Free songs
Home / फिचर समाचार / पढ्न शहर झरेका युवा लागूऔषधको कुलतमा

पढ्न शहर झरेका युवा लागूऔषधको कुलतमा

रुपन्देही लागूऔषधको हव बन्दै

यमलाल भुसाल

बुटवल । पढ्नकै लागि स्याङ्जा वालिङबाट छ वर्षअघि बुटवल आएकी २१ वर्षीया सुनिता खड्का र खोटाङबाट रुपन्देही आएकी २४ वर्षीया ममता राईलाई पुस ९ गते बुटवलको बसपार्क नजिकैबाट लागूऔषध सेवन गरेर लठ्ठ भएको अवस्थामा प्रहरीले पक्राउ ग¥यो । उनीहरुसग नुफिन १८, डाइजेपाम १८, फेनरागन १८ र एम्पुल्स औषधि बरामद भयो ।

सोही दिन बुटवल–१० औद्योगिक क्षेत्रमा जाच गर्दा लु ३९ प ८२५ नम्बरको स्कुटीमा सलिना थापा क्षेत्री र २३ वर्षकी सना कु“वरको साथबाट पनि १३ ग्राम तीन सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ ग¥योे ।

विदेश जाने तयारीमा रहेका रुपन्देहीकै देवदह वडा नं. १ बस्ने २३ वर्षका होमनाथ जोगी र डम्बरबहादुर थापाको साथबाट एक ग्राम पा“च सय ५० मिलिग्राम ब्राउनसुगर फेला प¥यो । पुस १९ गते रुपन्देहीको रोहिणी गापा वडा नं. ७ स्थित कृष्णप्रसाद श्रेष्ठको साथबाट नुर्फिन एक सय थान, फेनारगन एक सय थान, डाइजेपाम एक सय थान फेला प¥यो ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । यसरी पछिल्लो समय लागूऔषध प्रयोग गर्ने र ओसारपसार गर्नेहरुको संख्या अत्यधिक बढेको छ ।

कतिपय प्रहरीको फन्दामा पर्छन् भने कतिपय प्रहरीको आखाबाट जोगिएर यस्तो कारोवार गर्ने गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले पछिल्लो समय कारवाही चलेका मुद्दाहरुको जानकारी तथा सूचनाको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा पछिल्लो समय नाटकीयरुपबाट ठगी धन्दा गर्ने, लागूऔषध ओसारपसार गर्ने तथा विभिन्न ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र कारवाही अगाडी बढाएको जनाएको छ ।

प्रेमको नाटक गरी रकम र सुनको सिक्री ठगी गर्ने मकवानपुर घर भई तिलोत्तमा–१ बस्ने ४० वर्षका रोशन बजगाइ“ र डाक्टर, इञ्जिनियर र सेनाको मेजर भनी पैसा उठाउ“दै ठगी गर्ने पोखरा लेखनाथ–८ का कृष्णबहादुर थापामाथि हाल ठगी मुद्दा चलाइरहेको इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिनुभयो ।

बुटवलको हिरासतमा रहेका चारजना महिलाहरुले आफूहरुलाई साथीहरुको संगतले यस क्षेत्रमा आएकोे र छोड्न नसक्ने बताउछन् । यसरी पढ्ने उमेर समूहका विद्यार्थी, युवा समूह तथा किशोरवस्थाका धेरै युवायुवतीहरु लागूऔषधको कुलतमा फसेका छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top