Free songs
Home / फिचर समाचार / पश्चिम दाङमा गोरु तस्करको विगविगी

पश्चिम दाङमा गोरु तस्करको विगविगी

तस्करलाई प्रहरीले छोडेपछि स्थानीय आक्रोशित

ओपेन्द्र बस्नेत

तुलसीपुर । गोरु चढाएको ट्रकसहित पक्राउ परेका तस्करलाई तुलसीपुर प्रहरीले छोडेको छ । तुलसीपुर उपमहागनरपालिका–८ अश्वारामा सोमवार बिहान २ बजे तस्करले ट्रकमा गोरु लोड गर्दै गरेको थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

तस्करसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले आर्थिक प्रभावमा परेर बीच बाटोबाटै छोडेको हुनसक्ने स्थानीयवासीले आरोप लगाएका छन् । वडाको भण्डारी टोलमा लु १ ख ९५७५ नम्बरको मिनी ट्रकमा अबैधमा रुपमा गोरु लोड गर्दै गर्दा प्रहरीले राप्ती गाउ“पालिका–६ निवासी नासिम खान र इरफान खानलाई गोरु र ट्रकसहित नियन्त्रणमा लिएको थियो ।

‘नियन्त्रणमा लिएकालाई सोधपुछ गर्नेक्रममा बिजौरी प्रहरीले पक्राउ गरेर जहाबाट गोरु ल्याएको हो, त्यही लगेर छोड भनेछ’– नियन्त्रणमा लिएकालाई उधृत गर्दै अस्थायी प्रहरी चौकी बेलुवाका प्रहरी सहायक निरीक्षक भीमबहादुर रावतले भन्नुभयो– ‘त्यसपछि छोडिदियौं ।’

ट्रकमा लोड गर्दै गरेका आठवटा गोरुमध्ये चारवटा गोरु लोड गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरी सहायक निरीक्षक रावतले घटनाका विषयमा सबै ठाउ जाहेरी भएको र माथिबाट आएको आदेशअनुसार छोडिएको बताउनुभएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जहाबाट ल्याएको हो, त्यही लगेर छोड्ने भन्ने कुरा अनुसार छोडिएको बताउनुभयो । कसको आदेशमा गोरु राखेको ट्रक सहित तस्करलाई छोडिएको हो ? भन्ने प्रश्नमा प्रनाउ शाहीले कुनै प्रतिक्रिया दिनुभएन । ‘गोरु राखेको ट्रकसहित केही मान्छेलाई अश्वाराबाट नियन्त्रणमा लिइएको थियो’– प्रनाउ शाहीले भन्नुभयोे– ‘जहाबाट ल्याएको हो, त्यहीं लगेर छोड्ने भने पछि छोडियो ।’ बेलुवा प्रहरी चौकी प्रनाउ शाहीको मातहत पर्दछ ।

तस्करलाई छोडेको भन्दै स्थानीय आक्रोशित
स्थानीयवासीले तस्करलाई प्रहरीले छोडेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रहरीले गलत काम गर्नेलाई कारवाही गर्ला भनेर खबर गरियो’– एक स्थानीयवासीले नाम नबताउने शर्तमा भने– ‘आर्थिक मिलोमतो गरेर छोडिएपछि अब हाम्रो सुरक्षा कसले गर्छ ?’

‘अपराधीसग प्रहरीको साठगाठ हुदा समाजमा हुने आपराधिक गतिविधिको सूचना प्रहरीलाई अब कसले दिन्छ ?’– स्थानीयवासीले प्रतिप्रश्न गरे । प्रहरीले ट्रकसहित तस्करलाई छोडेपछि सोमवार बिहान प्रहरी आउदा तितरवितर भएका गोरुसमेत दिउ“सो जम्मा गरेर राखेको उनीहरुले बताए ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top