Free songs
Home / फिचर समाचार / जाँच नभई आउँछ भारतबाट दूध

जाँच नभई आउँछ भारतबाट दूध

कुमार श्रेष्ठ

बाके। भारतबाट नेपालगञ्जमा दिनमा कति लिटर दूध आउछ र त्यो दूध कत्तिको गुणस्तरीय होला ? यो प्रश्नको जवाफ कोहीसग छैन ।

भारतबाट आउने दूधको गुणस्तर जाच्न नाकामा क्वारेन्टाइन कार्यालय राखिएको छ । कार्यालयसग दूधको गुणस्तरीयता जाच्ने उपकरण नहु“दा भारतबाट मनोमानी तरीकाले दूध भित्रिरहेको हो । क्वारेन्टाइन नेपालगञ्जका प्रमुख डा. शितलबाबु श्रेष्ठले भारतबाट जाच नभई दूध भित्रिरहेको बताउनुभयो । ‘दूधको गुणस्तरीयता जाच्न हामीलाई मिल्क एनालाइजर चाहिन्छ ।

त्यो हामीसग छैन’– क्वारेन्टाइन प्रमुख श्रेष्ठले भन्नुभयो– ‘हामीसग ल्याक्टोमिटर छ । त्यो पनि भरपर्दो छैन ।’ क्वारेन्टाइन प्रमुख श्रेष्ठका अनुसार, अहिले भारतबाट भित्रिने दूध बिनाजा“च घर–घरमा पुग्ने गरेको छ । कार्यालयस“ग दूध जा“च्ने उपकरण नभएकाले व्यवसायीले पनि त्यहा“ सम्पर्क नगरेर सोझै घर–घरमा दूध पु¥याइरहेका छन् ।

भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको भन्दै बेला–बेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाचेर मात्रै भिœयाउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।क्वारेन्टाइन कार्यालयका अनुसार, नेपालगञ्ज नाकाबाट दैनिक एक हजार तीन सय लिटर दूध भारतबाट भित्रिरहेको छ । भारतबाट भित्रिने दूध बजारका घर–घरमा पुग्नुका साथै रावडी, दही बनाउन प्रयोग भइरहेको छ । भारतबाट भित्रिने गुणस्तरहीन दूधबाट बनेका परिकार खान कत्तिको उपयुक्त होला? खाद्य अधिकार र उपभोक्ता हितका कुरा गर्नेहरुले बुझ्न सकेका छैनन् ।

नेपाली दूध व्यवसायीहरुले भारतबाट भित्रिने दूध गुणस्तरहीन हुने गरेको दाबी गर्छन् । मनिकापुरका आज्ञाराम महतो र होलियाका विश्राम यादवले भारतबाट भित्रिने दूधलाई राम्ररी जा“च गरेर मात्रै भित्रिन दिनुपर्ने बताउनुभयो । उहाहरुले जथाभावी रुपमा भित्रिने भारतीय दूध बन्द गर्नुपर्ने बताउनुभयो ।महतो मनिकापुरबाट दैनिक ४० लिटर दूध बोकेर नेपालगञ्ज आउनुहुन्छ । घर–घरमा ठेक्कामा दूध बेचेर फर्किनुहुन्छ । होलियाका यादव पनि दैनिक ६० लिटर दूध बोकेर नेपालगञ्ज आउनुहुन्छ । र, घर–घरमा दिएर जानुहुन्छ । महतोले सातवटा र विश्रामले चारवटा भैंसी पाल्नुभएको छ । महतो र यादवले आफूहरुले ल्याउने दूध गुणस्तरीय हुने दाबी गर्नुभयो ।

सीमावर्ती जिल्ला भएकाले बा“केमा भारतबाट दूध भित्रिने गर्दछ । राप्तीपारिका केही गाउ“बाट नेपाली दूधसमेत भारततिर जाने गर्दछ । सीमावर्ती जिल्ला भएकाले उताको यता र यताको उता दूध जानु स्वाभाविकै भए पनि जा“च गरेर भित्रिन दिनुपर्ने आवाज उठ्दै आएको छ । मानिसको स्वास्थ्यस“ग प्रत्यक्ष जोडिएको दूधको गुणस्तर जाच नभई भित्रिन दिनु र क्वारेन्टाइन कार्यालय भएर पनि दूधको गुणस्तरीय जा“च गर्ने उपकरण नहुनु लाजमर्दो भएको सम्बद्धहरु बताउछन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top