Free songs
Home / फिचर समाचार / ‘परिवर्तनको हिस्सेदार हामी हौं’

‘परिवर्तनको हिस्सेदार हामी हौं’

युगबोध समाचारदाता

घोराही। दाङका द्वन्द्वपीडितहरुले पछिल्लो राज्य व्यवस्था परिवर्तनको प्रमुख हिस्सेदार आफूहरु रहेको भन्दै पीडितहरुको समस्यालाई प्राथमिकतामा राख्न सरकारस“ग माग गरेका छन् ।

पीडितहरु आफैले तयार गरेको द्वन्द्वपीडित बडापत्रका विषयमा सरोकारवालाहरुस“ग घोराहीमा छलफल गर्दै उनीहरुले व्यवस्था परिवर्तनका प्रमुख हिस्सेदारहरुलाई राज्यले बेवास्ता गरेकोमा दुखेसो पोखे ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका परिवर्तनका लागि हाम्रा परिवारका सदस्यहरुले रगत बगाए । त्यसैको बलमा यो सव परिवर्तन सम्भव भएको हो’– द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय अध्यक्ष भागिराम चौधरीले भन्नुभयो– ‘तर परिवर्तनका मुख्य हिस्सेदारहरुको समस्या समाधानमा कोही गम्भीर भएन । उहा“ले शान्ति प्रक्रियाका मूलभूत विषयहरु संविधान लेखन, सेना समायोजन, संघीयताको कार्यान्वयन भए पनि द्वन्द्वपीडितहरुलाई न्याय दिने महत्वपूर्ण विषयमा राज्य नै गम्भीर नभएको आरोप लगाउनुभयो ।

शान्ति प्रक्रियाको १२ वर्ष बितिसक्दा समेत पीडितहरुले न्याय पाउने कुनै सकारात्मक संकेत नदेखिएको उहा“को भनाइ थियो । ‘आज शान्ति सम्झौता भएको पनि १२ वर्षभन्दा बढी भयो, पीडितका उजुरी संकलन गर्ने भन्दा अरु काम हुन सकेको

छैन’– चौतारीका केन्द्रीय अध्यक्ष चौधरीले भन्नुभयो– ‘राज्यलाई दबाब दिन द्वन्द्वपीडित बडापत्र तयार गरेका छौं । यसमा आमन्यायप्रेमीहरुको साथ, सहयोग, समर्थन र सुझाव आवश्यक छ ।’ उहाले न्यायका लागि अब द्वन्द्वपीडित परिवारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाले सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिक खोजबिन आयोग गठन गरे पनि पीडितहरुले अहिलेसम्म न्यायको अनुभूति हुने खालको कुनै पनि काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले सा“च्चै पीडितहरुलाई न्याय दिने हो भने राज्यले पीडितहरुकै सहभागिता हुने गरी साझा फोरम निर्माण गर्नुपर्ने र कम्तिमा पीडितहरुले शान्ति प्रक्रियाप्रतिका गतिविधिहरुलाई अपनत्व महसुस गराउनुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै द्वन्द्व विशेषज्ञ टीका ढकालले संसारका अन्य देशको जस्तो कठिन प्रकृतिको समस्या यहा“ नभएको उल्लेख गर्दै नेपालको द्वन्द्व तुलनात्मक हिसाबले सहजै समाधान गर्न सकिने खालको रहेको बताउनुभयो । उहा“ले द्वन्द्वपीडितहरुको समस्याबाट कोही भाग्नै नमिल्ने उल्लेख गर्दै भाग्न, उम्किन नमिल्ने भएकै कारण द्वन्द्वपीडितहरुको समस्या समाधान प्रक्रियालाई लम्ब्याइ राख्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

नेपालमा पनि यस्तोे समस्या आउनसक्ने भन्दै लम्ब्याउने भन्दा टुंग्याउनेतर्फ बेलैमा सबै सजग हुनुपर्नेमा ढकालको जोड थियो । यसैगरी द्वन्द्व विश्लेषक गेजा शर्मा वाग्लेले संक्रमणकालीन न्यायको प्रक्रियालाई सघाउन द्वन्द्वपीडित बडापत्र निर्माण भएको बताउनुभयो । उहा“ले राज्यले यसलाई अवसरका रुपमा लिनुपर्ने भन्दै विलम्व र बेवास्ता गरे पीडितहरुले द्वन्द्वका विषयलाई आफैले अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभयो । बडापत्रले पीडितहरुको समस्या अन्तर्राष्ट्रियकरण गर्ने काम गरेको उहा“को भनाइ थियो । कार्यक्रममा नागरिक समाज दाङका सचिव लक्ष्मी आचार्यले बडापत्रले द्वन्द्वकालीन अवस्थाका यौनजन्य पीडित र घाइतेहरुको उपचारको विषयलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा द्वन्द्वपीडितहरु गीता पौडेल, सीता बस्नेत, राधा शर्मा, नवराज श्रेष्ठ, इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर, मार्क कलेजका प्रबन्धक शंकर डा“गी, मानवअधिकार सञ्जाल दाङका सदस्यहरु चिन्तामणि पौडेल, श्रीमन न्यौपाने, अधिवक्ता गोमा महरा, द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय कोषाध्यक्ष सुशीला चौधरीले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडितहरुको सहभागिता थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top