Free songs
Home / फिचर समाचार / आठौं राष्ट्रिय खेलकूदमा संसदीय चासो

आठौं राष्ट्रिय खेलकूदमा संसदीय चासो

युगबोध समाचारदाता

बाके । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बारेमा संसदीय टोलीले समेत चासो देखाएको छ । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता समयमा हुन्छ कि हुदैन भन्ने सर्वत्र चासो भइरहेको बेला शुक्रवार संसदीय टोलीले नेपालगञ्ज आएर त्यसबारेमा बुझ्ने काम गरेको हो ।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद संसदीय समितिका सभापति जयपुरी घर्ती र युवा तथा खेलकूद संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठको टोलीले नेपालगञ्जलगायत आठौं राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका पूर्वाधारहरुको स्थलगत अवलोकन गरेको छ । संसदीय टोलीमा सुरेश राई, गजेन्द्र महत, रेखाकुमारी झा रहनुभएको छ ।

संसदीय टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले आठौं लक्षित पूर्वाधार र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
सदस्य सचिव विष्टले फागुन अन्तिममा आठौं राष्ट्रिय प्रतियोगिता शुरु हुने बताउनुभयो । एकथरी खेलकूद अधिकारीहरु आठौंलाई अलिकति पछाडि धकेल्न लागिपरेको चर्चा भइरहेको बेला सदस्य सचिव विष्टले रातदिन लागेर भए पनि फागुनमै आठौं राष्ट्रिय प्रतियोगिता गराउने बताउनुभयो ।

आठौंको उद्घाटन स्थल नेपालगञ्ज रंगशाला हो । यही रंगशालाको निर्माणमा ढिलाइ भएको छ । सदस्य सचिव विष्टले नेपालगञ्ज रंगशाला र दाङको बेलझुण्डी रंगशालाबाहेक अन्यत्रको काम ८० प्रतिशत सकिएको बताउनुभयो । ‘यी दुई ठाउ“को काम तीब्रगतिमा भइरहेका छन्’– सदस्य सचिव विष्टले भन्नुभयो– ‘फागुन १५ गतेभित्र सबै पूर्वाधारको काम सकिन्छ ।’

संसदीय टोलीले पनि नेपालगञ्ज रंगशालालगायत पूर्वाधार निर्माणको काम समयमा सकिन्छ त? भन्ने जिज्ञासा राखेको थियो । सदस्य सचिव विष्टले एक अर्ब बढीको पूर्वाधारको काम भइरहेको र त्यो समयमा सम्पन्न गरेर फागुन अन्तिममा आठांै सञ्चालन गर्ने आश्वासन
दिनुभएको छ ।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद संसदीय समितिका सभापति जयपुरी घर्तीले आठांैमा भौतिक पूर्वाधार निर्माणमा कमी हुन नदिने र समयमा आठौं गर्नका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

५ नम्बर प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार, संसदीय टोलीले यस क्षेत्रमा निर्माण भइरहेका पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेको छ । आठांैका बारेमा पछिल्लो समयमा विभिन्न प्रकारका समाचारहरु आएपछि विशेष चासो देखाएर टोली स्थलगत निरीक्षणमा आएको हो ।

यसैबीच, पा“च नम्बर प्रदेश खेलकूद विकास समितिले एलथेटिक्सका बारेमा शुक्रवारदेखि आधारभूत तालिम सञ्चालन गरेको छ । समितिले आठौंलाई लक्षित गरेर मेडल ल्याउने सम्भावित खेलाडीहरुलाई एकै ठाउ“मा राखेर विशेष तालिम दिने तयारी गरेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top