Free songs
Home / फिचर समाचार / झनै बढ्यो अबैध उत्खनन : एक ठाउँमा टेण्डर, अन्यत्र उत्खनन

झनै बढ्यो अबैध उत्खनन : एक ठाउँमा टेण्डर, अन्यत्र उत्खनन

युगबोध समाचारदाता

घोराही । दाङका खोलाहरुमा प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन अझै बढेको छ ।

प्राकृतिक स्रोत साधन उत्खनन र परिचालनको जिम्मा स्थानीय तहहरुले पाएपछि कतै स्थानीय तहबीचमै विवाद देखिएको छ भने कतै ठेक्काको बहानामा मनपरी उत्खनन् भइरहेको छ ।

उत्खननको विषयमा राप्ती र गढवा गाउपालिकाबीच सीमा विवाद पनि देखिएको छ । राप्तीको अनुमति लिएर गढवामा उत्खनन गरेको भन्दै प्रहरीले नै हस्तक्षेप गर्नुपरेको थियो ।

त्यस्तै मंगलवार पश्चिम दाङमा गाउपालिकाले टेण्डर गरेको क्षेत्रभन्दा बाहिर ब्यापक मात्रामा उत्खनन भइरहेको फेला परेको छ । जिल्ला अनुगमन समन्वय समितिले बबई गाउपालिका–७ को कालीतराबाट अबैध नदीजन्य पदार्थ उत्खनन गर्दै गरेका १० वटा टे«क्टर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका टे«क्टर प्रहरीलाई जिम्मा लगाएको जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।

गाउ“पालिकाकाले टेण्डर गरेको भन्दा बाहिर क्षेत्रबाट उत्खनन भइरहेको अवस्थामा टे«क्टरहरुलाई नियन्त्रणमा लिएको अनुगमन टोलीले जनाएको छ । बबई गाउ“पालिकाले चालु आर्थिक वर्षको लागि च्याटीखोलाको दोभानमा टेण्डर खोलेको छ । तर व्यवसायीले बबई गाउ“पालिका–७ को कालीतरा क्षेत्र र सामुदायिक वनबाट समेत उत्खनन गरेको पाइएको छ ।

व्यवसायीले जथाभावी गरेको उत्खननले गाउ“हरु समेत समेत जोखिममा पर्न थालेका छन् । जथाभावी उत्खननले कालीतरा गाउ नै जोखिममा परेको स्थानीयले बताएका छन् । अबैध उत्खनन रोकिएन भने गाउसमेत बग्ने अवस्थामा रहेको र तत्काल ८० घरपरिवारलाई अन्यत्र सार्ने स्थिति आउने जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतले बताउनुभयो ।

प्राकृतिक स्रोतसाधन परिचालनको जिम्मा स्थानीय तहले पाएपछि अझ बढी बेथिति बढेको छ । स्थानीय सरकारले स्रोत साधन जोगाउन नसक्दा स्थानीयवासीले माथिल्लो निकाय गुहार्ने अवस्था आएको छ । खोलामा अबैध उत्खनन भएपछि स्थानीयले अनुगमनका लागि जिल्ला समन्वय समितिमा निवेदन दिएका थिए ।

सो निवेदनअनुसार अनुगमनमा जादा धेरै बेथिति देखिएको जिल्ला समन्वय समितिका प्रमुख नेपालीले बताउनुभयो । बेथिति रोक्न र संभावित क्षेत्रमा निगरानी बढाउन स्थानीयवासी, गाउ“पालिका र प्रहरीलाई निर्देशन दिएको उहा“ले जानकारी दिनुभयो ।

जिल्ला अनुगमन समन्वय समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कानुनभन्दा बाहिर गएर काम गर्न कसैलाई छुट नभएकाले प्रहरी प्रशासन कडाइका साथ लाग्ने बताउनुभयो । अबैधरुपमा उत्खनन भएको फेला परेको उल्लेख गर्दै उहाले यसलाई जसरी पनि कानुनी दायरामा ल्याउने बताउनुभयो । त्यस क्षेत्रमा प्रशासनले समेत निगरानी बढाएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

जिल्ला अनुगमन समन्वय समितिका प्रमुख नेपालीको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी रिजाल, बबई गाउपालिकाका प्रमुख भुवनेश्वर पौडेल, जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे, जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी, वन तथा वातावरण मन्त्रालय र विभागका कर्मचारीको सहभागिता थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top