Free songs
Home / फिचर समाचार / ‘विद्यालय बनाउने जिम्मेवारी अभिभावककै’

‘विद्यालय बनाउने जिम्मेवारी अभिभावककै’

युगबोध समाचारदाता

घोराही । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रत्येक विद्यालयहरुलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावकहरुको नै रहने बताउनुभएको छ । शान्तिसुधा आवासीय माध्यमिक विद्यालय घोराहीको २५ औं अभिभावक दिवस तथा रजत जयन्तीका अवसरमा बुधवार भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले यस्तो बताउनुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले पाठशाला कस्तो बनाउने भन्ने दायित्व अभिभावकमा रहनुपर्ने बताउनुभयो । जसले विद्यालयको विकास र संरक्षणमा मद्दत पुग्ने उहाको भनाइ थियो । मुलुकको शैक्षिक विकासमा सामुदायिक विद्यालयसगै संस्थागत विद्यालयहरुले पनि हातेमालो गर्दै अघि बढिरहेकालेसमुदायले पनि संस्थागत विद्यालयहरुको विकासका लागि ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाले शिक्षित समाज निर्माणका लागि टेवा पु¥याउदै आइरहेको बताउनुभयो । उहाले भन्नुभयो– ‘विद्यालय बनाउन शिक्षक र विद्यार्थी मात्रैले पुग्दैन । त्यहा अभिभावक पनि चाहिन्छ ।’

शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहकार्यले नै गुणस्तरीय शिक्षाको विकास गर्न सकिने उहाले बताउनुभयो । संस्थागत विद्यालयहरुमा घोकन्ते शिक्षा र विद्या भन्ने बुझाइ, र आरोपलाई न्यूनीकरण गर्दै लैजानुपर्ने उहाको भनाइ थियो ।

प्याब्सन दाङका उपाध्यक्ष निर्मल न्यौपानेले संस्थागत विद्यालयहरुले बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुका साथै प्रविधिमैत्री शिक्षा विकासका साथै व्यवहारिक र नैतिक शिक्षामा अभ्यस्त बनाउदै आइरहेको बताउनुभयो । तर राज्यले निजी विद्यालयहरु गर्ने र हेर्ने दृष्टिकोण फरक रहेको उहा“को भनाइ थियो ।

कार्यक्रममा प्याब्सन घोराही नगरका अध्यक्ष वीरेन्द्र चन्द, विद्यालयका प्राचार्य विनयकुमार मिश्र, अभिभावककातर्फबाट भरतमणि पाण्डे, विद्यालयका छात्र अशोक थापा, पूर्वविद्यार्थी समीक्षा मिश्रलगायतले बोल्नुभएको थियो । विद्यालयका शिक्षक दामोदर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक रामबहादुर खड्का र शिक्षिका भुमा केसीले गर्नुभएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो भने पुरस्कार समेत वितरण गरिएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top