Free songs
Home / फिचर समाचार / संस्कृति जोगाउन नयाँ पुस्तामा उत्साह

संस्कृति जोगाउन नयाँ पुस्तामा उत्साह

 

आभास बुढाथोकी

घोराही । घोराही–१६ की १६ वर्षीया रचना चौधरीलाई आफ्नो जातिको पोशाकमा सजिन निकै रहर लाग्छ । चाडपर्व र सांस्कृतिक कार्यक्रमहरुमा भ्याएसम्म थारु संस्कतिका नाच देखाउन पछि पर्दिनन्, कुदिहाल्छिन् । भन्छिन्– ‘हाम्रो जातिको कला संस्कृति हाम्रो पहिचान हो ।’

घोराही–१६ मुक्त कमैया वस्तीकी १६ वर्षीया शर्मिला चौधरी पनि आफ्नो कला संस्कृतिबारे सिक्न पाउदा उत्साहित हुन्छिन् । माघी जस्ता चाडपर्वमा गाइने थारु गीत र थारु नृत्यमा सहभागी ह“ुदा फुरुङ्ग हुन्छिन् । पाएसम्म आफ्ै नाच्न गाउन अगाडि सरिहाल्छिन् । ‘फुपुबाट आफ्नो कला, संस्कृतिबारे बुझ्ने र सक्निे मौका पाए’– उनी भन्छिन्– ‘गाउघरमा नाचेको हेर्दाहेर्दै रहर लाग्यो ।’ अहिले भने उनले थारु नृत्य मघौटा र पुरानो नाच झुम्रा नाच्न सिकिसकेकी छन् । ‘संस्कृति जोगाउनुपर्छ भनेर मसगै उमेरका धेरैले आफ्नो संस्कृतिका नाचगान सिक्न जोड दिएका छौं’– उनी भन्छिन् ।

१७ वर्षीया पूजा चौधरीलाई पनि आफ्नो जातिको कला संस्कृतिप्रति धेरै लगाव छ । थारु जातिको महिला पोशाकमा सजिन पाउ“दा उनलाई लाज होइन गर्व लाग्छ ।  भन्छिन्– ‘आफ्नो भेषभूषा लगाउदा के को लाज ? बरु आफ्नो समुदायबाट यस्ता कुरा जान्ने र सिक्ने मौका पाउदा निकै खुशी लाग्छ ।’

गाउमा उनीमात्रै हैन, उनकै उमेर समूहका थुप्रै नया पुस्ता आफ्नो कलासंस्कृति सिक्न लालायित छन् यतिबेला । मुक्त कमैया वस्तीकै थारु महिला सन्तुली चौधरी समुदायमा नया पुस्तालाई कला संस्कृतिबारे सिकाउन जोड दिएको बताउछिन् ।

‘आफ्ना सन्तानलाई हाम्रो थारु लोक संस्कृतिबारे बुझाउन र सिकाउन जरुरी छ’– उनी भन्छिन्– ‘नया पिढीलाई यी कुरा सिकाउन सकिएन भने भोलि हाम्रो मौलिक कला, संस्कृति र भेषभूषा हराउदै जान्छ ।’ चाड पर्व र सांस्कृतिक कार्यक्रमको अवसरमा नया पुस्तालाई नै जोड दिएर थारु नाच र गीतहरु सिकाउने गरिएको उनी बताउछिन् । नया पुस्ता पनि आफ्नो कला संस्कृतिबारे बुझन् र सिक्न उत्साहित देखिएको उनी सुनाउछिन् ।

तराईमा बाक्लो बसोवास रहेको थारु समुदायको आफ्नै मौलिक कला, संस्कृति र भेषभूषा छ । समयक्रमस“गै थारु जातिको कला संस्कृति पनि नया“ पुस्तामा पुस्तान्तरण हुदै यहासम्म आइपुगेको छ । आधुनिकतामा रमाउने पछिल्लो पुस्ता पनि अहिले आफ्नो जातिका कला संस्कृति बुझ्न र जोगाउन निकै उत्सुक देखिन्छ ।

थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले थारु जातिको मौलिक कला, संस्कृति र भेषभूषा संरक्षण र प्रवद्र्धन गर्न पुस्तान्तरणमा जोड दिनुपर्ने बताउ‘छन् । ‘थारु जातिको कला संस्कृति अहिले कोठाभित्र बन्द जस्तै छ । यसबारे पर्याप्त मात्रामा बुझाउन र प्रसारप्रसार गर्न सकिएको छैन’– उनी भन्छन्– ‘नया पुस्तालाई थारु जातिको कला संस्कृतिबारे बुझाउन र सिकाउन आवश्यक छ ।’ थारु जातिको मौलिक कला संस्कृति देशकै पनि सम्पत्ति भएकाले राज्यस्तरबाट नै यसकोसंरक्षण र प्रवद्र्धनका लागि नीति बनाइनुपर्ने उनी बताउ“छन् । त्यसस“गै वडा, समुदाय र नगरस्तरबाट यस्ता कला संस्कृतिबारे जागरण फैलाउन जोड दिनुपर्ने उनले सुनाए ।

थारु नृत्य प्रतियोगिता
नजिकिदै गरेको थारु जातिको महान चाड माघीको अवसरमा घोराही उपमहानगरपालिका–१६ ले टोलस्तरीय थारु नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । टोलस्तरीय थारु नृत्य प्रतियोगितामा वडा नं. १६ का १२ टोलका थारु समूहले माघी नृत्य प्रस्तुत गरेका थिए । सहभागी प्रतियोगी समूहले थारु नृत्य ‘मघौटा’ प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा पृथ्वी चौधरी, शान्ता चौधरी र टेमन बुढा रहनुभएको थियो ।

घोराही–१६ का कावा अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपमयेर सीता न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडासचिव नारायणप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण लोक तथा दोहोरी गायक गजेन्द्र बहकरीले गर्नुभएको थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top