन्छ र कामै नहुने समस्या छ । अरु विकल्प केही नभएपछि चर्को शुल्कको प्राइभेट एनसेलको भरबाहेक अरु विकल्प केही नभएको नागरिकको गुनासो छ । बनगाड कुपिण्डेको वडा नं. ५ अन्तर्गत राउचे लाटुगैरेमा निर्माण सम्पन्न भइसकेको नेपाल टेलिकमको टावरको क्षमता भार कम भएकोले साविक मूलखोलाकै सबै भूभागमा तथा क्षेत्रका स्थानीयले भरपर्दो सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

सिम्ता सुर्खेतको काप्रिचौर, गुमिचुला र बनगाड कुपिण्डेको तारुपरे लेकमा रहेका नेपाल टेलिकमका टावरले तल वेसीतिरका वस्तीहरुमा कत्ति पनि काम नगरेको नागरिकको गुनासो छ । उक्त टावरले वर्षेनि भरपर्दो सञ्चार सुविधा नदिएको सिम्ता गाउपालिका र बनगाड कुपिण्डे नगरका स्थानीयको भनाइ छ । बनगाडको केही स्थानीय बजार र वडाहरु अहिले पनि पूर्णरुपमा सञ्चार सेवाविहीन अवस्थामा छन् ।

बनगाड कुपिण्डेको वडा १, २, ३ ४, ५, ८, १०, ११ र १२ का केही वस्तीलगायत स्थानीय बजारहरुमा उक्त समस्या रहेको छ । तर नगर प्रमुख गोविन्दकुमार पुनले दिएको जानकारी अनुसार नगरको केन्द्र देवस्थल र सल्लीबजार आसपासको क्षेत्रको लागि देवस्थलको राताडा“डामा नेपाल टेलिकमको टावर निर्माणका लागि छिट्टै काम सञ्चालन हुने भएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top