Free songs
Home / समाचार / संक्षिप्त समाचार / तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुर (युस)– तुलसीपुरमा बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न
लागेको सभाहलको शिलान्यास गरिएको हो ।

तुलसीपुर–९ दोघरेमा करीब पाच कट्ठा क्षेत्रफल रहेको जग्गामा पार्किङसहितको बहुआयामिक सभाहल निर्माणको काम अगाडि बढाउने तयारी भइरहेको निर्माण समितिका संयोजक विमल रिजालले जानकारी दिनुभयो ।

आठ सयभन्दा बढी मानिसहरू अट्ने सभाहलमा प्रदेशस्तरीय कार्यक्रमहरुका साथै विवाह, सेमिनार, ब्यावसायिक भेला, गोष्ठी तथा अन्य धार्मिक एवं राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु गर्न सकिने वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो ।

उहाका अनुसार तुलसीपुरमा निर्माण हुन लागेको बहुआयामिक सभाहल पश्चिम दाङको सबैभन्दा ठूलो क्षमताको हुनेछ ।

सभाहल डेढ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । सभाहलको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले शिलान्यास गर्नुभएको हो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top