Free songs
Home / फिचर समाचार / कोइलावासवासीलाई नेपालकै पानी !

कोइलावासवासीलाई नेपालकै पानी !

दशरथ घिमिरे

देउखुरी । कोइलावासका नागरिकले अब नेपालभित्रकै पानी खान पाउने भएका छन् । खोला र कुवा सुकेपछि खानेपानीको अभाव छ । डिप बोरिङमार्फत पानी निस्किएपछि त्यही पानी खानेपानीका लागि वितरण गरिने भएको छ । अहिले कोइलावासका स्थानीय र नेपाली सुरक्षाकर्मीले भारतीय सीमा सुरक्षा बल एसएसबीले उपलब्ध गराएको पानी खान बाध्य छन् ।

गढवा गाउपालिका वडा नं. ९ कोइलावासमा भूमिगत पानी खानेपानीको लागि वितरण हुने भएको छ । सीमा विकास कार्यक्रमको बजेटमार्फत डिपबोरिङ खनेर पानी निकालिएको छ । यही पानी ओभर हेड ट्यांकीमा जम्मा गरेर पाइपलाइनमार्फत वितरण गरिने गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारको विशेष प्राथमिकतामा कोइलावासमा खानेपानी योजना परेको छ । माघ महिनाभित्र टेण्डर आह्वान गरेर कोइलावासका नागरिकलाई पानी उपलब्ध गराइने प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बताउनुभयो । स्टिमेट बनाएर टेण्डर निकाल्ने तयारी गरिएको छ । ‘एक करोड भन्दा माथिको बजेट बन्नसक्छ । जति बजेट बन्छ त्यो प्रदेश सरकारबाट आउ“छ’– सांसद थारुले भन्नुभयो– ‘अब कोइलवासका जनताले नेपालकै पानी खान पाउनेछन् ।’

अन्तिम सर्वेक्षण

खानेपानी वितरणका लागि अन्तिम सर्वेक्षण गरिएको छ । खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेलसहित इञ्जिनियर, प्रदेशसभा सदस्य इन्द्रजीत थारु, गाउपालिकाका अध्यक्ष सहजराम यादव, वडाध्यक्ष सद्दाम सिद्धिकीसहितको टोलीले पानी वितरणका लागि अन्तिम सर्वेक्षण गरेको छ ।

यसअघिडिप बोरिङ खनिएको स्थानबाट पानी ननस्किएपछि अर्काे ठाउमा पुनः खनिएको हो । अहिले पानी निस्कएपछि त्यही पानी वितरण गरिदै छ । एक सय २० घर परिवारलाई पानी वितरण गरिने वडाध्यक्ष सिद्धिकीले बताउनुभयो । ‘कुवा सुके । खोला सुक्यो । अब अहिले निस्किएको पानीको भर छ’– वडाध्यक्ष सिद्धिकीले भन्नुभयो– ‘अहिलेको जनसंख्यालाई यो पानीले पुग्छ ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top