Free songs
Home / फिचर समाचार / सहमतिअनुसार कर्मचारी समायोजन गर्न निर्देशन

सहमतिअनुसार कर्मचारी समायोजन गर्न निर्देशन

युगबोध समाचारदाता

काठमाडौं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्मचारीको आधिकारिक ट्रेड युनियनसग भएको सहमति कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालय र युनियनबीच भएको नौबुदे सहमति कार्यान्वयन गरेर समायोजन प्रक्रियालाई चा“डो टुंग्याउन निर्देशन दिएको समितिका सचिव सुदर्शन कुइ“केलले जानकारी दिनुभयो।

प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनमा देखिएको समस्यालाई संविधानको मार्गदर्शन हुने गरेर समाधान गरी कर्मचारीले उठाउदै आएका सेवा, सुविधा र अवसरलाई अब बन्ने संघीय निजामती सेवा ऐनमा समेत समेट्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

यस्तै संसदका कर्मचारीलाई पनि अन्य कर्मचारीसरह संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न निर्देशन दिएको छ। अहिलेको
‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ले संसदका कर्मचारीलाई स्थानीय तहमा नभई संघ र प्रदेशमा मात्र समायोजन गर्ने भनेको छ।
जिम्मेवार र अनुशासित भई समायोजन प्रक्रियामा सामेल भएर संघीयता कार्यान्वयनमा सहयोग गर्न निजामती कर्मचारीलाई समेत समितिले आग्रह गरेको सचिव कुइ“केलले बताउनुभयो।

समितिका सभापति पार्वती रावलको अध्यक्षतामा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेशकुमार थपलिया सहभागी हुनुहुन्थ्यो।

खड्काविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

खड्कामाथि १८ करोड रुपैयाभन्दा बढी रकम गैरकानुनी आर्जन गरेको आरोप लगाइएको छ। अख्तियारले ८९ लाख ८९ हजार रुपैया नगदै बरामद गरी अभियोगपत्रका साथ अदालतमा दाखिला गरेको जनाएको छ। आफूमाथि मुद्दा चल्ने थाहा पाएपछि खड्का केही दिन अघिसम्म अमेरिकामै लुकेको अख्तियार उच्च स्रोतले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top