Free songs
Home / विचार / चिसो मौसममा स्वास्थ्य रक्षा

चिसो मौसममा स्वास्थ्य रक्षा

श्रीधर अधिकारी

विगत केही दिनदेखि दिनहुजसो चिसो बढ्ने क्रम जारी छ । आम सञ्चारका माध्यमहरुमा धेरै स्थानको न्यूनतम तापक्रम माइनसमा पुगेको खबर आइरहेका छन् । केही दिन अघिको एक राष्ट्रिय दैनिक पत्रिकामा त खोलामा बगिरहेको पानी हिउनै बनेको तस्बिर छापिएको थियो । दिउ“सो घाम लागेर न्यानोको अनुभव भए पनि न्यूनतम तापक्रम भएकोले बिहान, साझ र रात्रिमा चिसो बढेको अनुभव हामी सबैलाई भएको छ । यसरी मौसममा चिसोपना बढ्दै जा“दा हाम्रो स्वास्थ्यमा धेरै उतारचढाव आउनसक्छ । साथै स्वास्थ्य बिग्रन गइ दैनिक क्रियाकलापमा बाधा व्यवधान आउने र अस्पतालमा भर्ना हुने स्थिति पनि आउनसक्छ । अतः समयमै चिसो मौसमबाट बच्नु जरुरी छ । जसको चर्चा यस लेखमा गर्ने प्रयास गरिएको छ । आशा छ यसले केही मात्रामा भए पनि पाठक वर्गले ज्ञान लिनु हुनेछ ।

चिसो मौसमले आममानिसहरूलाई प्रभावित पार्न सक्छ । यस समयमा निम्न वर्गका मानिसहरू बढी प्रभावित हुने गर्छन् । यदि उचित ख्याल गरिएन भने यो मौसम कतिपयलाई अभिशाप बन्न पुग्छ । यो मौसममा जोखिममा रहने वर्गहरु–

•–साना बालबालिकाहरू (विशेष गरी पाच वर्षमुनिका) ।
•–सुत्केरी महिलाहरू
•–ज्येष्ठ नागरिकहरू
•–सडक बालबालिकाहरू
•–सुकुम्बासी वर्गका व्यक्तिहरू
•–प्राकृतिक प्रकोपबाट पीडित (घरबारविहीन
भएका)
•–न्यून आर्थिक स्थितिमा रहेका मानिसहरू
•–हिमाली क्षेत्रका मानिसहरू
•–श्वासप्रश्वाससम्बन्धी रोगीहरू
•–मुटु रोगीहरु
•–हाडजोर्नीका रोगीहरु
•–शरणार्थीहरू आदि
यस मौसममा देखिने प्रमुख स्वास्थ्य समस्याहरू निम्नानुसार छन्–
•–सिजनल फ्लू
•–छालासम्बन्धी समस्याहरू
•–जोर्नीको दुखाई
•–चिसोको कारणले हुने घाउहरू (अयमि
कयचभक)
•–दम (ब्कतजmब०
•–हृदयघात –ज्भबचत ब्ततबअप
•–श्वासप्रश्वास सम्बन्धी समस्याहरू
•–चिसोका कारण हुने झाडापखाला आदि ।
माथि उल्लेखित समस्याहरू चिसो मौसममा देखिने हुदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । नियमित पौष्टिक आहारको सेवन गर्ने, तातो तातो सुपहरूको सेवन, चिसोमा हिड्दा वा काम गर्दा तथा सुत्दा विशेष सावधानी अपनाउनेलगायत निम्नलिखित कुराहरूमा ध्यान दिदा चिसो मौसममा स्वस्थ जीवनयापन गर्न सकिन्छ ।

स्वस्थ खाना
नियमित सन्तुलित भोजनको सेवन गर्ने जसमा अन्न, गेडागुडी, माछामासु, फलफूल, अण्डा आदिका साथै तातो एवं स्वच्छ फलफूल र तरकारीहरू समेत समावेश भएको होस् । प्रशस्त मात्रामा खष्त ुअु युक्त खानेकुरा खानुपर्छ जसले हाम्रो रोग प्रतिरोधात्मक शक्तिलाई बलियो बनाई शरीर स्वस्थ राख्न मद्दत गर्छ ।

शारीरिक क्रियाकलाप अर्थात व्यायाम 
जाडो याममा आफूलाई स्वस्थ एवं तन्दुरुस्त (vit c) राख्नको लागि विभिन्न शारीरिक क्रियाकलापहरू जस्तै योगा वा अन्य कुनै प्रकारका व्यायाम गर्नुपर्छ जसले शरीर तताउन र प्रतिरक्षा प्रणालीमा सकारात्मक ऊर्जा प्रदान गरी फ्लू र चिसोबाट बचाउछ ।

प्रशस्त पानी पिउने 
जाडो याममा हामीमध्ये धेरैको बानी हुनसक्छ चिसो मौसममा पानी किन धेरै पिउने । तर यसले शरीरमा पानीको मात्रा कम हुन गई म्भजथमचबतष्यल छाला खस्रो हुने फुट्ने जस्ता समस्याहरू ल्याउनसक्छ । अतः अन्य समयमा जस्तै नियमितरुपमा दैनिक कम्तिमा तीन लिटर पानी पिउनुपर्छ । जसले हाम्रो शरीरबाट विभिन्न विषजन्य पदार्थ (त्यहष्लक) लाई हटाउन, शरीरका कोष कोषमा पौष्टिक तत्वहरू पु¥याउन र शरीरमा तरल पदार्थको सन्तुलन राख्न मद्दत गर्छ । साथै तातो चिया, कफी सूप आदि पिएर पनि पानीको पूर्ति गर्न सकिन्छ ।

निद्रा
पर्याप्त मात्रामा सुत्दा हाम्रो प्रतिरक्षा प्रणाली बलियो हुने गर्दछ, शरीरमा तनाव चिन्ता गराउने क्तचभकक जयचmयलभ लाई हटाउन मद्दत गर्छ र अधिक भएको क्यालोरीलाई जलाउन मद्दत गर्ने हुदा पर्याप्त मात्रामा सुत्नु जरुरी छ ।

व्यक्तिगत सरसफाइ 
नियमित व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुन पानीले उपयुक्त तरिका अपनाई हात धुने गर्नु पर्छ । जसबाट विभिन्न विषाणु एवं जिवाणुहरूबाट जाडो याममा हुनसक्ने रोगबाट बच्न सकिन्छ ।

नियमित स्वास्थ्य परीक्षण
चिसो मौसममा दम, फ्लू, घाटी दुख्ने, जोर्नीको दुखाइ, हृदयघात आदि जस्ता रोगहरूले बढी मात्रामा सताउने हुदा आफ्नो स्वास्थ्य अवस्थाको नियमित परीक्षणमार्फत आफ्ना  समस्याहरू समयमै पत्ता लगाइ समाधानको पहल गर्नु बुद्धिमानी हुन्छ ।

धुम्रपान त्याग्ने 
यस मौसममा प्राकृतिकरूपमा नै चिसोका कारणले श्वासप्रश्वास प्रणालीजन्य विभिन्न रोगहरूले जस्तै दम रुघाखोकी आदिको खतरा हुने भएकोले धुम्रपान त्याग्नु नै उपयुक्त बाटो हुन्छ ।

भिटामिन डी

स्वास्थ्यालाई सन्तुलित राख्न र प्रतिरक्षा प्रणालीलाई थप ऊर्जा प्रदान गर्न भिटामिन डी ले महत्वपूर्ण भूमिका खेल्ने र हाम्रो मानसिक स्थितिलाई नियमित राख्न पनि मद्दत गर्ने हु“दा नियमित घाम ताप्ने गर्नुपर्दछ ।

कपडा

न्यानो कपडा लगाउदा धेरै हदसम्म चिसोबाट हुने स्वास्थ्य समस्याहरूबाट बच्न सकिन्छ । चिसोमा बाहिर निस्कदा न्यानो  पार्ने कपडा जस्तै स्वीटर, ज्याकेट आदि लगाउने । राति सुत्दा पनि न्यानो कपडा लगाएरै सुत्ने गर्नुपर्छ । विशेष गरेर स–साना बच्चाहरू र ज्येष्ठ नागरिकहरूलाई न्यानो बाक्लो कपडा लगाउने कुरामा ध्यान दिनुपर्छ ।

माथि बताइए अनुसार आफ्नो दैनिक जीवनयापन अपनाएमा चिसो मौसममा हुने विभिन्न स्वास्थ्य समस्याहरूबाट हामी धेरै हदसम्म बच्न सक्छौ र स्वास्थ्य संस्थामा गई महंगो औषधिहरू खानुपर्ने बाध्यता पनि रहनेछैन ।

यसका साथै जाडो याममा स्वस्थ रहन हामीले विश्वको प्राचीनतम एवं शाश्वत चिकित्सा प्रणाली एवं जीवन र जगतको व्याख्या गर्ने दर्शनका रुपमा समेत चिनिएको आयुर्वेदका महत्वपूर्ण ग्रन्थहरू जस्तै चरकसंहिता, सुश्रुतसंहिता आदिमा उल्लेख गरिएका ऋतुचर्या अन्तर्गत हेमन्त एवं शिशिर ऋतुचर्यामा वर्णित आहार विहारको पालना पनि गर्न सक्छांै ।

यी ऋतुमा गर्नुपर्ने आहार एवं विहारहरू निम्नानुसार छन् ः

आहारः
स्ग्धि, मधुर, अम्ल एवं लवण रसको सेवन पानीमा रहने माछा आदिको सेवन, गुड (भेली) एवं पिठोबाट बनेका पदार्थ तथा दुग्धजन्य पदार्थहरू, उर्दको दाल जसले पित्त बढाएर शरीरमा तातोपना ल्याउछ ।

विहार ः
व्यायाम शरीरमा स्नेह पदार्थको अभ्यंग, स्वदेन, आतप (सूर्यको प्रकाश) को ग्रहण, उष्ण जलको प्रयोग, उष्ण गर्भमा बस्ने, कुम्कुम र अगुरुको लेपनादि कर्म गर्ने ।

गर्न नहुने वा अपथ्य
बात (वायु, चिसोपना) बढाउने तथा लघु आहार, अल्पआहार, प्रवात (तीव्र वायुमा नबस्ने) एवं उदमन्थ (पानीमा घोलिएको सातु), शीतल आहारादि कुरा यस ऋतुमा वर्जित गरिएको छ ।

यी सबैको पालना चिसोबाट हुने विभिन्न स्वास्थ्य समस्याहरू घटाउन सकिन्छ । अझै पनि न्यूनतम तापक्रममा नियमित कमी आइरहेको हु“दा चिसोको खतरा टरिसकेको छैन । अस्पताल एवं स्वास्थ्य चौकीहरूमा दम, रुघाखोकी एवं श्वासप्रश्वासजन्य संक्रमणका विरामीहरू आउने क्रम जारी हरेको हुदा समयमै हामी सबैले आफ्नो स्वास्थ्य अवस्थालाई सन्तुलित एवं नियमित राख्न बिरामी भइ धेरै थोरै भए पनि पैसा खर्च हुनबाट जोगिन, समयको बर्बादीबाट समेत बच्न आफैले प्रयास गरौं । हाम्रो आफ्नै प्रयासले नै हाम्रो स्वास्थ्य संरक्षण एवं प्रवद्र्धन गर्न सकिने हु“दा माथि उल्लेखित बानी व्यवहारलाई अपनाउने प्रयास गरौं । जसका लागि हामीले कुनै ठूलो कष्ट गर्नुपर्ने जरुरी छैन । बस हाम्रो इच्छाशक्तिको खा“चो छ, त्यो पनि आफ्नै स्वास्थ्य रक्षा गर्न ।

(लेखक राप्ती शिक्षा क्याम्पसमा स्वास्थ्य शिक्षा विषय प्रशिक्षक हुनुहुन्छ)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top