Free songs
Home / फिचर समाचार / अप्ठेरोमा आमा सुरक्षा कार्यक्रम

अप्ठेरोमा आमा सुरक्षा कार्यक्रम

गिरिराज नेपाली

घोराही । सरकारले नवजात शिशु तथा मातृ मृत्युदर घटाउन २०६२ सालदेखि प्रोत्साहन सेवा सुविधासहितको निःशुल्क आमा सुरक्षा कार्यक्रम देशव्यापीरुपमा सञ्चालन ग¥यो । सरकारी अस्पताल, स्वास्थ्यचौकी र प्रसूति गृहहरुमा आमा सुरक्षा कार्यक्रम लागु भयो ।

जसले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा नियमित गर्भ जाच, प्रसूति हुने सुत्केरी र नवजात शिशुहरुलाई यातायात खर्च, गर्भवती तथा सुत्केरी उत्प्रेरणा सेवा, न्यानो झोला र निःशुल्क गर्भपतन सेवा प्रदान गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्थाप्रति आकर्षित बन्दै जादा नवजात शिशु र मातृ मृत्युदरपनि घट्दै गइरहेको पाइन्छ । आजभोलि बिरलै मात्र घरमै सुत्केरी भएका घटनाहरु सुनिने गर्दछन् । तर पछिल्लो समय रकम अभावका कारण आमा सुरक्षा कार्यक्रम प्रभावित बनिरहेको छ । सरकारले पर्याप्त बजेट छुट्याउन नसक्दा सेवा प्रवाह चुनौतीपूर्ण भइरहेको पाइन्छ ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायण घर्तीले भन्नुभयो– ‘बर्थिङ सेन्टरहरुमा प्रसूति सेवा छ तर उत्प्रेरणा सेवा र यातायात खर्च वापत दिने रकम अभाव भइरहेको छ । जसका कारण आमा सुरक्षा कार्यक्रम प्रभावित बनिरहेको छ ।’ उपमहानगरभित्र रहेका आठवटा बर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रम सञ्चालन भइरहे पनि रकम अभावको सकस सेन्टरहरुले खेप्नु परिरहेको उहा“को भनाइ छ । चालु आर्थिक वर्षमा २०७५/७६ का लागि नेपाल सरकारले घोराही उपमहानगरपालिकाभित्र सञ्चालन भइरहेका आमा सुरक्षा कार्यक्रमका लागि आठ लाख रुपैया मात्रै विनियोजन गरेकाले उक्त रकम पुसको आधाउधीमै रित्तिसकेकाले अप्ठेरो खेप्नु परिरहेको उहा“ले बताउनुभयो ।

‘न्यून बजेटका कारण आमा सुरक्षा कार्यक्रमले आमाहरुलाई सकसमा पारेको छ’– उहाले भन्नुभयो– ‘रकम अभावबाट आमा सुरक्षा कार्यक्रम गुज्रिरहेको छ ।’ जसका लागि स्थानीय तहमा पर्याप्त बजेट नहुनु, माथिल्ला निकायहरुबाट पर्याप्त बजेट नआउनुका कारण आमा सुरक्षा कार्यक्रम अप्ठेरोमा परिरहेको उहाको भनाइ छ । ‘बजेट माग्ने तयारीमा छौं । तैपनि भने जति आउ“छ कि आउ“दैन’– उहा“ले भन्नुभयो । प्रसूति तथा सुत्केरी सेवाका प्रतिव्यक्ति दिदै आइरहेको उत्प्रेरणा तथा यातायात सेवा शुल्क नौ सयबाट १८ सय रुपैया“सम्म बृद्धि गर्दासम्म पनि बजेटको दायरा नबढाउदा यस्तो स्थिति देखा परेको उहा“को भनाइ छ । जसका कारण सुत्केरी महिलाहरुले पनि समस्या भोग्नुपरेको उहा“को भनाइ छ ।

सरकारले कार्यक्रम मात्रै लागु गर्ने आवश्यक रकम उपलब्ध नगराउदा सेवाबाट सुत्केरी महिलाहरु विमुख हुनुपर्ने स्थिति आइरहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले बताउनुभयो । सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिने सेवामा ह्वात्तै बृद्धि गर्नाले पनि रकम अभाव भएको उहा“को भनाइ छ । उपमहानगरभित्र रहेका आठवटा स्वास्थ्यचौकीहरुमध्ये पाचवटामा प्रसूति सेवा सञ्चालन भइरहेको छ । जसका लागि चालु आर्थिक वर्षमा आठ लाख रुपैया“ मात्रै बजेट बिनियोजन भएकाले रकम अभाव चुलिदै गइरहेको उहा“को भनाइ छ । वर्षेनि एक सय ६० बढीले सेवा लिदै आइरहेको उहा“ले जानकारी दिनुभयो ।

लमही नगरपालिकाले पनि लमही अस्पताल र दुई स्वास्थ्यचौकीबाट आमा सुरक्षा कार्यक्रम अन्तर्गतको प्रसूति सेवा सञ्चालन गर्दै आइहेको

छ । नगरपालिकाले नेपाल सरकारको सेवा सुविधामा रकम थप गरी सेवा प्रदान गरिरहेको स्वास्थ्य संयोजक लालमणि सुवेदीले बताउनुभयो । नगरपालिकाको नगरसभाले आवश्यक रकम थप गरेकाले रकम अभाव नभएको उहा“को भनाइ छ । सरकारले लमही नगरपालिकाका लागि सात लाख रुपैया“ मात्रै बजेट छुट्याएको उहा“ले बताउनुभयो ।

राप्ती गाउ“पालिकामा वर्षेनि करीव सात सय जनाले प्रसूति तथा सुत्केरी सेवा लिने गर्दछन् । जहा दुईवटा मात्रै बर्थिङ सेन्टर छन् । जसका लागि सरकारले चालु आर्थिक वर्षमा छ लाख रुपैया मात्रै बजेट दिएको छ । त्यो पनि आधाउधी समय नसकिदै आधाभन्दा बढी रकम सकिसकेकाले रकम अभावको समस्या बढ्दै गइरहेको राप्ती गाउपालिका स्वास्थ्य संयोजक नारायण राउतले बताउनुभयो । उहाले भन्नुभयो– ‘जसको मार सुत्केरी महिला र नवजात शिशुले खेप्नुपर्नेछ ।’ सरकारले अपुग बजेट नपठाउदा सर्वसाधारण महिलाहरु अधिकार र सेवाबाट बञ्चित हुनुपर्ने स्थिति देखिएको उहाको भनाइ छ । बंगलाचुली गाउ“पालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले सरकारले चालु आवका लागि ६ लाख मात्रै पठाएकाले गाउपालिकाले त्यसमा केही रकम थप गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

चारवटा बर्थिङ सेन्टरवाट दुई सय बढीले वर्षेनि प्रसूति सेवा लिइरहे पनि सरकारले बजेट बढाउन नसक्दा गाउपालिका आफैले बजेट थप गरी सेवा सञ्चालन गरिरहेको उहाको भनाइ छ ।

बबई गाउपालिकाले पनि दुईवटा बर्थिङ सेन्टरबाट वर्षेनि डेढसय बढीलाई प्रसूति सेवा प्रदान गर्दै आइरहेको छ जसका लागि चालु आर्थिक वर्षमा ६ लाख रुपैया बिनियोजन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । रकम अभावका कारण बबईमा पनि आमा सुरक्षा कार्यक्रम प्रभावित बनिरहेको जनाइएको छ ।

रकम अभावका कारण सरकारी अस्पताल तथा स्वास्थ्य चौकीका बर्थिङ सेन्टरहरुमा सञ्चालित आमा सुरक्षा कार्यक्रम चुनौतीपूर्ण बनिरहेको पाइन्छ । जसको सकस सुत्केरी आमाहरुले खेप्नु परिरहेको छ । जसका लागि सरकारले सेवा सुविधासगै बजेट बृद्धिमा पनि ध्यान दिन जरुरी छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top