Free songs
Home / फिचर समाचार / दाङमा विकास अगाडि बढ्छ : सांसद केसी

दाङमा विकास अगाडि बढ्छ : सांसद केसी

युगबोध समाचारदाता

तुलसीपुर । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पश्चिम दाङलाई विकासको दृष्टिकोणले नमूना बनाएर लैजाने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१० नयागाउमा भएको माघी मिलन तथा वृहत् सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कम्युनिष्ट पार्टीको सरकार आएको जनतालाई महसुस हुने गरी काम गरेर देखाउने बताउनुभयो । निर्वाचनको समयमा जनता सामु गरेका बाचा पूरा गरेमा पश्चिम दाङ शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चारले निकै अगाडि फड्को मार्ने केसीले बताउनुभयो ।

‘निर्वाचनको समयमा जनतासामु गरेका बाचा हामीले भुलेका छैनौं’– सांसद केसीले भन्नुभयो– ‘गाउ“–गाउ“मा गएर जुन कुरा गर्छौं भनेर बोलेका छौं त्यो पूरा गर्छौं । त्यसका लागि समय लाग्छ । नआत्तिनुहोला ।’ केसीले सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्न लागिपर्ने बताउनुभयो ।

उहा“ले सांकृतिक विविधताले नै नेपाललाई एकताको मालामा गा“सेको बताउनुभयो । थारु जातिको कला र संस्कृतिले नेपालमा छुट्टै पहिचान गराएको भन्दै उहा“ले यसको संरक्षणमा राज्य सधै जुट्ने बताउनुभयो । विगतमा आफ्ना सन्तानलाई जमिनदारको घरमा दासको रुपमा राख्न बाध्य थारु समुदाय आज सचेत र शिक्षित भएकाले दासप्रथाको अन्त्य भएको दाबी गर्नुभयो । कार्यक्रममा थारु भेषभूषा झल्किने नृत्य प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकार तथा मोडेल एचआर मगर लगायतका कलाकारको टोलीले गीत तथा नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

संयुक्त चौधरी टोलका अध्यक्ष माघु चौधरीको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता रामजी चौधरी, प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, पूर्वसांसद शारदा स्वर्णकार, युवा संघ ५ नं. प्रदेशका प्रमुख मनोहर बुढाथोकी, तुलसीपुर उपमहागनरपालिकाका उपप्रमुख माया आचार्य, नेकपाका नेता शेषुराम भण्डारी, टेकबहादुर केसी, केदार आचार्य, १० नम्बर वडा सदस्य शेरबहादुर खड्का, रामकुमार चौधरीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन युवा संघका जिल्ला सदस्य सन्तोष ओलीले गर्नुभएको थियो । कार्यक्रम संयुक्त चौधरी टोल तथा नया“ गाउ“को संयुक्त आयोजनामा भएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top