Free songs
Home / फिचर समाचार / अस्पतालमा उभिएरै सेवा लिन बाध्य आमाहरु

अस्पतालमा उभिएरै सेवा लिन बाध्य आमाहरु

 

गोविन्द खड्का

घोराही। एकजना आमाको बच्चालाई सुई लगाइरहदा दर्जनांै आमाहरु उभिएर पालो पर्खेका देखिन्थे । उनीहरुलाई बसेर पालो कुर्ने ठाउ“ थिएन । सरकारी कार्यालयमा आमाहरुलाई दूध चुसाउने कक्ष स्थापनाको चर्चा चलिरहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीभित्र रहेको परिवार नियोजन संस्थागत क्लिनिकमा आमाहरु उभिएरै सेवा लिन्छन् । सुई लगाइसकेपछि बच्चालाई दूध चुसाउन पाउ“दैनन् र बच्चालाई रुवाउदै उभिएरै फर्किनुपर्ने बाध्यता छ ।

उक्त क्लिनिकमा मंगलवार गर्भवती जाच र वुधवार बच्चाको खोप कार्यक्रम सञ्चालित हुदै आएको छ । अस्पताल नर्सिङ निरीक्षक एवं क्लिनिक इञ्चार्ज राधा पौडेलका अनुसार एक सय २० जनासम्म गर्भवती महिलाहरु जाच गराउन आउ“छन् । एक सय ५० बच्चाले सुई लगाउ“छन् । आराम गर्ने त धेरै टाढाको कुरा उनीहरुलाई अडेस लाग्ने ठाउ समेत छैन ।

पालैपालो आमाहरु स्टुलमा बस्थे र बच्चाका कपडा खोलेर सुई लगाउ“थे । उनीहरु उठेर बच्चा रुवाउदै बस्ने ठाउको खोजीमा लाग्थे र अर्को आएर खोपको पालो भेटाउथ्यो । यसरी कष्टका साथ गर्भवती र बच्चाका आमाले सेवा लिइरहेका छन् । बेञ्चको समेत सुविधा नदिएर अपमान गरिएको छ । बच्चालाई कुन पोजिसनमा दूध चुसाउनुपर्छ, कस्तो आसनमा बस्नुपर्छ भनेर सिकाउने स्वास्थ्य संस्थामा अडेस लाग्ने ठाउ“ छैन । चिकित्सकले भनेको कसरी पत्याउन् । प्रशिक्षणमा सिकाएका कुरा स्वास्थ्य संस्था आफैले लागु गर्दैनन् ।

कम्तिमा पचासजना बस्न मिल्ने ठाउ बनाउन जरुरी रहेको इञ्चार्ज पौडेलले जानकारी दिनुभयो । उहा“का अनुसार बच्चाका आमा र गर्भवतीलाई सजिलो आसनको व्यवस्था गरिदिने, पालो नआउ“दासम्म मन भुलाउने टेलिभिजन राखिदिने, भित्तामा सन्देशमूलक पोष्टरहरु टाङ्ने गर्नुपर्नेछ । विभिन्न खोप र नलगाएपछि हुने असरका सचित्र पोष्टरहरु टा“स्नु अनिवार्य छ । तर अहिलेसम्म गतिलो गरी बारबेर नगरेको छ्वाङ परेको टहरोमा आमाहरु उभिएर पालो कुर्छन् । सन्देशमूलक सामग्री हेर्ने पढ्ने होइन आपसमा भलाकुसारी गर्ने स्थानसमेत छैन ।

गर्भवती महिलाहरु भारी जिउका कारण बसिरहन खोज्छन् । सजिलो आशन चाहिन्छ । सामान्य मान्छे भन्दा फरक तरिकाले बस्छन् । उनीहरु समेत कोचाकोच र धकेलाधकेल गरी उभिनुपर्ने बाध्यता छ । बसेर पालो पर्खिने ठाउ“ छैन । यो अवस्था वर्षांैदेखि चलिरहेको छ । व्यवस्थापनमा थोरै पनि सुधार भएको छैन ।

स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर आवश्यक व्यवस्था मिलाउन लागेको इञ्चार्ज पौडेलले जानकारी दिनुभयो । त्यसको लागि समितिका अध्यक्ष एवं घोराही–१४ का अध्यक्ष शक्तिराम डागीसग सरसल्लाह हुन नसकेको पौडेलको भनाइ छ । आफू काम गरेर देखाउन चाहेकोले सबैबाट उचित सहयोगको आशा गरेको उहाले बताउनुभयो । लथालिंगको अबस्थालाई सुधार गर्न सक्ने आ“टका साथ क्लिनिकको जिम्मेवारी सम्हालेको उहा“ले बताउनुभयो ।

यता समितिका अध्यक्ष डा“गीले कर्मचारी फेरबदल भएको समेत आफूलाई आधिकारिक जानकारी नआएको बताउनुभएको छ । विदा स्वीकृत गर्नेसम्म अधिकार भएको समितिलाई नया कर्मचारी सरुवा भई आएको जानकारी नगराइनुको कारण बुझ्न नसकेको उहा“को भनाइ छ । गर्भवती महिला र बच्चाका आमाहरुलाई असुविधा भएकोप्रति आफ्नो गम्भीर चासो भएको अध्यक्ष डागीले जानकारी दिनुभयो । अध्यक्ष र इञ्चार्जको भेट हुन नसकेकै कारणले गर्भवती र बच्चाका आमाहरुको कष्टका दिन लम्बिनु हुन्न । घरमा चकटी भए पनि ओछ्याउने आमाहरु अस्पतालमा उभिएरै सेवा लिनु लाजमर्दो हो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top