Free songs
Home / समाचार / संक्षिप्त समाचार / नगर प्रमुखमाथि आक्रमण प्रयास

नगर प्रमुखमाथि आक्रमण प्रयास

प्युठान(युस)– स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकामाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ ।

मंगलवार दिउ“सो कार्यालय समयमा विभिन्न योजनाको विषयमा छलफल भइरहेको बेला अपरिचित तीनजनाको समूहले शरीरमा प्रज्ज्वलनशील पदार्थ खनाएको नगर प्रमुख रोकायले बताउनुभयो ।

अपरिचित व्यक्तिले नगरपालिका र नगर प्रमुखलाई आफनो कब्जामा छस् भनी धम्की दिएको नगर प्रमुख रोकायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यालयको नियमित काममा भने कुनै बाधा नपुगेको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

यअसघि नगर प्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गरी कारवाहीको चेतावनी दिएको थियो । नगर प्रमुुुख हालको कामकारवाही नसच्चिए कठोर कदम चाल्ने विप्लव समूहले विज्ञप्तिमार्फत चेतावनी दिएको थियो । रोकायमाथि विभिन्न आरोप लगाइएको छ ।

विप्लवको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका नेता, कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाइमार्फत मोटो रकम अनियमिता गरेको, अनावश्यक कर थोपरेको, संस्थागतरुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोतसाधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजिएको आरोप लगाएको छ ।

यसैवीच प्रदेशसभा सदस्यहरु कृष्णध्वज खड्का र हरिप्रसाद रिजालले विज्ञप्ती मार्फत गैरराजनीतिक क्रियाकलाप भन्दै घटनाको विरोध गर्नु भएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top