Free songs
Home / विचार / अवसर, नजर र असर

अवसर, नजर र असर

नारायणप्रसाद पौडेल

बडो गजबको हुन्छ राजनीति † उही कुरा फरक देखिन्छ । लाग्छ । मान्न र भन्न पर्छ । आफू सत्तामा रहेका बेला स्वर्ग लाग्छ यही देश, अर्को जादा बित्तिकै नर्क हुन्छ, बन्छ । पञ्चायतकालमा पञ्चलाई, कांग्रेसकालमा कांग्रेसलाई र कम्युनिष्टको सरकार हुदा सुविधाभोगी कम्युनिष्टलाई स्वर्गै भयो यो । जब सरकारबाट बाहिरिए तब नर्क बन्यो, भन्यो । हिजोसम्म स्वर्गमा रमाएका कांग्रेसजन अहिले नर्कबासीजस्तो हुनुपरेकोमा औधि चिन्ता छ । कमल थापा हुन् वा चित्रबहादुर केसी सबैको नजर उतै छ । जनताको कुरा त माथि उक्लनका लागि मात्र हो । उक्लिसकेपछि सबै उस्तै । यो देश स्वर्ग बनेको हैन र नर्क बनेको पनि छैन । जे छ, जस्तो छ, हाम्रै सामुन्नेमा छ । सत्ता र भत्तामा छ“दा र बाहिरिदा बित्तिकै नेताका नजर फेरिए पनि जनताका फेरिन्नन्, उस्तै छन् । उही कुरा एउटाले भन्दा एकथोक र अर्कोले भन्दा अर्को अर्थ पनि लाग्दैन र लगाउदैनन् पनि ।

‘लोकतन्त्र पहु“चवालाको मुठीमा रह्यो’ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भनेको खबर सार्वजनिक भयो । ‘अवसरको सदुपयोग गर्न नसके जनमत फेरिन पनि सक्छ’– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भनेछन् । नरम तरिकाले गरम कुरा गरे दुबै नेताले । त्यही कुरा गरम तरिकाले गरेका हुन्, छन् विपक्षीले । तर अर्थ पनि उही हो । भन्नेले कसरी भन्छ र लिनेले कसरी लिन्छ, बुझ्छ भर पर्छ त्यसमा पनि । उल्लेखित दुबै नेताहरु सत्ता पक्षका हुनाले नरम लाग्यो । उनीहरु विपक्षमा रहेका भए अलि चर्को स्वरमा भन्थे, झर्को लाग्थ्यो सत्तालाई । अहिले पनि भएको त्यही हो ।

माधवकुमार नेपाल, घनश्याम भुसाल, भीम रावल, सुरेन्द्रबहादुर (राम) कार्कीहरु सत्तापक्षकै जिम्मेवार नेता भए पनि आरती उतारेका छैनन् । आरती उतार्ने काम सरकारले नगरेकाले नउतारेका हुन् । हुन त सत्ताभित्रकै विपक्षी भन्न पनि सकिएला । त्यसो भनेर फुर्सद पाउन सकिदैन, मिल्दैन । घरभित्रै मिलाउन नसक्नेले सबैका समस्या समाधान गर्न पनि सक्दैन । अनि सबैका घरभित्र सधै सहमति र समझदारी मात्रै हुन्छ भन्न पनि सकिन्न । अलिकति ठस्याकठुसुक र मस्याकमुसुक नभएको घरै हुन्न, पाइन्न भने पनि हुन्छ । अझ राजनीतिमा त झन् हुने कुरा पनि भएन, हु“दैन ।

दलीय राजनीतिमा शक्तिशाली सरकार विरुद्ध सबै विपक्षी एक भएर जाइलाग्छन् नै । त्यो अवस्था अझै तयार भएकै छैन । विपक्षीहरु आफै सम्हालिन सकेका छैनन् र आन्तरिक अन्तर्विरोधको शिकार भएका छन्, झगडामा फसेका छन् निर्वाचनपछि । सरकारका विरुद्ध एकीकृत भएर प्रहार गर्ने अवसर पाएका छैनन्, अर्थात् सातु सामल जुटाएका छैनन् । सरकारका तुलनामा विपक्षीहरु धेरै कमजोर छन् । सबै दल मिल्दा पनि पुग्दैन शक्ति । यस्तो सुवर्ण अवसर जुट्दैन कसैलाई । तर पनि यति शक्तिशाली र ऐतिहासिक अवसर प्राप्त सरकार आत्तिन्छ र समयको सदुपयोग गर्न सक्दैन भने आफ्नै कमजोरी हो त्यो । विपक्षी बलिया भएर हैन । कसैले घेराबन्दी गरेर हैन, गरेको पनि छैन ।
‘अहिले हाम्रो विरुद्ध निकै ठूलो षड्यन्त्र भइरहेको छ । कुनै गल्ती नै नगरे पनि कहाबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् ।

कुनै पनि बेला फसाउन सक्छन्, त्यसैले बोल्दा, निर्णय गर्दा वा हरेक कदम चाल्दा होस् गर्नुस् ।’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिएको खबर पनि सार्वजनिक भएको छ । यो कुरा आज हैन, मन्त्रिमण्डल गठन भएको दिननै भन्नुपर्ने र सचेत पार्नुपर्ने विषय हो । निर्वाचन सम्पन्न भएर जुनसुकै दलको बहुमतको सरकार बनेको भए पनि एकसय दिनसम्म मधुमास मनाउन दिने, त्यसपछि गुण र दोषका आधारमा आलोचना र समर्थन गर्ने गरिन्छ । यहा पनि त्यही भएको छ । बढी केही गरिएकै छैन । आलोचनाबाट आत्तिनै पर्दैन । यो दुनिया“मा आलोचनाबाट मुक्त कोही पनि छैन । सर्वशक्तिमान कहलिएका भगवान त छैनन् भने मान्छे र मान्छेले बनाएको सरकार त झन् हुनै सक्दैन । राजनीति गर्ने मान्छेले बुझेकै विषय हो यो । तर सरकारमा गइसकेपछि बिर्सिदोरहेछ र प्रशंसा मात्र खोजिदोरहेछ ।

प्रशंसा मात्र सुन्ने बानी नपार्दा नै राम्रो । आलोचना र आत्मालोचनाको परिपाटी फेरिबाट शुरु गर्दा सजिलो हुन्थ्यो । कम्युनिष्ट पार्टीका हरेक कमिटीका बैठकमा अनिवार्यरुपमा लागु हुन्थ्यो त्यो । केही दशक यतादेखि बन्द गरिनाले बिग्रेको हो । अनि आफू विपक्षमा छ“दा र सत्तामा पुग्दा अपनाइने दोहोरो रणनीतिले पनि समस्या आएको हो । राजनीति गर्नेहरु कहिलै चुप लागेर बस्दैनन्, बस्नै सक्दैनन् । यदि बसे भने तिनीहरुले राजनीति नै गर्दैनन् । कम्युनिष्टको सरकार बनेपछि सबै विपक्षी दलहरु विपश्यना ध्यान गर्न जाउन्, कानमा तेल हालेर बसून्, रामनाम जपून्, कत्ति आलोचना नगरुन्, सरकारले जे गरे पनि समर्थन मात्र गरुन् भन्ने हो भने त्यो पनि राजनीति भएन । अरु कुनै पार्टीको सरकार बनेको भए पनि वर्तमान सरकारका मन्त्रीहरु चुप लागेर बस्दैनथे । पाएसम्मका चर र निहु“ खोजेर हैरान पार्थे, छाड्दैनथे त्यत्तिकै । अति सामान्य कुरा हो यो । सरकारका मन्त्रीहरु हरेक कुरामा सतर्क हुनै पर्छ । बोल्दा, हिड्दा, खा“दा, बस्दा, निर्णय गर्दा, आदेश दिदा । जे गरे पनि हुन्छ भन्ने गलत मानसिकता त्याग्नैपर्छ । असम्भव आश्वासन बा“ड्ने र दिउ“सै सपना देखाएर रल्लै पार्ने कामले अप्ठ्यारोमा पारेको हो । बोल्दा ख्याल नगरेपछि फसिन्छ नै ।

जसले बोलाए पनि जाने, ओहोदाको ख्याल नगर्ने, मञ्च र माइक, मान र सम्मानका लागि मरिहत्ते गर्ने, आयोजकले मागेभन्दा बढी दिन्छु पनि भन्ने, तर दिने बेलामा हात कमाउने हो भने पत्याउ“दैनन् । वरिपरिका हनुमानहरुले अनुमान गरेभन्दा बढी नै बिग्रेको छ वातावरण । आफै नमिलेका र कमजोर विपक्षी हुनाले मात्र केही नभएको हो । दुईतिहाई बहुमतको सरकार हुनाले त्यत्तिकै सातो गएको छ । अनि सोचेभन्दा बढी बहुमतप्राप्त सरकार हुनाले अलि बढी आत्मप्रशंसा सुनाउने अवसर मिलेको पनि हो । सरकार मख्ख र गमक्क परेको छ आफै, विपक्षी पनि छक्क र पक्क परेका छन् ।

जोगीदेखि भैंसी डराउने, भैंसीदेखि जोगी डराउने भनेजस्तै भएको बेला हो यो नेपाली राजनीतिमा । दुबै दुबैसग डराएपछि जे हुन्छ, त्यही भएको छ अहिले । अर्थात् केही भएको छैन । झलनाथ खनालले भनेझै ‘लोकतन्त्र पहुचवालाको मुठीमा’ छ । पहुच नभएका जनताका लागि कागलाई बेल पाके सरह छ । जस्तो तन्त्र र वादको मन्त्र जपे पनि केही फरक परेको छैन । बरु कर थपिएको छ । जनताको शोषण गर्ने सरकार बढेका छन् । जता गए पनि सरकारै सरकार छ । जो आफ्नै सुविधा मात्र बढाउ“छ, बढाएकै छ । जनताले त सिटामोल पनि पाउदैनन् सित्तैमा । सरकारलाई नै सुविधा पुगेको छैन । के दिन्थे जनतालाई ?

सरकारमा कम्युनिष्ट हुदा, कांग्रेस छदा र पञ्चहरु बाहिरिदाको फरक छुट्टिएको छैन । सत्तामा जाने र भत्ता खानेको अदलाबदली मात्र भएको छ । कुर्सी उही हो, सिंहदरबार पनि उही हो । एउटा सिंहदरबारले नपुगेर पौने एक हजारभन्दा बढी दरबार बनाइए, भनाइए । एउटै धान्न नसकेको यो देशले कसरी थाम्ने होला ? त्यसैले बढेको, बढाइएको हो कर । जनतामाथि कर थोपरेर कारमा शयर गर्ने रहर पूरा गरेकाहरुका नजरमा फरक परेको मात्र छ । अरु केही भएकै छैन र होला आश पनि छैन जनतालाई ।
लउबगमभनि२नmबष्।िअयm

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top