Free songs
Home / विचार / माघी पर्व र थारु जाति

माघी पर्व र थारु जाति

पृथ्वी चौधरी

थारु जाति देशका विभिन्न भागमा छरिएर बसोवास गर्दै आइरहेको आदिवासी जाति हो । नेपालमा यो जाति नेपालको कुल जनसंख्याको करिव सात प्रतिशत रहेको छ । यो जाति अत्यन्तै मेहनती, परिश्रमी, धर्ममा विश्वास गर्ने जनजातिमध्ये एक जाति हो । थारु जातिले महान पर्व माघी पर्वदेखि नया“ वर्षको रुपमा मनाउ“दै आइरहेको छ । थारु संवत् २६४२ आउ“दो माघी पर्वदेखि लागु हुनेछ र थारु जातिले नया“ वर्षको रुपमा मनाउनेछ । थारु जातिले माघीपर्वलाई किन नया“ वर्षको रुपमा र कसरी मनाउछन् त ? थारु जातिले माघीपर्व लाई मनाउनको लागि लगभग पौष महिनाभरि तयारी गर्छन् । उनीहरुले पौष महिनाको २८ गते खोला वा नदीमा माछा मार्नको लागि बही (कुला) लाग्ने गर्छन् । २९ गते माछा मार्ने गर्छन् । ३० गते गाउको अगुवा महतांैको सल्लाहबमोजिम आ आफनो समूह बनाई सुंगुर÷बंगुर काट्ने गर्छन् ।

सा“झपख गाउ“का घरमुलीहरु महतौंको घरमा जम्मा भएर माघीपर्वमा गाइने प्रमुख गीत घमार गाउ“छन । नाच्ने गर्छन, महिलाहरु आ–आफ्नो घरमा ढिक्री, रोटी पकाउने गर्छन् । भोलिपल्ट बिहान खाने माछा, मासु ३० गते नै पकाउने चलन रहेको छ । महतांैको घरमा गाउने घमार गीत यसरी गाउने गरिन्छ ।

धुमरु धुमरु जे बास बसुलिया
धुमरु धुमरु जे बास बसुलिया
मोर लागि बाबा शीरकही टोपिया सिआइदेओ
मोर लागी बाबा टोपिया सिआइदेओ ।
धुमरु धुमरु जे बास बसुलिया
धुमरु धुमरु जे बास बसुलिया
मोर लागि बाबा आङ्गकही झुलुवा सिआइदेओ
मोर लागि बाबा झुलुवा सिआइदेओ
धुमरु धुमरु, जे बासबसुलिया
धुमरु धुमरु जे बास बसुलिया ।

यसरी लाइनवाइ रातभरि धमार गीत गाउने चलन रहेको छ भने भाले बास्ने समय भयो भने खोला, नदी, तलाउमा नुहाउन जानको लागि माघी सम्बन्धी विभिन्न गीतहरु गाउने चलन रहेको छ । गीतहरु गाउ“दा आ–आफ्नो गाउ“ठाउ“अनुसार यसरी गाउने चलन रहेको छ ।

माघ लहैली गंगा जलपानी माघ लहैली
सखीय हो नचवी ओ कोरवी सकुजनक घर सखिय हो ।
माघ लहैली गंगाजलपानी माघ लहैली
सखिय हो एक पुहुता बिना मै बरे दुखी सखिय हो ।

यसरी बर माग्दै नाच्दै नुहाउन जान्छन् । खोला, ताल, नदीमा नुहाउदा खुट्टाको कान्छी औलानेर एक जोडी पैसा गाडेर नुहाउने गर्छन् । नुहाइसकेपछि सबैभन्दा जेठोबाठो मान्यजनस“ग दहीमा मुछेको सेतो टीका लगाई आशीर्वाद माग्ने गर्छन् । थारु जातिले किन सेता टीका लगाउ“छन् त भन्ने विभिन्न तर्कहरु रहे पनि दुई भाइका छोराहरुमध्ये पाण्डुका छोराहरु पा“च पाण्डवहरु थिए र धृतराष्टका छोराहरु सय भाइ कौरवहरु थिए । द्वापर युगको महापुराण अनुसार राजा हस्तीकेले बसालेको शहरको नाम अथवा राज्यको नाम हस्तिनापुर थियो ।

त्यो राज्यमा शासन गर्ने पाच भाइ पाण्डव र सय भाइ कौरवको बीचमा बेमेल ह“ुदै गयो । यसै समयमा पा“च भाइ पाण्डवले हस्तिनापुर राज्यको एक प्रमुख शहर जैतापुर आफूले पाउनुपर्ने तर्क अघि सारे । त्यही बेला सय कौरवहरुले जुवा पासा खेल्ने शर्त अघि सारे कि यो जुवा पासामा जसले हार्छ त्यो बनवास जाने र जित्नेले हस्तिनापुरमा राज्यमा राज गर्ने । तर कौरवहरुका मामा सकुनीले पाण्डवहरुलाई हराउन विभिन्न कपटीपासा खेलियो र पाण्डवहरुले जुवा पासा हारे । अन्त्यमा बनवास जानैपर्ने भयो र त्यहीबेला पा“च पाण्डवहरुकी आमाले बड्कीमार गीतमार्फत यसरी प्रश्न गर्न थालिन् ।

गैलो जे पुता हसनापुर राज ।
कौनो कौनो खेल करलो जे आज ।।
कपटी पासा दिहल सकुनी दार ।
हरली जे पासा लगली बनीवास ।।
राजा दुरुदिस्टल घरम से चलो ।
पाच पाण्डु राजा औतार ।।

यसरी कपटी पासा हारी बनवास जाने क्रममा पा“च भाइ पाण्डवले आफ्ना डेरा, गुन्टाहरु बोक्न थाले । त्यो राज्य घरमा एक सदस्यको मृत्यु भए झै सुनसान अन्धकार सन्नाटा छाउन थाल्यो । जनता आफूहरु बाबुआमा नभएको बालक जस्तो टुहुरा भएको अनुभव गर्न थाले । दौपतीलगायत पा“च भाइ पाण्डव जनतासंग विदा माग्न गाउ“– गाउ“ जान थाले । जनता रु“दै मलिनो मुद्रामा विदा दिन बाध्य भए र देशमा शान्ति होस भनेर सेतो टीका लगाए । त्यही दिनदेखि सेतो टीका लगाउने क्रम शुरु भएको मानिन्छ । यसरी नुहाई टीका लगाइसकेपछि पुनः नाच्दै घर फर्किन्छन् । कन्याहरु स्वागतका लागि बाटोमा कलश राखी बसेका हुन्छन् । घर फर्किसकेपछि चोखो भा“डोमा राखिएको चामल, नुन, र उर्द सात पसर वा पा“च अर्को भा“डोमा राखिन्छ । यसलाई निसराउ कहार्ने भनिन्छ । यो निसराउलाई भोलिपल्ट आ–आफनो चेलीवेटीहरुलाई दिन जाने चलन छ । त्यसपछि आफ्ना मान्यजनहरुलाई भेटी ढोगभेट गर्ने आशीर्वाद माग्ने गरिन्छ । महतौको घरमा प्रत्येक घरमुलीहरु जा“रको झोल लिएर महतौं मान्न जाने गरिन्छ । खानपिन हुन्छ । एक वर्षभरि गरिएका कामको समीक्षा गरिनुका साथै आउ“दो वर्षका लागि नीति नियमहरु बनाउने चलन छ । यसलाई बखेरी बस्ने भनिन्छ । त्यसपछि आ–आफ्नो उमेर समूह बनाई घर–घरमा जा“र खाने माघक गुरीगुरी जा“र भन्दै गीत गाउ“दै हिड्ने चलन रहेको छ ।

माघ लहैली सुरीक शिकार खैली रे हा“ माघ लहैली । सखिय हो माघक गुरीगुरी जार भन्दै रमाउदै भ्याएसम्म प्रत्येक घरघरमा पुग्ने मान्यजनसग आशीर्वाद माग्ने गरिन्छ । दिउसोेतिर आ– आफ्नो दौंतरी उमेर समूह बनाई नाच्नको लागि महतौको घर आगनमा जम्मा हुने र नाच शुरु गर्ने गरिन्छ । शुरु–शुरुमा आ–आफनो गाउ ठाउमा यसरी गीत गाइन्छ ।

महतौ के अँगनाम सोना फुला फुलल रे हा महतौ के अँगनाम ।
सखीय हो महतौ के अँगनाम गाठी बाधी ले र सखीय हो ।

त्यसपछि महतौंले आफ्नो क्षमताअनुसार नाच्ने सामग्री सट्कीमा रुपैया बा“धी दिन्छन् । यसलाई गा“ठी बा“ध्ने भनिन्छ । यसरी चार÷पा“च दिनसम्म नाची सकेपछि आ–आफनो समूहमा नाचेको खाने गरिन्छ । रातभरि नाच्ने रमाउने गरिन्छ, जसलाई नचनौरी खाने भन्न चलन छ । प्रेमको लतमा फसेका युवा युवतीहरु विवाहको प्रस्ताव राखी भागेर समेत जाने गर्छन् । जसलाई उरहरख जैना भनिन्छ । नचनौरी खाइसकेपछि जमिनदारका जग्गा जोत्ने घरमुलीहरु आ–आफ्ना जमिनदारका घर जाने गर्छन् । जमिन्दारस“ग वर्षभरिका सुखदुख बा“ड्ने जग्गा जोत्ने नजोत्ने, जोते कुन शर्तमा जोत्ने आदि इत्यादि कुराहरु किसान र जमिनदारको बीचमा आपसी सरसल्लाह छलफल गरी एक वर्षका लागि टुंगो लगाउने गरिन्छ । जसलाई माघी देवानी भन्ने चलन छ ।

यसरी थारु जातिले नयॉ वर्ष माघी पर्वदेखि आफ्नो गाउ“को अगुवा महतौ यथावतै राख्ने कि नया“ चुन्ने । गाउ“को रीतिथिति यथावतै राख्ने परिमार्जन गर्ने, परिवर्तन गर्ने, पुरानै जिमदारको जग्गा जोत्ने या नया“ जिम्दारको जग्गा जोत्ने आफू बसेको पुरानै गाउ“मा बस्ने या छारा (बसाई सरी) जाने । घरपरिवारमा हुर्केका युवायुवतीहरुको विवाह गर्ने कि नगर्ने ? घरपरिवारमा बेमेल भए घर फुट्ने (छुट्टिने) या स“गै मिलेर बस्ने यी उल्लेखित कुराहरु परम्पराकालदेखि चल्दै आइरहेको छ । यसैकारण थारु जातिको महान पर्व माघी पर्वलाई नया“ वर्षको रुपमा मनाउने गर्छन् ।

अन्तमा थारु जातिले मनाउने माघी पर्वमा हुने विकृतिलाई क्रमिकरुपमा सुधार्दै लैजाऔं र आफ्नो परम्परालाई पनि संरक्षण गर्दै जाऔं । थारु जातिको महान पर्व २०७५ साल र थारु सम्वत् २६४२ को उपलक्षमा सवै साथीभाइ, दाजु, भाइ, दिदी बहिनी, इष्टमित्र, मान्यजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top