Free songs
Home / विचार / दश करोड दाइजो चढाउने मुलुकका नेपाली

दश करोड दाइजो चढाउने मुलुकका नेपाली

नारायणप्रसाद शर्मा

यो हप्ता एउटा पुस्तक पढें विमान विद्रोह । विमान विद्रोह लेख्ने पनि उनै दुर्गा सुवेदी । विमान विद्रोहका अभियन्ता पनि उनै दुर्गा सुवेदी । २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था खतम गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरेपछि नेपालका कांग्रेस र कम्युनिष्टलाई जेलमा कोचियो । त्यसै बेलादेखि पञ्चायती व्यवस्थाको विरोध पनि शुरु भइहाल्यो । नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको अगुवाइमा २०१८ सालदेखिको सशस्त्र आन्दोलन शुरु भयो । तिनैताका चीन र भारतबीच सिमानालाई लिएर युद्ध शुरु भयो । अब भारतमा शरण लिएर नेपालमा सशस्त्र लडाइ गर्न सम्भव थिएन । सुवर्ण शमशेरले राजालाई सहयोग गर्ने भन्दै युद्ध समाप्तिको घोषणा गरे ।

आठ वर्ष जेल भोगेर छुटेका विपीले भारत पुगेर अर्को युद्ध घोषणा गरे । युद्धमा त हतियार चाहिन्छ । त्यो हतियार किन्न भनेर विपीस“ग मन्त्रणा गरेर सरकारी पैसा लुट्ने योजना बन्यो । विराटनगरबाट प्लेनमा लग्न लागिएको ३० लाख रकमको सुइ“को पाएर दुर्गा सुवेदीहरुले प्लेन अपहरण गरी उक्त रकम नेपाली कांग्रेसले हात पा¥यो । यसैको रोमाञ्चकारी वर्णन यस पुस्तकको मुख्य विषय छ“दैछ । मलाई भने दश करोड दाइजो र चा“दीको गोडधुवा ताउलोले पनि उत्तिकै चकित पा¥यो । राजनीतिक क्रान्ति, संघर्ष, आन्दोलन जति गरे पनि मान्छेको तुच्छ स्वार्थी बानी नछुटेपछि मुलुकको भविष्य उज्यालो पार्न कठिन पर्ने रहेछ । त्यत्रो कठिन तपस्याबाट आएको लोकतन्त्रमा धावा बोल्ने काम भ्रष्टहरुबाट कसरी हुन्छ भन्ने कुराको प्रमाण जुटाउन यो पुस्तक सफल रहेको छ ।

त्यत्रो कठिन लामो संघर्ष, आन्दोलन र क्रान्तिपछि आएको लोकगणतन्त्रमा पुराना अपराध र कुकृत्यहरु दोहोरिने छैनन् र जनताले मानवीय गरिमासहित बा“च्न पाउनेछन् भनेर आश गर्दागर्दैै कतिपय जनप्रतिनिधिहरुले अझ मन्त्री र सांसद समेतले उही पुरानै भ्रष्ट रोग पालिरहेको देख्दा र भ्रष्टहरुलाई का“ध चढाएको देख्दा दिक्क परेका जनतामा निराशा छाउनु स्वाभाविक जस्तै लाग्छ । सोच्छु घोरिन्छु, राजनीतिक स्खलन किन यतिका बढेको बढ्यै छ ? चरित्रको अधः पतन किन यसरी हु“दैछ ? के राजनीतिमा नैतिकता भन्ने कुरा समाप्त भइसक्यो ? हाम्रा अगुवाहरुले उदात्त चरित्र देखाइदिए कस्तो हुन्थ्यो होला ? यस्तै–यस्तै कल्पनामा इतिहास र वर्तमानले पीडा दिइराखेको हुन्छ ।

लेख्नु, पढ्नु र जान्ने सुन्ने हुनुलाई पुर्खादेखि सबैले महान कार्य भन्दै प्रशंसा गर्दै आएका छन् । राम जस्तो हुनु रावण जस्तो नहुनु भनेर केटाकेटी छ“दा मझेरीमा बसेर उहिलेका बुढापाकाले दिएको शिक्षा अब त लोप हुन थाले पनि हिङ सक्के पनि हिङ बा“धेको टालो भनेर चित्त बुझाउनुपर्ने बेला आइसकेको छ । आजभोलिको भाषामा नकारात्मकताबाट पनि सकारात्मक शिक्षा लिने भन्ने कुरो नौलो हैन । नकारात्मक पात्र रावणबाट सकारात्मक शिक्षा लिने भनेको रावण जस्तो बनेर अर्काकी श्रीमती र स्वत्व अपहरण गर्नुहुन्न भन्ने शिक्षा परम्पराबाट आएकै त छ ।

एक मिडियाकर्मीको नाताले तह पर्दासम्म पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टिभी हेर्ने एवं मोवाइलमार्फत् विश्व चहार्ने काम धेरथोर भइहाल्छ । त्यसमा पनि बुढेसकालले घेर्दै लादा कोठाभित्र मिडिया संसारमा रमाउन बल गर्नुबाहेक दिन कटाउने अर्को उपाय भेट्न गाह्रो पर्दोरहेछ । आजभोलि कतिले पठन संस्कृति हराउन थाल्यो भनेर चिन्ता गरेको पनि सुन्दछु । होला पनि कामको बेफुर्सदीले कतिलाई ज्ञान हासिल गर्न पुस्तक पत्रपत्रिका आदि हेर्न फुर्सद नहुदो हो । अझ जति जान्ने उति बिग्रने भन्दै दिग्दारी पोख्ने मान्छेहरुको संख्या बढ्दै गएको पनि धेरै हदसम्म सा“चो हो जस्तो लाग्छ ।

हाम्रो मुलुक हा“क्नेहरुलाई नपढेको र नजानेको भन्न नमिल्ला । तर तिनैले देशलाई खाल्टोमा खसाल्दै लगेको पनि यिनै आ“खाले देखे । एकताका पञ्चायत जोगाउन जालझेल र षड्यन्त्र बुन्नेहरुमा लोकमानसिंह कार्कीको नाम हाम्रा नेताहरुलाई थाहा थिएन र ? तर तिनैलाई चोख्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राखिदिएर खलनायकमा किन सिंगार्नुप¥यो होला ? हुन त यस्तो अभ्यास २००९ सालको क्रान्तिदेखि नै शुरु हु“दै आएको छ । शहीदहरुलाई ठ्याइ“–ठ्याइ“ गोली हान्ने राणाकालीन प्रधानसेनापति नरशमशेर राणालाई क्रान्तिपछिको सरकारले पनि सोही पदमा पुनः स्थापित गरेको इतिहास छ । यस्ता अपराध हु“दै आएका छन् ।

यसैको बिडो थामेर लोकमानसिंह कार्कीलाई हाम्रा गणतन्त्रवादी नेताहरुले चोख्याए । अपशोच यस्ता चोखिनेहरुको संख्या डरलाग्दो गरी भेटिन्छ । २०४६ सालको जनआन्दोलनपछि दोषीहरुलाई सजाय गर्ने भनेर जनार्दनलाल मल्लिकको अध्यक्षतामा आयोग बनेको थियो । यसैगरी २०६२÷६३ को जनआन्दोलनपछि कृष्णजंग रायमाझी आयोग गठन भयो । अपराधीहरुको लामै लिस्ट बन्यो । तर त्यस्ता अनेकन अपराधीहरुमाथि कुनै कारवाही भएन । उल्टै चोखिए । अझै तिनीहरु नै प्रधानमन्त्री, मन्त्री, सांसद र ठूला–ठूला पद ओगटेर बसे । तिनीहरुमध्येकै हुन् जसले आफ्नो मुद्दा जिताउन दश करोडको घूस दाइजोको नाममा प्रधानन्यायाधीशको ढोकामा पु¥याए ।

दश करोडको दाइजो एउटा नमूनाको काण्ड मात्र हो । त्यो रकम र चा“दीको गोडा धुने ताउलोलाई थुकेर मिल्काइ दिने हिम्मत राख्ने तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र दुर्गा सुवेदीजस्ता चोखो चरित्रका मान्छे नेपालमै छन् । तिनको खोजी भएको छैन । त्यस्तालाई अवसर दिइएको छैन । लोकतन्त्र आए पनि निष्कलंक (बेदाग) मान्छेका दिन आएका छैनन् ।

नेपालीहरुको बिर्सने बानी पुरानै रोग हो जस्तो लाग्छ । नेपालको राजनीतिक क्रान्ति सधै सम्झौताबाट टुंगेको छ । सम्झौता भनेको लिनु दिनु त हो । खुब लड्यो खुब मच्चियो । सम्झौता ग¥यो थेच्चियो । लाभ हानीको लेखाजोखा भएकै छ । अफर हु“दै जाला । यसबाट सबभन्दा ठूलो हानी देशका सामान्य जनतालाई हु“दोरहेछ । यसबाट सबभन्दा बढी लाभ उनै पुरानै शासनयन्त्रमा बस्नेहरुलाई हु“दोरहेछ । आजको कर्मचारीतन्त्र त्यसैको अबैध सन्तान आजको नेतातन्त्र पनि त्यसैको जारजपुत्र जस्तो लाग्नु घोर बिडम्बना हो । हुन त त्यस्ता अपराधीहरुलाई दण्ड सजाय गर्ने भनेर जनताको मन भुलाउन आयोगहरु गठन गरिन्छन् । तर ती सबै हात्ती आयो हात्ती आयो फुस्सा हुन्छन् । पुरानो रोग जस्ताको तस्तै ।

भन्न गाह्रो छ । संकोच लाग्छ । लज्जाबोध हुन्छ । लोकगणतन्त्र आएपछि सब उलटपुलट हुन्छ । देशको कायाकल्प हुन्छ भनिएको होइन र ? खै त त्यसको प्रारम्भिक लक्षणसम्म देख्न पाइएन भनेर गुनासो बढिराखेको छ । भाषण र कागजी योजनालाई खोट लगाउन मुस्किल मुस्किल परे पनि सबैतिर छाडातन्त्र बढेको बढ्यै देख्दा पुनमूर्षिको भवः भन्ने कथा दोहोरिएला भन्ने खतरा बढ्दो छ । मेरो व्यक्तिगत सोचाइमा सबभन्दा ठूलो खतरा नेताहरुको चरित्र र नैतिकता स्खलित हुदै जानुमा छ । अहिलेसम्म कुनै अगुवाले त्यागको उदाहरण पेश गर्न सकेका छैनन् । धेरै भन्दा धेरैलाई जतिले पनि पुगेको छैन, हसुर्ने काम मात्रै छ ।

अहिलेसम्म नेपालमा ठूला–ठूला क्रान्ति भइसके । तिनको मूल चरित्र र स्वरुप राजनीतिक नै रह्यो । अब व्यक्तिको जीवनमा संस्कारगत परिवर्तन ल्याउन सांस्कृतिक संघर्ष वा क्रान्ति गर्ने बेला आएको छ । लोकतन्त्रमा लोकतान्त्रिक संस्कार छैन भने कुनै हालतमा लोकतन्त्र सफल हुन सक्दैन । यसको निमित्त गुनासो मात्र गरेर पुग्दैन । अर्काको निन्दा चर्चाले पनि केही नापिन्न । यो अभियान आफैबाट शुरु गर्नुपर्छ । तब मात्र अर्काले विश्वास गर्छ र यो फैलदै जान्छ ।

लोकतान्त्रिक संस्कार खोज्न कतै बाहिर जानु पर्दैन । कुनै महाभारत ग्रन्थ उठाउनु पनि पर्दैन । कुनै विदेशको नक्कल गर्नु पनि पर्दैन । एउटा असल नागरिक बनिदिए पुग्छ । एउटा असल परिवारको सदस्य बनिदिए पुग्छ । हाम्रा पुर्खाहरुको यस्तै अर्ति उपदेश छ– संगच्छध्वम् संदवध्वम् संवोमनांसि जाजताम् । बाचांै र बाच्न देऔं । लोकतान्त्रिक संस्कार– म हैन हामी भन्ने हो । आफूलाई उल्टो लाग्ने कुरा अर्कामा थोपर्नै हुन्न । यस्तो सांस्कृतिक अभियान नचलाएसम्म हामी जहा“को तहीं रहन्छौं ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top