Free songs
Home / अन्तर्वार्ता / शिक्षा क्षेत्रमा राज्यको लगानी कम छ

शिक्षा क्षेत्रमा राज्यको लगानी कम छ

 नवलसिंह जीएम
सिइओ, गोरखा ग्रुप

निजी क्षेत्रमा लगानी गर्ने उद्देश्यले पूर्व लाहुरेहरुले सञ्चालन गरेको इन्भेष्मेन्ट कम्पनीको नाम हो । गोरखा गु्रप गोरखा इन्टरनेशनल स्कूल घोराहीबाट शिक्षा क्षेत्रमा लगानी शुरु गरेको गोरखा ग्रुपले हाल जिल्लामा लमही, घोराही र तुलसीपुरमा गरी तीनवटा विद्यालय विस्तार गरेको छ । यसैगरी भिक्टोरिया इन्टरनेशनल कलेज हुदै गोरखा हस्पिटल पनि सञ्चालन गरेको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा गुणरस्तरीय शिक्षा भिœयाउने उद्देश्यले लगानी गरिरहेको गोरखा गुप्रका सिइओ नवलसिंह जीएमसग युगबोधकर्मी आभास बुढाथोकीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ । –सम्पादक

 गोरखा गुप्र के हो?

गोरखा गुप्र एउटा इन्भेष्टमेन्ट कम्पनी हो । यो शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा लगानी गर्न खोलिएको कम्पनी हो ।

शिक्षा क्षेत्रमा लगानी किन ?

२० वर्षअघि गोरखा स्कूल सञ्चालन गर्दा प्लस टु शिक्षाको स्तर कुन थियो, अहिले कहा छ । समाजमा जुनखालको शिक्षाको अभाव थियो त्यसलाई पूरा गर्न विद्यालय शिक्षाबाट शुरु ग¥यौं । अहिले कलेजदेखि हस्पिटलसम्म आइपुगेका छौं । तत्कालीन अवस्थामा शिक्षामा अनिवार्यरुपमा लगानी गर्नुपर्ने अभाव देखेर हामीले लगानी लगाएका थियौं । अबको हाम्रो सोच भने अन्तर्राष्ट्रिय मागदण्ड अनुसारको गुणस्तरीय शिक्षा दिनु हो ।

बढी नाफा आउने क्षेत्र अरु पनि होलान् नि?

नाफा त विद्यालयमा भन्दा अरुमा धेरै छ । तर हाम्रो गाउ ठाउमा हेर्दा हुनेखानेले आफ्ना छोराछोरी बाहिर पढाइरहेका छन् । सरकारी विद्यालयहरुको हालत तपाइलाई थाहै छ । नाफामुखी भन्दा पनि शिक्षामा गुणस्तर भिœयाउने उद्देश्यले हामीले शिक्षामा लगानी गरेका छौं । जिल्लाभरि संस्था (विद्यालय) विस्तार गर्नुभएको छ ।

घाटामा त कसरी चल्छ होला र ?

घाटामा निजी क्षेत्र चलाउनै सकिदैन । निश्चित रुपमा आवधिक ऋण लिएर हामीले विद्यालय चलाएका हुन्छौं । विद्यालय घाटामा छ भन्ने पनि होइन । सामान्यरुपमा चलिरहेको छ । बैंकबाट नौ १० वर्षको लागि ऋण लिएर सञ्चालन गरेका हुन्छौं । तर अब यी तीनवटा विद्यालय भन्दा अरु खोल्दैनौं । खासगरी त्यो समयमा दाङलाई फोकस गरेर हामीले विद्यालय शिक्षा शुरु गरेका हौं ।

कस्तो शिक्षालाई बढावा दिन खोज्नुभएको छ ? 

नेपाल सरकार र अभिभावकहरुले गुणस्तरीय शिक्षाको मापदण्ड भनेर रिजल्ट ओरेन्टेड शिक्षालाई मात्र ठानेका छन् । यस्तो शिक्षाले परीक्षामा लेखेर पास गराउँने, ज्ञान र सूचना दिने मात्रै हो । हामीले गुणस्तरीय शिक्षाको मापदण्ड नै फरक गर्न खोजेका छौं । वल्र्डक्लासको मापदण्डले कम्युनिकेशन, सिर्जनात्मक, नेतृत्वदायी, सामूहिक काम, विविधता र रिजल्ट ओरेन्टेड शिक्षालाई गुणस्तरीय शिक्षा मान्दछ । यस्तो शिक्षा नेपालमा लागु हुन सकिरहेको छैन । यो एउटा खड्केको विषय हो । हाम्रो अबको ध्यान भनेकै वल्र्डक्लासको मापदण्ड अनुसार यिनै छवटा शिक्षा विद्यालय शिक्षामा लागु गर्नु हो ।

 वल्र्डक्लास मापदण्ड अनुसारको गुणस्तरीय शिक्षा लागूगर्न सम्भव छ ?

नया शिक्षा नीति त आउनैपर्छ । कति वर्ष अगाडि बनेको शिक्षा नीति अहिले पनि फेरिन सकेको छैन । अबको शिक्षा भने समय सान्दर्भिक हुनुपर्छ । विश्वमा विद्यालय शिक्षा कसरी चलिरहेका छन् तिनलाई हेर्न जरुरी छ । अहिलेको पाठ्यक्रम हेरि शिक्षामा केही परिवर्तन आएको छ । तर सार्वजनिक विद्यालयहरुमा व्यवस्थापनको कुरा नसुधार्दासम्म जति शिक्षा नीति ल्याए पनि सार्वजनिक शिक्षामा सुधार ल्याउन सकिदैन ।

माग प्राविधिक शिक्षाको छ । गोरखा ग्रुपले यसबारेमा के सोचेको छ ?

प्राविधिक शिक्षा भन्ने बित्तिकै महंगो शिक्षा हो । त्यसमा लाग्ने मूल्य कि सरकारले व्यहोर्नुपर्छ कि जनताले । अब अहिले सरकारले लागु गरेको प्राविधिक शिक्षालाई हेर्दा त्यसमा पर्याप्त बजेट छुट्याउन सकेको छैन । बजेट नपुग्दा बित्तिकै त्यसको गुणस्तर कम भइहाल्छ । गुणस्तर कम भयो भने सीपयुक्त शिक्षा हुन सक्दैन । अहिले बजारमा हेर्दा पनि प्राविधिक शिक्षामा प्रयोगात्मक धेरै कम छ । प्रयोगात्मक शिक्षा कम हुने बित्तिकै त्यो नाममा मात्रै प्राविधिक शिक्षा हुन जान्छ । प्राविधिक शिक्षा महंगो भएकाले गरिब जनताका छोराछोरीले पढ्न सक्दैनन् । यो झनै नराम्रो पक्ष हो । बरु सरकारले धेरै संस्थालाई स्वीकृति दिनुभन्दा थोरै संस्थालाई स्वीकृति दिएर पर्याप्त बजेट छुट्याएर प्राविधिक शिक्षामा राम्रो लगानी गर्न जरुरी देखिन्छ ।

तपाइ शैक्षिक सुधारको अभियानमा लाग्नुभएको छ । नेपालको सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार नहुनुको खास कारण के हो?

पहिलो कुरा त बजेट नै छैन । सरकारले शिक्षकको तलबको मात्रै पैसा दिएको छ । विद्यालय शिक्षा भनेको तलब दिएर मात्र हुने कुरा होइन । मुख्य कुरा त आर्थिक नै जोडिन्छ । अहिले सरकारले भौतिक निर्माण र शिक्षकको तलबमा मात्र बजेट छुट्याएको छ । जसकारण विद्यालयमा अन्य गतिविधि र क्रियाकलाप हुनसकेका छैनन् । अर्काेकुरा ती भएका  काम पनि राम्रोसग लागु हुन सकेका छैनन् ।

हेडमास्टरले चाहे मात्रै पनि धेरै कुरामा सुधार ल्याउन सम्भव छ । अहिलेका सामुदायिक विद्यालयमा राजनीति व्याप्त छ । शिक्षकहरु राजनीतिक पार्टीका कार्यकर्ता बनेर हिडेका छन् । समग्रमा भन्नुपर्दा पहिलो कुरा राज्यले सामुदायिक विद्यालयहरुमा यथेष्ट बजेट छुट्याउन नसक्दा नै सुधार गर्न खोज्नेहरुले पनि केही गर्न सकिरहेका छैनन् । र सामुदायिक विद्यालयमा भएको राजनीतिको प्रभावलाई जबसम्म राज्यले नियन्त्रण गर्न सक्दैन तबसम्म जस्तो शिक्षा नीति लागु गरे पनि विद्यालयमा शैक्षिक सुधार हुनसक्दैन ।

नेपालमा शैक्षिक सुधारका निम्ति के गर्नुपर्ला?

नेपालको शिक्षा साह्रै नराम्रो छ भन्न मिल्दैन । सय प्रतिशत सही भन्ने केही पनि हु“दैन । नेपालकै शिक्षाले माथि पुगेका धेरै उदारणहरु छन् । त्यसकारण नराम्रो छ भनेर निराश भइहाल्नुपर्ने अवस्था त छैन । तर विद्यालय शिक्षा जुन हुनुपर्ने भन्ने हो त्यो हुन सकेको छैन । निजी क्षेत्रले मोटामोटी शिक्षामा सेवा दिएकै छ, नहुनु भन्दा केही गरेको छ । तर सामुदायिक विद्यालयले भने सुधार गर्न धेरै बाकी छ । र, सामुदायिक विद्यालयमा सुधारका लागि पहिलो कुरा व्यवस्थापनमा जोड दिनुपर्छ र शिक्षकले राजनीति छोड्नुपर्छ । गोरखा ग्रुपका थप योजनाहरु के–के छन्? अब हाम्रो योजना भनेको एक दुईवटा कलेज राम्रो गरौं भन्ने हो । त्यसस“गै कृषि र पर्यटनमा लगानी लगाउने भन्ने योजना बनाएका छौं हेरौं कतिसम्म हुन्छ ।

तपाइ कुशल इनोभेटरका रुपमा पनि चिनिनुहन्छ । कुशल व्यवस्थापनका निम्ति के कुरामा ध्यान दिन जरुरी छ? 

पहिलो कुरा दृढ इच्छाशक्ति हुन जरुरी ।  त्यसपछि योजना हुनुप¥यो र त्यसलाई कार्यान्वयन गर्नुपर्छ । समन्वय गर्दै जानुप¥यो । मुख्य कुरा भने कुनै पनि काममा सफल हुन केही गर्छु भन्ने दृढ संकल्प हुन जरुरी छ ।

अन्तमा, केही भन्न छुटेका  कुरा ?

सरकारले जुन शिक्षा आयोग गठन गरेर निजी शिक्षालाई ट्रष्टमा र सहकारीमा लैजाने भन्ने विकल्प दिएर निजी क्षेत्रलाई निरुत्साहित गर्न खोजेको छ त्यसबारे के बुझ्न जरुरी छ भने अहिलेको विद्यालय शिक्षाको प्रमुख समस्या भनेको सामुदायिक  विद्यालय हो । सामुदायिक विद्यालयको मुख्य समस्या भनेको बजेट र कमजोर व्यवस्थापन हो । यी दुईवटा कुरालाई बलियो बनाउन सक्यो भने निजी क्षेत्र आफै मरिहाल्छ नि । त्यसलाई आक्रमण नै गरिहाल्नुपर्दैन । त्यस्तै राज्यले निजी क्षेत्रले व्यापार ग¥यो भन्नुभन्दा सामुदायिक विद्यालयले व्यवस्थापन गर्न सकेन भनेर त्यो कुरामा ध्यान दिई शैक्षिक सुधारमा जोड दिन आवश्यक छ । अहिले त राज्यले निजी विद्यालयहरुले व्यापार गरे, खाए, कमाए भन्ने मात्रै छ । निजी विद्यालयहरुले गरेको सेवा र रोजगार जस्ता कुरामा पु¥याएको योगदानबारे बुझन् आवश्यक छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top