Free songs
Home / समाचार / संक्षिप्त समाचार / जग्गा विवादले पुलको काम अलपत्र

जग्गा विवादले पुलको काम अलपत्र

सल्लीबजार (युस)– सल्ली–चौरजहारी सडक खण्डको नाथेखोलामा निर्माणधीन पक्की पुलको काम पुनः रोकिएको छ ।

जग्गाको मुआव्जा विवादले पुलको काम बेला–बेलामा रोेकिदा समयमा काम सम्पन नहुने अवस्था सिर्जना भएको ठेकेदार हरिबहादुर रावतले बताउनु भयो । पुल सम्पन्न हुने समयावधि सकिएको छ । निर्माण कम्पनी र ठेकेदारबीच दुईपटक पुनः म्याद थप्ने काम भएको छ । जग्गाधनी लक्ष्मी कामीले खोलामा पुल निर्माणले आफ्नो खेतीयोग्य जमिनमा क्षति पु¥याएको भन्दै क्षतिपूर्ति माग गर्दै समय– समयमा पुलको काममा अवरोध गर्दा पुल निर्माण कार्यमा ढिलाइ भएको छ ।

दुई वर्षअघि हरिहरि गजुरमुखी र सडक डिभिजन कार्यालय दाङबीच २०७४ पुस मसान्त भित्र काम सक्ने गरी चार करोड ७५ लाखमा ४० मिटर लम्बाईको पुलको काम गर्ने गरी सम्झौता भएको थियो । तर मुआव्जा विवाद देखाउदै ठेकेदारको समेत ढिलासुस्तीले समयमा पुल नबनेको स्थानीय बताउ“छन् । मुआव्जा विवादले पुल समयमा नबन्दा वर्षायाममा सल्ली चौरजहारी सडक बन्द हुने गरेको छ । विवाद नसल्टिदा ठेकेदारले पुलमा काम गर्ने ज्यामी फिर्ता लगेको छ ।

ढलानको अन्तिम तयारीमा रहेको पुलको काम अलपत्र परेको छ । सम्बन्धित निकायले ध्यान नदिदा बनगाडखोलामा समयमा पुल नबन्दा आवतजावतमा समस्या हुने गरेको छ । अहिले पनि विवाद सुल्झाउन सम्बन्धित निकायले सहयोग नगरेको निर्माण कम्पनीको आरोप छ । तर स्थानीय वासीहरु भने जति सक्यो जा“डो पुलको काम अघि वढाउन माग गरेका छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top