Free songs
Home / फिचर समाचार / हजुरबुवालाई सघाउँदै, पढाई खर्च जुटाउँदै

हजुरबुवालाई सघाउँदै, पढाई खर्च जुटाउँदै

दशरथ घिमिरे

देउखुरी। अविनाश चौधरी आदर्श नमूना माध्यमिक विद्यालय देउपुर कक्षा ६ मा पढ्नुहुन्छ। उहाको उमेर अहिले १३ वर्ष भयो। अविनाशको घर लमही नगरपालिका वडा नं. ६ मध्यनगरस्थित राप्ती नदी किनारमा पर्छ।

अविनाशका हजुर बुवा धानु चौधरीले राप्ती नदीमा डुङ्गा खियाउन थालेको १२ वर्ष जति भयो। हजुर बुवाले डुंगा खियाएको देखेरै अविनाश समेत डुंगा खियाउन जान्ने हुनुभयो।

बिदाको दिन अविनाश आफ्ना साथी आशीष चौधरीलाई लिएर नदीमा पुग्नुहुन्छ। दुबैजनाले डुंगा खियाउने र हजुर बुवालाई पालो दिने गर्नुहुन्छ। ‘स्कूल नहुदा छुट्टीको दिन नदीमा आउछु। म डुंगा खियाउछु। मेरो साथीले डुंगामा भरिन थालेको पानी फालेर सघाउछन्’– अविनाशले भन्नुभयो–‘पानीसग खेल्न रमाइलो लाग्छ।’

गरिब परिवारका अविनाश चौधरीका बुवा मजदुरी गर्नुहुन्छ। हजुर बुवाले डुंगा खियाएर कमाएको केही पैसा नाति अविनाशलाई दिनुहुन्छ। त्यो पैसाले स्कूलको खर्च टर्छ। मध्यनगर गाउका आठजनाको डुंगा खियाउने समूह छ। यो समूहमा आबद्ध व्यक्तिले पालैपालो डुंगा खियाउने काम गर्छन्। डुंगा चढेवापत यात्रुले पैसा तिर्छन्। त्यही पैसाबाट घर खर्च चलेको धानु चौधरीले बताउनुभयो।

‘दिनमा कहिले १८/१९ सय हुन्छ। कहिले त सुख्खा हुन्छ’– उहाले भन्नुभयो– ‘बर्षामा डुं्गा चढ्न डराउछन्। मान्छेहरु पुलबाट घुमेर जान्छन्। कमाइ हुने भनेको यही सिजन हो।’ एउटा व्यक्तिको २० रुपैया“ शुल्क लाग्छ। मोटरसाइकल पनि डुंगाबाट तार्छन्।

मोटरसाइकलको शुल्क पनि व्यक्ति सरह लिन्छन्। ‘म नास्ता खान जादा र कतै काम परेर जा“दा नातिले पालो दिन्छ’– धानु चौधरीले भन्नुभयो– ‘नातिले पालो दिदा सजिलो हुन्छ।’  गाउका मानिसहरुलाई ढुंगाबाट आवतजावत गर्न पैसा लाग्दैन। तर गाउ भन्दा टाढाका मानिस त्यो ढुंगामा चढे भने पैसा तिर्नुपर्छ। यो नियम स्वयं गाउलेहरुले बनाएका हुन्।

‘बगरमा घास काट्न, खर काट्न

दैनिकजसो गाउका मानिस आवतजावत गर्छन्। उनीहरुको सजिलोको लागि पनि हो ढुंगा राखेको’– उहाले भन्नुभयो– ‘अब त झोलुंगे पुल पनि बन्दैछ। केही सजिलो हुन्छ कि।’

राप्ती नदीमा नजिकमा पुल नहुदा धेरै मानिस यही डुंगाबाट आवतजावत गर्छन्। राप्ती नदीमा भालुबाङ, गढवामा पक्की पुल छ। अहिले सिहसनिया, जहरे, हस्नापुर गरी तीन ठाउ“मा पक्की पुल बन्दै छन्। यो मध्यनगर घाटमा झोलुंगे पुल बन्दैछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top